भरतपुर/भरतपुर महानगरपालिका वडा न. १६ पश्चिम रामपुर स्थित धिरेन्द्र हमालको घरमा हारजित हुने गरी अबैध तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद रु ३,१७,४५५ (अक्षरुपी तिन लाख सत्र हजार चार सय पच्पन्न रुपैया) र तास २ (दुई) बुक नखोलेको, खोलेको ३(तिन) बुक गरी जम्मा ५ बुक तास सहित ७ जनालाई पक्राउ गरी जिल्ला प्रसासन कार्यालयबाट म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको छ ।
Advertisement

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा न. १९ बस्ने बर्ष ५८ को हिमाली गुरुङ, बर्ष ४८ को मेख बहादुर तामाङ, बर्ष १९ को राज कुमार शाही, बर्ष ५० को बुद्धिराज महतो, बस्ने बर्ष ४४ को लक्ष्मण श्रेष्ठ, बर्ष ४४ को बद्री लामा र बस्ने बर्ष ४२ को धिरेन्द्र हमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।




