• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नीति निर्माणमा व्यवसायको भूमिका बेवास्ता नगर्न सरकारलाई चेतावनी


  •   शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
  • चितवन/नेपालमा निर्माण क्षेत्रले दशकौँदेखि भोग्दै आएको नीतिगत अन्योल अब विस्फोटको अवस्थामा पुगेको छ। चितवनमा सम्पन्न निर्माण व्यवसायी संघ चितवनको ३१औं वार्षिक साधारण सभामा व्यवसायीहरुले सार्वजनिक खरीद ऐन लगायतका नीतिगत ढाँचाहरुप्रति तीव्र असन्तुष्टि जनाउँदै नीति निर्माणमा व्यवसायको भूमिका बेवास्ता नगर्न सरकारलाई चेतावनी दिएका छन्।

    Advertisement

    उनीहरूका अनुसार २०५५ साल यता एकपटक पनि नसंशोधित सार्वजनिक खरीद ऐन, तीन तहका सरकारबीचको बाझिएको नियमावली र अस्वस्थ प्रतिस्पर्धाको माहोलले निर्माण क्षेत्रलाई अव्यवस्थित र असुरक्षित बनाएको छ। “सबैलाई संविधान आयो, तर हामी निर्माण व्यवसायीहरू अझै कानुनी सुरक्षाविना काम गरिरहेका छौं,” भन्दै वागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङले आफ्नो आक्रोश व्यक्त गरे।

    महासंघका केन्द्रीय महासचिव रोशन दाहालले चारवटा अलग-अलग कानुन (सार्वजनिक खरीद ऐन, निर्माण व्यवसायी ऐन, मुलुकी संहिता र स्थानीय ऐन) बीच तालमेलको अभावले निर्माण व्यवसायीहरूलाई अन्यायमा पारेको बताए। “एकै कामका लागि फरक फरक कानुनी बाध्यतामा बाँधिनुपर्दा हामी दोषी झैं देखिन्छौं,” दाहालले भने।

    केन्द्रीय सल्लाहकार निकोलस पाण्डेले पूर्वाधार निर्माणमा सरकार आफैं प्रतिस्पर्धामा उत्रिनु गम्भीर चिन्ताको विषय भएको बताए। “सरकारले आफ्नै पूर्वाधार कम्पनी खोलेर निजी क्षेत्रलाई दबाउने रणनीति अख्तियार गर्दैछ,” उनले भने, “यस्तो कदमले विदेशी लगानीकर्तालाई समेत निरुत्साहित बनाएको छ।”

    संघका अध्यक्ष रवी सिंहले व्यवसायीका माग न त गैरजायज छन्, न त राज्यका लागि आर्थिक भार पर्ने खालका। “समृद्ध नेपालको सपना पूरा गर्न निर्माण क्षेत्रको भूमिकालाई सशक्त बनाउनु अपरिहार्य छ,” उनले भने, “तर नीति नै बाधक बन्नु दुःखद हो। “उनले “लो बीड” (सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने ठेकेदार) प्रणालीको दुरुपयोगले गुणस्तरभन्दा पनि मूल्यलाई प्राथमिकता दिने प्रवृत्तिमा बहस आवश्यक रहेको बताए।

    सभामा अन्य वक्ताहरूले मूल्यवृद्धि, सरकारको ढिलासुस्तीपूर्ण भुक्तानी प्रणाली र कालोसूचीकरणको भयले व्यवसायीहरू विस्थापित हुँदै गएको बताएका थिए। व्यवसायीहरूको तर्क छ — यदी तत्काल ऐन र नियमावलीमा समन्वय गरिएन भने, नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता ओझेलमा पर्नेछ। चितवनमा उठेका आवाजहरू अब स्थानीय माग मात्र होइनन्, यी राष्ट्रिय नीतिगत संवादका हिस्सा बन्नुपर्छ। नत्र, निर्माण क्षेत्रको ‘समृद्धि संवाहक’को भूमिकाबाट ‘संघर्षशील अस्तित्व’मा झर्ने खतरा बढ्दो छ।

    उज्यालो टाइम्सका प्रधान सम्पादक राजु भट्ट सहित चार पत्रकार सम्मानित……!
    चितवन निर्माण व्यवसायी संघ चितवनले उज्यालो टाइम्सकर्मी राजु भट्ट सहित चितवनका चार जना पत्रकारहरुलाई सम्मान गरेको छ । ३१ औं वार्षिक साधारण सभाको अवसर पारेर निर्माण व्यवसायीका हक हित र अधिकारका बारेमा रहेर कलम चलाउँदै आएका पत्रकारहरुलाई सम्मान गरेको हो ।
    सम्मानित हुनेहरुमा राजु भट्ट, शालिग्राम नेपाल, अस्मिता पराजुली र द्विप्ति विश्वकर्मा रहेका छन्। उनिहरुलाई निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष दिनेशचन्द्र न्यौपाने र प्रमुख अतिथिका रूपमा रहेका निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले नगदसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका हुन्। चितवनलाई कार्यक्षेत्र बनाई निर्माण व्यवसायीहरूको गतिविधि तथा आर्थिक पाटोलाई आफ्नो मिडिया मार्फत जनता समक्ष पुर्याउन अहम भूमिका निर्वाह गर्नुभएकोमा पत्रकारहरुलाई सम्मान गरिएको निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष दिनेशचन्द्र न्यौपाने बताए।

    शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.