• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा


  •   बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
  • काठमाडौ/रसुवामा बाढीको जोखिम अझै टरेको छैन। चीनतर्फ नदी थुनिएर बनेको ताल पूर्ण रूपमा नखुलेको र त्यहाँ करिब ७ मिटर अग्लो प्राकृतिक बाँध अझै कायम रहेकाले भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

    Advertisement

    महाशाखाले बुधबार दिउँसो १ः३५ बजे जारी गरेको सूचनाअनुसार चीनतर्फबाट प्राप्त जानकारीमा नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खाली नभएको उल्लेख छ। प्राकृतिक रूपमा बनेको उक्त बाँध जुनसुकै बेला फुट्न सक्ने भएकाले भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम तत्काल नघटेको हो।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित अर्को बाढीको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अर्को सूचना जारी नभएसम्म नदी तथा खोलाबाट टाढा सुरक्षित स्थानमा रहन र तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न प्राधिकरणले आग्रह गरेको छ।

    प्राधिकरणका एक अधिकारीका अनुसार चिनियाँ पक्षले दिएको पछिल्लो जानकारीमा बाढीको कारण बनेको भनिएको हिमताल क्षेत्रमा अझै करिब ७ मिटर अग्लो प्राकृतिक बाँध रहेको बताइएको छ। उक्त बाँध भत्किएमा पुनः ठूलो मात्रामा पानीको बहाव नेपालतर्फ आउन सक्ने जोखिम छ।

    सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाका तटीय क्षेत्रमा रहेका बस्ती र बजारका नागरिकलाई विशेष सावधानी अपनाउन, सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना र निर्देशन पालना गर्न आग्रह गरिएको छ। राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य जनशक्तिलाई समेत नदी किनारमा काम गर्दा विशेष सतर्कता अपनाउन भनिएको छ।

    यसैबीच वातावरणविद् तथा अनुसन्धानकर्ता डा. उत्तमबाबु श्रेष्ठले पछिल्लो घटनाले नेपालका ठूला पूर्वाधार संरचनाको जोखिमबारे गम्भीर पुनर्विचार गर्नुपर्ने अवस्था देखाएको बताएका छन्।

    उनले विगतमा २०५४ सालको ठूलो बाढीले पृथ्वी राजमार्गमा पुर्‍याएको क्षति, बेल्खु बजार बगाएको तथा मलेखुलगायतका क्षेत्रमा पुलहरू ध्वस्त भएको घटनालाई स्मरण गर्दै मेलम्चीको बाढी र अहिलेको घटनाले नेपालका पूर्वाधारहरू प्राकृतिक विपद्को उच्च जोखिममा रहेको पुनः पुष्टि गरेको बताएका छन्।

    दशकौँ लगाएर निर्माण गरिएका पुल, राजमार्गलगायतका संरचना बाढीले क्षणभरमै ध्वस्त पार्न सक्ने अवस्था रहेको उल्लेख गर्दै श्रेष्ठले पूर्वाधार निर्माण तथा लगानी गर्नुअघि प्राकृतिक विपद्को जोखिमको पर्याप्त मूल्यांकन हुने गरेको छ कि छैन भन्ने प्रश्न उठाएका छन्।

    बैंक तथा वित्तीय संस्थाले लगानी गर्दा आफ्नो लगानी सुरक्षित राख्न सम्भावित जोखिमको मूल्यांकन गर्ने उदाहरण प्रस्तुत गर्दै उनले नेपालमा जलविद्युत् तथा अन्य क्षेत्रमा लगानी गर्ने घरेलु बैंक तथा मेलम्ची आयोजनामा लगानी गर्ने एसियाली विकास बैंक (एडीबी) लगायतका निकायले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट हुन सक्ने जोखिम र सम्भावित क्षतिको पर्याप्त पूर्वानुमान तथा मूल्यांकन गरेका छन् कि छैनन् भन्ने प्रश्न गरेका छन्।

    श्रेष्ठका अनुसार नेपालमा पूर्वाधार निर्माण र लगानी निर्णय गर्दा आर्थिक प्रतिफलसँगै बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई पनि केन्द्रमा राख्नुपर्ने आवश्यकता छ। पछिल्ला घटनाले पूर्वाधारको दीर्घकालीन सुरक्षा र लगानीको जोखिम व्यवस्थापनबारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ।

    बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.