• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, कार्तिक २४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता

परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

पार्टी आफ्नै खुट्टामा उभिनुपर्छ, गठबन्धनले संगठन कमजोर बनायो : प्रदीप पौडेल

लोकप्रिय समाचार

  • १. समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

  • २. मैले आफ्नो जीवनबाट के पाएँ भन्नेभन्दा पनि मेरो जीवनबाट समाजले के पाउन सक्यो? बोधराज लम्साल

  • ३. पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

  • ४. शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

  • ५. क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

  • ६. परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

  • ७. निर्माण व्यवसायी संघको ३२औँ साधारण सभा तथा १७औँ अधिवेशनबाट निर्वाचित सम्पूर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

  • ८. तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक

  • ९. नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

  • १०. सूचनाको हक सम्बन्धी क्षमता अभिवृद्धि व्यावहारिक कार्यशाला सुरु

सवा अर्ब लगानीमा चितवनमा ओम मेगाश्री फर्मास्युटिकल्स सञ्चालनमा


  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
  • चितवन/गैरआवासीय नेपाली समेतको लगानीमा सुरु भएको औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ । काठमाडौंमा सोमबार भएको विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गरे । “स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प” भन्ने नारा सहित नेपाली उपभोक्ताका लागि यूरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धताप्रति सभामुख घिमिरेले खुसी व्यक्त गरे । ‘ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले अपनाएका प्रविधि र नवीनताहरुले औषधि उपभोक्ताका मागहरु पूरा गर्न सक्षम हुने विश्वास लिएको छु,’ उनको भनाइ छ ।

    Advertisement

    औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताउँदै सभामुख घिमिरेले नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गरे । ‘धेरै क्षेत्रमा शतप्रतिशत आयातमा भर पर्नुपर्ने अवस्थाका बीच पनि कुल मागको झण्डै ५० प्रतिशत स्वदेशी उद्योगको उत्पादनले धानिरहेको अवस्था छ । यो अवस्था सुखद छ, तर अझै सुधार गर्नुपर्ने आवश्यकता देखेको छु,’ उनको भनाइ छ ।

    दुई साताअघि मात्रै प्रतिनिधि सभाबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित भएको बताउँदै उनले विधेयकका कतिपय दफा व्यवसाय प्रवर्द्धनसँग पनि सम्बन्धित रहेको सभामुखको भनाइ थियो । ‘आशा छ, विधेयकले व्यावसायिक लगानीको वातावरण बनाउन र प्रवर्द्धन गर्न सहयोगी हुने विश्वास लिएको छु । मुलुकमा व्यासायिक र लगानीमैत्री वातावरण बनाउन विधेयकले सहयोग गर्ने नै छ । लगानीमैत्री कानून बनाउन संसदले सकारात्मक भूमिका खेल्ने जानकारी गराउँदछु,’ उनले भने ।

    कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री पदम गिरी र गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री किरण गुरुङले स्वदेशी औषधिलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्था नै लगानीमैत्री हुनुपर्नेमा जोड दिए । उनीहरुले औषधिमा भएको लगानी खेर जान नदिन आयातमा भएको खुलापनमा पुनर्विचार गर्नुपर्ने बताए ।

    औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको बताउँदै शुभकामना व्यक्त गरे ।कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की, गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्रि केसी, प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलगायतले ओम मेगाश्रीलाई सफलताको शुभकामना व्यक्त गरे ।

    ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधिमा आम समुदायको चासो र लगानीप्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्नुलाई प्रमुख दायित्व ठानेको बताए । ‘हामी उक्त दायित्वलाई मूर्त रूप दिन मन, वचन र कर्मले समर्पित छौँ । सरकारलाई निजी क्षेत्रबाट उत्पादित औषधिले ठुलो टेवा पुर्‍याइहरेको छ ।

    यसमा ओम मेगाश्रीले विशेष योगदान दिने कुरामा हामी विश्वस्त रहेको निवेदन गर्दछौँ,’ उनले भने, ‘देशलाई औषधि उत्पादन, वितरण र निर्यात व्यवस्थामा समेत आत्मनिर्भर बनाउन र जनताको प्रत्यक्ष–परोक्ष उपस्थिति अनिवार्य रहेको तथ्यलाई आत्मसात् गरी यसमा सर्वसाधारण जनताको समेत लगानीको परिकल्पना गरिएको छ ।’झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ ।

    मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?
    पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल
    मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता
    परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न
    क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
    बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन

    • २.
      मैले आफ्नो जीवनबाट के पाएँ भन्नेभन्दा पनि

    • ३.
      पद होइन, योगदान र परिणाममा विश्वास छ

    • ४.
      शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment

    • ५.
      क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम

    • ६.
      परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

    • २.
      पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

    • ३.
      मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता

    • ४.
      परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

    • ५.
      क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

    • ६.
      बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

    • ७.
      एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

    • ८.
      शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.