काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय महाधिवेशन सदस्य हेम बहादुर ढुङ्गेलले आफू व्यक्तिगत पद, प्रतिष्ठा वा अवसरको अपेक्षाभन्दा राष्ट्र निर्माण र परिणाममुखी काममा विश्वास गर्ने बताएका छन्।सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढुङ्गेलले पार्टी नेतृत्वको निर्णयप्रति पूर्ण विश्वास रहेको उल्लेख गरेका छन्।
उनले आफ्नो प्राथमिकता “पद होइन, योगदान; अवसर होइन, परिणाम र गुट होइन, संगठन” रहेको स्पष्ट पारेका छन्।जनताले सत्ता मात्र नभई परिवर्तन र सुन्दर भविष्यको जिम्मेवारीसमेत दिएको उल्लेख गर्दै ढुङ्गेलले एकता, विधि, इमानदारी र सुशासनका साथ राष्ट्र निर्माणमा आफ्नो समय, अनुभव र क्षमता समर्पित गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले आफ्नो राजनीतिक लक्ष्य पद प्राप्ति नभई राष्ट्रले सकारात्मक परिणाम प्राप्त गर्नु रहेको बताएका छन्।
“पदभन्दा जिम्मेवारी ठूलो र व्यक्तिगत स्वार्थभन्दा राष्ट्रको भविष्य ठूलो हो,” ढुङ्गेलको भनाइ छ।




