नेपाल निर्माण उध्याेग परिषद्, जिल्ला कमिटि चितवनले आफ्नाे दाेश्राे अधिवेशन कार्यक्रम सिजिआर हाेटलमा सम्पन्न गरेकाे छ । संगठनका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछानेकाे अध्यक्षतामा तथा परिषद्का केन्द्रीय अध्यक्ष वलिभद्र रानाकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले शंकर अधिकारीकाे अध्यक्षतामा प्रकाशराज पाैडेल उपाध्यक्ष, हरि आचार्य सचिव, विष्णुप्रसाद दाहाल काेषाध्यक्ष रहनेगरि १९ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे हाे। सदस्यहरुमा गाेविन्द ढकाल, कृष्णप्रसाद अधिकारी, ईश्वरि कडेल, नारायणप्रसाद ढकाल, ईन्द्रा रेग्मी, सराेज वर्ताैला, रमाकान्त काेईराला रहेका छन्, सदस्य सहित विभिन्न पालिका संयाेजक रहेका सञ्जय न्याैपाने (भरतपुर संयाेजक), पुष्पराज अधिकारी (राप्ती संयाेजक), सरिता पाण्डे (खैरहनि संयाेजक), किशाेर रावल (रत्ननगर संयाेजक), सुनवहादुर विक (कालिका संयाेजक), अशाेक कार्कि (माडि संयाेजक) चयन गरिएकाे छ। अधिवेशनले यादवप्रसाद पाठक प्रमुख सल्लाहकार रहनेगरि सल्लाहकार समिति समेत गठन गरेकाे छ। अधिवेशनमा परिषद्का केन्द्रीय सल्लाहकार रामराज पाैडेल, केन्द्रीय सदस्यहरु दिनेशचन्द्र न्याैपाने, हाेमकुमार शर्मा, राजुकुमार सडाैला, राेजिना भट्टराई, वागमति प्रदेश उपाध्यक्ष शिव ढकाल, सदस्य ईन्द्र भण्डारी लगायतकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रमकै विच माैलाकालिका अस्पताल र परिषद्का विच परिषद्का सदस्य, परिवार र कर्मचारि एवं कर्मचारिका परिवारमा अस्पताल सेवामा छुट सुविधामा हस्ताक्षर भएकाे छ। अधिवेशनले आगामि रणनिति सहित कार्यक्रम सम्पन्न गरेकाे छ।





