कार्यक्रमको उद्देश्य ः
-औलोको इतिहास
-औलो कार्यक्रमको राष्ट्रिय रणनीतीहरु
-औलोको विगत र वर्तमान अवस्था
-चितवन जिल्लामा औलो निवारणको लागी गरिएका क्रियाकलापहरु
-औलो रोगको सामान्य जानकारी

इतिहास ः
विश्व स्वास्थ्य संगठनले सन् २००८ देखि २५ अप्रिलका दिन “विश्व औलो दिवस” मनाउने घोषणा
नेपालमा औलो नियन्त्रण कार्यक्रम USAID को सहयोगमा सन् १९५४ मा कीटजन्य रोग नियन्त्रण कार्यक्रम (Insect Borne Disease Control Program) मार्फत शुरु भएको थियो ।
सन् १९५८ मा “औलो उन्मुलन कार्यक्रम” सञ्चालन गरियो । यसको उद्देश्य नेपालबाट निश्चित समयभित्र औलो उन्मुलन गर्नु रहेको थियो । तत्पश्चात् सन् १९९३ मा गहन अध्ययन र पुनरावलोकन पश्चात् औलो नियन्त्रण कार्यक्रम रणनीतिहरूलाई विश्व स्वास्थ्य संगठनले (WHO) गरेको आग्रहलाई पछ्याउँदै, Roll Back Malaria (RBM) Initiative लागु गरियो जसले जंगल र यसको आसपासका क्षेत्रहरू, भित्री मधेस, पहाडी उपत्यकाहरूमा औलो नियन्त्रण कार्यक्रमलाई प्रभावकारी रूपमा लागु ग¥यो ।
सन् १९७८ मा औलो उन्मूलन कार्यक्रमलाई एकिकृत स्वास्थ्य प्रणालीमा औलो नियन्त्रण कार्यक्रमको रुपमा राखियो जुन १२ जिल्लाबाट शुरु गरी ६५ जिल्लाहरुसम्म पु¥याईयो ।
नेपालमा औलो रणनीतिक योजना २०१४–२०२५ ः
नेपालमा औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार नेपाललाई सन २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ सोही अनुरुप सन् २०२२ सम्ममा स्थानीय औलो बिरामीको संख्या शून्य कायम गरी त्यसलाई निरन्तरता दिनु रहेको छ ।

परिकल्पना : नेपालमा सन् २०२५ सम्म औंलो निवारण गर्ने ।
ध्येय : औलो निवारणका लागि औलाको गुणस्तरीय सेवामा समुदायको पहुँच अभिवृद्धि,औलोको रोकथाम तथा महामारी तत्काल प्रतिकारात्मक कार्य गर्र्ने ।
लक्ष्य : सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पु–याउने र त्यसलाई कायम राख्ने । –
उद्धेश्य :
संघीय संरचना अनुसार सबैं स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय जाँच,उपचारको न्यायोचित पहुँच तथा रोकथामका उपायहरु अवलम्बन गरी औलो निवारण गर्ने ।

रणनीतीहरु :
१) औलो बिरामीको खोजपड्ताल तथा औलो निवारणका लागि आवश्यक सुचना प्रणाली सुदृढिकरण गर्ने ।
२) औलो जोखिम स्थानहरुमा भेक्टर नियन्त्रण कार्यक्रम संचालन गरी औलो सर्ने दरलाई घटाउने ।
३)औलोको गुणस्तरीय निदान तथा उपचारमा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने ।
४) औलो निवारणका लागि सरकारको नेतृत्वदायी भूमिका तथा प्रतिवद्धता र समुदायको सहभागीता सुनिश्चित गर्ने ।
५) औलो निवारणका लागि प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढ गर्ने ।

नेपालमा औलोको परजीविबाहक (vector)
-एनोफलीज लामखुट्टेले मात्र मानिसमा औलो सार्न सक्तछ ।
-संसारमा ४०० जातका एनोफलीज लामखुट्टेहरु पाइन्छन
-प्राकृतिक अवस्थामा ६० जात मात्र औलोको परजीविबाहक (vector) प्रमाणित भएका छन्
-एनोफलीज लामखुट्टेको एउटा जात महत्वपूर्ण भेक्टर हुन आवश्यक कारकहरु मध्ये सलाई टोक्ने बारम्बारता (Frequency) नै मुख्य हुन् ।
-नेपालमा हाल सम्म ४३ जातका एनोफलीज लामखुट्टेहरु पाइएका छन्
-जम्मा ४ जातले मात्र औलो सार्छ (vector) भनी प्रमाणित भएका छन् ।

एनोफीलीज मिनिमस्, एनोफलीज् फ्लूभियाटिलीज्, एनोफलीज् माय्कुलाटस् कम्प्लेक्स एनोफलीज् एनुलारीज्
औलो परजीवी
पी.भाईभाक्स P. vivax
पी.फाल्सीपारम P.falciparum
पी.मलेरी P.malariae
पी.ओवाले (P. ovale)
पी नोलेसी P. Knowlesi
औलोको मुख्य लक्षणहरु ः
-ज्वरो आइरहनु वा दिन विराएर ज्वरो आउनु ।
-टाउको बेस्सरी दुख्नु र अक्सर वान्ता पनि हुनु ।
-जाडो हुनु ,कम्पन छुट्रनु ,ज्वरो आउनु र त्यस पछि पसिना आएर ज्वरो घटि थाकेको जस्तो महसुस हुनु ।

आ.ब २०७८/०७९ चैंत्र महिना सम्म औलोको तथ्यांक ः
कुल रक्त परिक्षण संख्या ः२२४०
औलो प्रमाणित संख्या ः ५ जना
स्थानीय बिरामी संख्या ः०
आयातित बिरामी संख्या ः ५ जना
प्लाज्मोडियम फाल्सिपारम (एा ) ः २ जना
प्लाज्मोडियम भाइभेक्स ( एख ) ः ३ जना

जिल्ला बाट औलो निवारणको लागी गरिएका क्रियाकलापहरु ः
-शंकास्पद औलो बिरामीको रक्त नमूना संकलन,परिक्षण र उपचार व्यवस्थापन ।
-औलोको केसवेश सर्भिलेन्स ।
-गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्था मार्फत निर्देशिका बमोजिम झूल नियमित वितरण ।
-एकिकृत भेक्टर सर्भिलेन्स र समुदायमा स्वास्थ्य संस्था मार्फत जनचेतना मुलक कार्यक्रम संचालन ।
-कीटनाषक विषादी छिड्काऊ कार्यक्रम ।
-मेला,महोत्सवहरुमा औंलो तथा अन्य कीटजन्य रोगको बारेमा जानकारी ।
-सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई औलो सम्बन्धि अभिमुखिकरण

औलो बारे प्रमुख सन्देशहरु ः
-औलो संक्रमित लामखुट्टेको टोकाई बाट यो रोग सर्दछ ।
-काम ज्वरो औलोको मुख्य लक्षण हो ।
-स्वास्थ्य संस्थाहरुमा औलोको औंषधि निःशुल्क उपलब्ध पाइन्छ ।
-सुत्दा झूल भित्र सुत्ने बानी बसालौं ।
-समुदायमा बिषादी छर्कदा सहयोग गरौं ।
-ज्वरो आएमा नजिकैंको स्वास्थ्य संस्थामा जाऔं ं ।
-घर,गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँहंरुलाई समाप्त पारौं ।





