हेटौंडा /बागमती प्रदेश सूचना पुनरावेदन समितिको आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम तथा व्यवहारिक कार्यशाला हेटौंडामा सुरु भएको छ ।सोमबारबाट शुरु भएको कार्यक्रममा प्रदेशका सरकारी कार्यालयहरुका प्रवक्ता, सूचना अधिकारी तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको छ ।
कार्यक्रमको उदघाटन प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईको प्रमुख आतिथ्य तथा बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाको विशेष अतिथ्य रहेको थियो । कार्यक्रममा समितिका सदस्य अशोक श्रेष्ठले कार्यक्रमको उदेश्यसहित स्वागत मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा सूचना पुनरावेदन समितिको परिचय, काम, कर्तव्य र अधिकार, उजुरी तथा पुनरावेदन सम्बन्धी घटनाको अभ्यास, सूचनाको हकको कार्यान्वयन र व्यवहारिक पक्षबारेसहभागीहरुलाईप्रशिक्षणदिइएकोथियो।
साथै, मिडिया व्यवस्थापन र संकटकालिन सञ्चार, साइबर अपराध र सामाजिक सञ्जालमा फैलिने मिथ्या सूचना तथा अफवाहलाई सरकारीस्तरबाट तुरुन्तै पहिचान र तथ्यजाँच गर्ने तरिका लगायतको विषयमा समेत प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष कृष्णराज अधिकारी, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराई, कम्प्युटर अधिकृत उमेश सोती, वागमप्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटा लगायतले सहजिकरण गरिरहेका छन् ।




