• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना


  •   बुधबार, असोज २८, २०८३ मा प्रकाशित
  • प्रकाश गुरुङ,
    प्रबन्ध निर्देशक/अध्यक्ष
    चितवन फिजिकल फिटनेश सेन्टर प्रा.लि. (चितवन जिम हाउस)

    Advertisement

    बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र मानसिक तनावका बीच शरीरलाई स्वस्थ, स्फूर्त र ऊर्जावान् राख्न नियमित व्यायाम आजको आवश्यकता बनिसकेको छ। यही आवश्यकतालाई सम्बोधन गर्दै चितवन र आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको फिटनेस सेवा प्रवाह गरिरहेको लोकप्रिय संस्था हो— चितवन फिजिकल फिटनेश सेन्टर प्रा.लि. (चितवन जिम हाउस)।
    भरतपुर–१० रिजालचोक, भरतपुर–२ क्षेत्रपुर र गैंडाकोट (नवलपुर) बाट सेवा दिँदै जिल्लाकै अग्रणी र सुविधासम्पन्न जिम हाउसका रूपमा स्थापित यस संस्थाले हालै आफ्ना ग्राहक तथा सदस्यहरूका लागि भर्ना र मासिक शुल्कमा आकर्षक छुट योजना सार्वजनिक गरेको छ। आज हामीसँग हुनुहुन्छ, यस संस्थाका प्रबन्ध निर्देशक तथा अध्यक्ष प्रकाश गुरुङ। उहाँसँग गरिएको यो विशेष कुराकानी ……!

    • स्वागत छ यहाँलाई उज्यालो टाईम्समा ।
      धन्यवाद, सम्पूर्ण उज्यालो टाईम्स टिम र दर्शक तथा पाठकवृन्दलाई मेरो नमस्कार।

     

    • चितवन फिजिकल फिटनेश सेन्टर (चितवन जिम हाउस) ले हालै सदस्यहरूका लागि निकै आकर्षक छुट योजना ल्याएको छ। यस अफरबारे हाम्रा दर्शक÷पाठकहरूलाई स्पष्ट पारिदिनुहोस् न?

    हामीले फिटनेसलाई सबैको पहुँचमा पु¥याउने उद्देश्यले यो विशेष छुट योजना ल्याएका हौँ। यस अन्तर्गतः
    नयाँ सदस्यहरूका लागिः भर्ना शुल्कमा सिधै ५० प्रतिशत छुटको व्यवस्था गरेका छौँ।
    नियमित तथा पुराना सदस्यहरूका लागिः
    ३ महिनाको अग्रिम मासिक शुल्क भुक्तानीमा २० प्रतिशत छुट,
    ६ महिनाको प्याकेजमा २५ प्रतिशत छुट, र
    १२ महिना (वार्षिक) प्याकेजमा ३० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराएका छौँ।
    हाम्रो उद्देश्य आर्थिक कारणले कोही पनि स्वस्थ जीवनशैली अपनाउनबाट वञ्चित नहोस् भन्ने नै हो।

    • भरतपुरको रिजालचोक, क्षेत्रपुर र नवलपुरको गैंडाकोट— तीनवटै प्रमुख स्थानबाट सेवा दिइरहनुभएको छ। चितवन फिजिकल फिटनेश सेन्टरलाई जिल्लाकै ठूलो र अत्याधुनिक जिमका रूपमा चिनिन्छ, यहाँको विशेषता के–के हुन ?
      हामीले पूर्वाधार र गुणस्तरमा कुनै सम्झौता गरेका छैनौँ। हाम्रा मुख्य विशेषताहरूः
      १. अत्याधुनिक उपकरणहरूः अन्तर्राष्ट्रिय मापदण्डका बायो–मेकानिकल्ली सुरक्षित र आधुनिक मेसिनहरू जडान गरिएका छन्, जसले गर्दा चोटपटक लाग्ने जोखिम शून्यप्रायः हुन्छ।
      २. विशाल तथा खुला ठाउँः कसरत गर्दा भीडभाड नहोस् र पर्याप्त अक्सिजन तथा भेन्टिलेसन मिलोस् भनेर पर्याप्त स्थान व्यवस्थापन गरेका छौँ।
      ३. सुलभ पहुँचः रिजालचोक, क्षेत्रपुर र गैंडाकोट तीनै ठाउँमा हाम्रा शाखाहरू रहेकाले सेवाग्राहीले आफ्नो पायक पर्ने स्थानबाट सहजै सेवा लिन सक्नुहुन्छ।

     

