• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इन्डोनेसियाको बालीमा चितवन उद्योग संघको प्रवर्द्धन: कृषि, पर्यटन र सांस्कृतिक अनुभव आदानप्रदानमा जोड

नेपाल–भारत सीमापार पर्यटन कनेक्ट–२०२६ हुँदै, चितवनमा पर्यटन व्यवसायीबीच बीटुबी नेटवर्किङ

नेपालले दशकौंदेखि डेढ सयभन्दा बढी राष्ट्रहरूसँग व्यापार गर्दै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

लोकप्रिय समाचार

  • १. इन्डोनेसियाको बालीमा चितवन उद्योग संघको प्रवर्द्धन: कृषि, पर्यटन र सांस्कृतिक अनुभव आदानप्रदानमा जोड

  • २. नेपाल–भारत सीमापार पर्यटन कनेक्ट–२०२६ हुँदै, चितवनमा पर्यटन व्यवसायीबीच बीटुबी नेटवर्किङ

  • ३. नेपालले दशकौंदेखि डेढ सयभन्दा बढी राष्ट्रहरूसँग व्यापार गर्दै

नेपाल–भारत सीमापार पर्यटन कनेक्ट–२०२६ हुँदै, चितवनमा पर्यटन व्यवसायीबीच बीटुबी नेटवर्किङ


  •   आइतबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
  • चितवन । नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा पर्यटन व्यवसायमा सहकार्यका अवसर सिर्जना गर्ने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६’ आयोजना हुने भएको छ।
    आगामी अक्टोबर २७ अर्थात् कात्तिक ११ गते साँझ ६ बजेदेखि चितवनको शक्तिखोरस्थित लटौली स्याङ्चुरीमा विशेष बीटुबी (व्यवसायदेखि व्यवसाय) नेटवर्किङ तथा समापन रात्रिभोज कार्यक्रम आयोजना गर्न लागिएको हो।
    कार्यक्रममा भारतको दिल्ली, लखनउ, कानपुर र छत्तीसगढबाट २४ जना ट्राभल तथा टुर अपरेटर सहभागी हुने आयोजकले जनाएको छ। कार्यक्रममा चितवन क्षेत्रका होटल तथा रिसोर्ट सञ्चालक, महाप्रबन्धक र आतिथ्य सत्कार क्षेत्रका नेतृत्वकर्तालाई भारतीय पर्यटन व्यवसायीसँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्ने अवसर प्रदान गरिनेछ।
    कार्यक्रममार्फत भारतीय ट्राभल व्यवसायीसँग सहकार्य, होटलका कोठा बुकिङ, समूहगत पर्यटक आगमन तथा पर्यटन प्याकेज निर्माणका सम्भावना खोजिने अपेक्षा गरिएको छ। साथै, भारतीय बजारमा चितवनका होटल तथा रिसोर्टको पहिचान विस्तार गर्न र पर्यटन क्षेत्रका सरोकारवालाबीच सहकार्य बढाउन कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ।
    कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा र चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।
    त्यसैगरी, पाटा (PATA) का अध्यक्ष नरेन्द्र भट्ट, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रवीन्द्रप्रसाद शेर्चन, उपाध्यक्ष प्रवीण गुरुङ तथा नेपाल पर्यटन बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरलगायत पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।
    कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। उक्त शुल्कमा नेटवर्किङ कार्यक्रममा सहभागिता, भारतीय ट्राभल अपरेटर तथा पर्यटन क्षेत्रका नेतृत्वकर्तासँग अन्तरक्रिया र रात्रिभोज समावेश गरिएको छ।
    यो कार्यक्रम मुख्यतः व्यावसायिक नेटवर्किङमा केन्द्रित रहनेछ। यसमा प्रदर्शनी टेबल, प्रचारप्रसारका स्टल वा होटल तथा रिसोर्टको छुट्टै प्रदर्शनको व्यवस्था रहने छैन। साथै, छुट्टाछुट्टै व्यावसायिक भेटघाटको सुनिश्चितता पनि नगरिएको आयोजकले स्पष्ट पारेको छ।
    कार्यक्रममा सहभागिताका लागि दर्ता गर्ने अन्तिम समय अक्टोबर २६ अर्थात् कात्तिक १० गते दिउँसोको मध्यसमयसम्म तोकिएको छ। सीमित स्थान रहेकाले पहिले दर्ता गर्ने सहभागीलाई प्राथमिकता दिइने जनाइएको छ।
    कार्यक्रममा सहभागी हुन इच्छुकले होटल इलाका जनरल म्यानेजर प्रदीप के. न्यौपानेसँग मोबाइल नम्बर ९८४०८१८८०१ मा सम्पर्क गर्न सक्नेछन्।
    नेपाल र भारतबीच पर्यटन सम्बन्ध सुदृढ बनाउँदै व्यावसायिक साझेदारी विस्तार गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले चितवनको पर्यटन बजारलाई भारतीय पर्यटकसँग जोड्न तथा होटल र रिसोर्ट व्यवसायको व्यावसायिक अवसर बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    Advertisement

    आइतबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इन्डोनेसियाको बालीमा चितवन उद्योग संघको प्रवर्द्धन: कृषि, पर्यटन र सांस्कृतिक अनुभव आदानप्रदानमा जोड
    नेपालले दशकौंदेखि डेढ सयभन्दा बढी राष्ट्रहरूसँग व्यापार गर्दै
    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      इन्डोनेसियाको बालीमा चितवन उद्योग संघको प्रवर्द्धन: कृषि,

    • २.
      नेपाल–भारत सीमापार पर्यटन कनेक्ट–२०२६ हुँदै, चितवनमा पर्यटन

    • ३.
      नेपालले दशकौंदेखि डेढ सयभन्दा बढी राष्ट्रहरूसँग व्यापार

    भर्खरै

    • १.
      इन्डोनेसियाको बालीमा चितवन उद्योग संघको प्रवर्द्धन: कृषि, पर्यटन र सांस्कृतिक अनुभव आदानप्रदानमा जोड

    • २.
      नेपाल–भारत सीमापार पर्यटन कनेक्ट–२०२६ हुँदै, चितवनमा पर्यटन व्यवसायीबीच बीटुबी नेटवर्किङ

    • ३.
      नेपालले दशकौंदेखि डेढ सयभन्दा बढी राष्ट्रहरूसँग व्यापार गर्दै

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • ५.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ७.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ८.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.