नेपाल निर्माण उध्याेग परिषद्, जिल्ला कमिटि चितवनले आफ्नाे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम आज सिजिआर हाेटलमा सम्पन्न गरेकाे छ, संगठनका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछानेकाे अध्यक्षतामा तथा परिषद्का केन्द्रीय अध्यक्ष वलिभद्र रानाकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा(एमाले) चितवनका जिल्ला अध्यक्ष कमलराज पाठक (विशिष्ठ अतिथि) एवं परिषद्का केन्द्रीय सल्लाहकार रामराज पाैडेल, केन्द्रीय सदस्यहरु दिनेशचन्द्र न्याैपाने, हाेमकुमार शर्मा, राजुकुमार सडाैला, राेजिना भट्टराई, वागमति प्रदेश उपाध्यक्ष शिव ढकाल, सदस्य ईन्द्र भण्डारी लगायतकाे उपस्थिति रहेकाे थियाे। साेही कार्यक्रमकै विच निर्माण व्यवसायी संघ चितवनकाे भर्खर सम्पन्न १७ अैा अधिवेशनवाट निर्वाचित परिषद्का नेतृत्वहरु महासचिवमा शिव ढकाल, सचिवमा ठानेश्वर कँडेल, काेषाध्यक्षमा राेजिना भट्टराई, सदस्यमा निरन्जन न्याैपाने र विष्णु दाहाललाई सम्मान समेत गरेकाे छ। त्यस्तै अग्रज व्यवसायीहरु मणिभद्र पण्डित, डिल्लिराम तिवारी, राजेन्द्र सडाैला, वलराम वगाले, वावुराम अधिकारी, रामकृष्ण काेईराला, टीका पाठक, नरेश अधिकारी लगायतलाई समेत सम्मान गरेकाे छ। चुनावि मैदानमा संगठनले अघि वढ्न गरेकाे अनुराेधलाई स्विकार गरेर पनि चुनावि विजय प्राप्त गर्न नसक्नुभएका सदस्यहरुलाई शुभभाव र थप चुनावि समीक्षा र याेजना वनाउदै अघि वढ्न हाैसला प्रदान गरिएकाे थियाे भने चुनावि समीक्षा सहितकाे उक्त कार्यक्रममा उपस्थित व्यवसायीहरुले आ आफ्नाे धारणा राखेका थिए। साधारणसभाले आगामि रणनिति सहित कार्यक्रम सम्पन्न गरेकाे छ, प्रमुख अतिथि रानाले भावि दिनमा संगठन वलियाे र शशक्त हुनेगरि याेजना वनायर लाग्न निर्देशन दिनुभएकाे थियाे भने वक्ताहरु कमलराज पाठक र रामराज पाैडेलले भावि दिनमा पार्टि र संगठनकाे मुलमर्म र भावना एकीकृत गर्दै अघि वढ्न सुझाव र शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम संगठनका महासचिव शंकर अधिकारीले सञ्चालन गरेका थिए।






