• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, कार्तिक २४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता

परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

पार्टी आफ्नै खुट्टामा उभिनुपर्छ, गठबन्धनले संगठन कमजोर बनायो : प्रदीप पौडेल

लोकप्रिय समाचार

  • १. समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

  • २. मैले आफ्नो जीवनबाट के पाएँ भन्नेभन्दा पनि मेरो जीवनबाट समाजले के पाउन सक्यो? बोधराज लम्साल

  • ३. शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

  • ४. पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

  • ५. क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

  • ६. परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

  • ७. निर्माण व्यवसायी संघको ३२औँ साधारण सभा तथा १७औँ अधिवेशनबाट निर्वाचित सम्पूर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

  • ८. तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक

  • ९. नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

  • १०. सूचनाको हक सम्बन्धी क्षमता अभिवृद्धि व्यावहारिक कार्यशाला सुरु

नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड


  •   मङ्गलबार, कार्तिक १८, २०८३ मा प्रकाशित
  • काठमाडौं/नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच सोमबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो ।
    भेटमा अध्यक्ष अग्रवालले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै लामो समयदेखिको सम्बन्धलाई अब व्यावहारिक आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए । सन् १९८२ मा द्विपक्षीय व्यापार सम्झौता र सन् १९८३ मा संयुक्त आर्थिक आयोग स्थापना भए पनि अपेक्षाअनुसार व्यापारिक गतिविधि विस्तार हुन नसकेको उनको भनाइ थियो । उनले औपचारिक सम्झौता र कूटनीतिक संवादमा मात्र सीमित नभई दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्पर्क (बीटुबी), बजार पहुँच, संयुक्त लगानी र व्यापारिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए ।
    अग्रवालले नेपाली चिया, ठूलो अलैँची, अदुवा, जडीबुटी, आवश्यक तेल तथा प्रशोधित कृषि उत्पादन पाकिस्तान निर्यात गर्न सकिने सम्भावना औँल्याए। नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ, प्रमाणीकरण र नियमित आपूर्ति सुनिश्चित गर्न सके पाकिस्तानी बजारमा राम्रो सम्भावना रहेको उनले बताए ।
    त्यसैगरी पाकिस्तानको औषधि उत्पादन तथा कपडा उद्योगसम्बन्धी अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै औषधि, स्वास्थ्य उपकरण, स्वास्थ्य सेवा, प्राविधिक तालिम, अनुसन्धान तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य गर्न सकिने धारणा राखे ।
    उनले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सेवा, स्टार्टअप, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई नेपाल–पाकिस्तान आर्थिक सहकार्यका महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरे । विशेषगरी सूचना प्रविधि र पर्यटनमा भौगोलिक दूरीले ठूलो अवरोध सिर्जना नगर्ने भएकाले यी क्षेत्रमा तत्काल सहकार्य अघि बढाउन सकिने उनको भनाइ थियो ।
    राजदूत खानले नेपालसँगको सम्बन्धलाई पाकिस्तानले विशेष महत्व दिएको उल्लेख गर्दै दुवै देशबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध भए पनि आर्थिक सम्बन्ध अपेक्षाअनुसार विस्तार हुन नसकेको बताए। नेपालसँग आर्थिक सम्बन्ध पुनः जोड्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामध्ये एक रहेको उनको भनाइ थियो । उनले नेपाल र पाकिस्तान दुवै देशमा युवा जनशक्तिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताको सोच, प्रविधि र उद्यमशीलतालाई आर्थिक सहकार्यमा जोड्नुपर्ने बताए। बदलिँदो विश्व अर्थतन्त्रमा भौगोलिक दूरीभन्दा आर्थिक कूटनीति, डिजिटल प्रविधि र प्रभावकारी सम्पर्क सञ्जाल महत्वपूर्ण हुने उनको धारणा थियो ।
    भेटका क्रममा राजदूत खानले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट रसुवा र आसपासका क्षेत्रमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्स, नेपाली व्यवसायी तथा प्रभावित समुदायप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गरे ।
    भेटवार्तामा नेपाल–पाकिस्तानबीच व्यापार, लगानी, पर्यटन, सूचना प्रविधि, कृषि, औषधि उद्योग, हवाई तथा स्थल सम्पर्क विस्तारलगायत विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । उक्त भेटमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रा लगायतको उपस्थिती रहेको थियो ।

    Advertisement

    मङ्गलबार, कार्तिक १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?
    पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल
    मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता
    परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न
    क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
    बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन

    • २.
      मैले आफ्नो जीवनबाट के पाएँ भन्नेभन्दा पनि

    • ३.
      शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment

    • ४.
      पद होइन, योगदान र परिणाममा विश्वास छ

    • ५.
      क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम

    • ६.
      परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

    • २.
      पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

    • ३.
      मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता

    • ४.
      परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

    • ५.
      क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

    • ६.
      बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

    • ७.
      एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

    • ८.
      शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.