    • जिममा कसरत गर्दा सही तरिका र सुरक्षाको निकै महत्व हुन्छ। यहाँ दक्ष प्रशिक्षक र डाइट (खानपान) सम्बन्धी परामर्शको व्यवस्था कस्तो छ?
      एकदमै महत्त्वपूर्ण कुरा उठाउनुभयो। जथाभावी कसरत गर्दा शरीरलाई फाइदाभन्दा हानि हुन सक्छ। त्यसैले हाम्रा सबै शाखाहरूमा प्रमाणित तथा अनुभवी फिटनेस ट्रेनरहरू रहनुहुन्छ। उहाँहरूले नयाँ आउने सदस्यहरूको शारीरिक अवस्था, तौल, उचाइ र लक्ष्य  हेरेर व्यक्तिगत वर्कआउट तालिका बनाइदिनुहुन्छ। साथै, व्यायामको ७० प्रतिशत नतिजा खानपानमा निर्भर हुने भएकाले हामी सन्तुलित र व्यावहारिक डाइट काउन्सिलिङ पनि नियमित रूपमा उपलब्ध गराउँछौँ।

     

    • आम बुझाइमा अझै पनि ‘जिम भनेको मसल बनाउने वा युवाहरूका लागि मात्र हो’ भन्ने भ्रम छ। यसबारे तपाईं के भन्नुहुन्छ?
      यो सोच पूर्णतया गलत हो र यसलाई चिर्न आवश्यक छ। जिम भनेको बडीबिल्डिङ गर्ने वा सिक्स प्याक बनाउने ठाउँ मात्र होइन; यो त निरोगी र ऊर्जावान् बन्ने माध्यम हो। आज मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), युरिक एसिड, ढाड–कम्मर दुख्ने र मानसिक तनावजस्ता जीवनशैलीजन्य रोगहरूबाट बच्न डाक्टरहरूले समेत नियमित व्यायाम सिफारिस गर्ने गर्नुहुन्छ। हाम्रो जिममा १६ वर्षका किशोरदेखि ६५ वर्षमाथिका पाका उमेरका आमाबुवाहरू समेत नियमित कसरत गरी स्वास्थ्य लाभ लिइरहनुभएको छ।

     

    • पछिल्लो समय चितवनवासीहरूमा स्वास्थ्य र फिटनेसप्रतिको सचेतना कत्तिको बढेको पाउनुभएको छ?
      निकै उत्साहजनक परिवर्तन आएको छ। विगतका तुलनामा अहिले चितवनवासीहरू आफ्नो स्वास्थ्यप्रति निकै सचेत हुनुहुन्छ। पहिले–पहिले बिरामी परेपछि मात्र अस्पताल वा औषधिमा खर्च गर्ने बानी थियो, तर अहिले मानिसहरू बिरामी नै नपर्नका लागि पूर्वतयारीस्वरूप फिटनेसमा समय र लगानी गर्न थाल्नुभएको छ। विशेषगरी महिला दिदीबहिनीहरू र विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तित्वहरूको उपस्थिति निकै बाक्लो हुँदै गएको छ।

     

    • तीनवटा शाखा सफलतापूर्वक सञ्चालन गरिरहनुभएको छ, आगामी दिनमा थप सेवा विस्तारका योजनाहरू के–के छन ?
      ग्राहकवर्गले हामीमाथि देखाउनुभएको विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। आगामी दिनमा हामी परम्परागत जिम वर्कआउटका साथै जुम्बा, एरोबिक्स, क्रसफिट, स्टिम बाथ÷सौना जस्ता सुविधाहरूलाई अझ परिष्कृत गर्दै लैजानेछौँ। चितवन र आसपासका अन्य आवश्यक स्थानहरूमा पनि शाखा विस्तार गर्ने हाम्रो योजना छ, ताकि हरेक नागरिकलाई गुणस्तरीय फिटनेस सेवासम्म पुग्न सहज होस्।

     

    • अन्त्यमा, “उज्यालो टाईम्स” मार्फत चितवन तथा नवलपुरवासी दर्शक÷पाठकहरूलाई के अपिल वा सन्देश दिन चाहनुहुन्छ?
      स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो। हामी कमाउन र व्यस्त हुनका लागि आफ्नो शरीरलाई बेवास्ता गरिरहेका हुन्छौँ। २४ घण्टाको दिनमा कम्तीमा १ घण्टा आफ्नो स्वास्थ्य, व्यायाम र फिटनेसका लागि छुट्याउनुहोस्। र, यदि तपाईं सुरक्षित, स्तरीय र पारिवारिक वातावरणमा कसरत सुरु गर्न चाहनुहुन्छ भने चितवन फिजिकल फिटनेश सेन्टर (चितवन जिम हाउस) का रिजालचोक, क्षेत्रपुर वा गैंडाकोट शाखामा पाल्न सक्नुहुन्छ। अहिले चलिरहेको ५०% सम्मको विशेष छुट अफरको भरपूर फाइदा उठाउन सबैमा हार्दिक आह्वान गर्दछु। धन्यवाद।

    बुधबार, असोज २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.