चितवन/चितवनको भरतपुर-१२ स्थित मालपोतचोकमा रहेको लक्की इलेक्ट्रोनिक्सले आफ्ना उपभोक्ताहरुलाई लक्षित गर्दै जाडो अफर ल्याएको छ । टिभी, फ्रिज, एसी, वासिङ मेसिन सहितका इलेक्ट्रोनिक्स सामानहरु देशभर निःशुल्क होम डेलिभरीको सुविधा सहित जाडोलाई लक्षित गर्दै थप अफर ल्याएको इलेक्ट्रोनिक्सका सञ्चालक हरि कार्की ‘लक्की’ ले जानकारी दिनुभयो । उहाँका अनुसार वासिङ मेसिङ खरिदमा विशेष छुट सहित निःशुल्क जडान समेत रहेको छ । त्यस्तै एसीको खरिदमा आकर्षक छुट, निःशुल्क जडान सहित एसीमा प्रयोग हुने स्ट्याण्डहरु समेत निःशुल्क उपलब्ध गराइने ‘लक्की’ले जानकारी दिनुभयो । मालचोकमा रहेको लक्की इलेक्ट्रोनिक्समा विभिन्न ब्राण्डका टिभी, फ्रिज, एसी, वासिङ मेसिन, सिसि क्यामेरा, हिटर, इलेक्ट्रिक किल्टी, इलेक्ट्रिक जगहरु बिक्री भइरहेको ‘लक्की’ ले बताउनु भयो । इलेक्ट्रोनिक्समा नयाँ सामानको बिक्री वितरण सँगै हरेक इलेक्ट्रोनिक्स सामानको भरपर्दो मर्मत समेत गरिँदै आएको उहाँको भनाइ छ । कार्यालय, विभिन्न संघ/संस्था लगायत कालकारखानामा आवश्यक पर्ने विभिन्न किसिमका इलेक्ट्रोनिक्स सामानहरु लक्की इलेक्ट्रोनिक्सबाट बिक्री वितरण भइरहेको भन्दै जाडो अफरको फाइदा उठाउन समेत कार्कीले उपभोक्ताहरु सँग आग्रह गर्नुभयो ।
लक्की इलेक्ट्रोनिक्सको जाडो अफर
लक्की इलेक्ट्रोनिक्सको जाडो अफर
तपाईको प्रतिक्रिया




