• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपालको उद्योग क्षेत्रले भोग्नु परेका समस्या र चुनौति


  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित
    • राजु भट्ट
      अध्यक्ष, उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.

     

    Advertisement

    पछिल्लोसमय देशमा औद्योगिक वातावरण हराउँदै गएकोमा उद्योगीहरु चिन्तित वन्नुपर्ने अवस्था सिर्जना भएको छ । ७७ वटै जिल्लाको तथ्याँक केलाउने हो भने उद्योग स्थापना गर्नेभन्दा पनि बन्द गर्ने लहर चलेको अवस्थाले मुलुकमा औद्योगिक वातावरण त्यसैपनि खुम्चिदै गएको अवस्था छ । यसले नेपालमा उद्यम गरिरहेका उद्योगी व्यवसायीमात्र प्रभावित हुँदैनन् त्यसको असर देशले धेरै पछिसम्म भोग्नुपर्ने निश्चित छ । अहिले मुलुक आर्थिकरुपमा जर्जर बन्दै गएको छ । अधिकांश उद्योगहरु बन्द हुँदै गरेको अवस्था छ । उद्योगमैत्री वातावरण निर्माण हुन नसकेको अवस्था छ । बजारमा कुनै चहलपहल छैन । उल्टो भएका बजार सुक्दै गएको अवस्थाले आम नेपाली जनता चिन्तित छन् । यस्तो बेला सरकारले उद्योग संरक्षणको नीति बनाउन ढिलाई गर्नु हुँदैन । सरकारले पूर्वाधार निर्माणमा गर्ने लगानी अहिले ठप्पजस्तै भएको बेला उद्योगमैत्री वातावरण वनाउनेतर्फ सरकारको ध्यान जानु जरुरी छ । उद्योग क्षेत्रमा रहेको समस्या समाधानमा अहिलेसम्म बाधक रहेका सबै कानुन संशोधन गर्ने र देशमा औद्योगिक जागरणको अवस्था सिर्जना गर्नका लागि सरकारको तत्परता व्यवहारमै देखिनुपर्दछ । उद्योगीहरुले पनि औद्यागिक तथा लगानीमैत्री वातावरण बनाउनका लागि सरकारलाई दवाव दिनुपर्दछ । बिडम्वना के छ भने बन्द भएका रूग्ण उद्योग सञ्चालनका लागि सरकारले नीजि क्षेत्रको मन जित्नै सकेको छैन् । अवको दिनमा उद्योगीहरुलाई उद्योग संचालनको उचित वातावरण वनाईदिनेतर्फ सरकारको पहल आवश्यक छ । उद्योगी व्यवसायीले बर्षौदेखि उद्योग नीतिमा परिवर्तन गरि मुलुकमा उद्योग गर्ने वातावरण सिर्जना गर्न माग गर्दै आएका छन तर ६ महिना नहुँदै सरकारमा हुने फेरबदल र परिवर्तनले उद्यागीका माग सम्बोधनमा अंकुश लागिरहेको छ । त्यसैपनि पछिल्लोसमय उद्योगीहरुले नेपाली उत्पादनको उपभोग बढाउन नसकेकामा चिन्ता प्रकट गर्दै आएका छन ।

    नेपालमा उत्पादित वस्तु मेला, महोत्सव तथा प्रदर्शनीमा मात्र सिमीत बनेको उद्योगीहरुको गुनासो छ । सरकारी स्तरबाटै नेपाली उत्पादनको उपभोग बढाउनुपर्नेमा सरकारले समेत उद्योगीलाई संरक्षण गर्न सकेको छैन् । सरकारले बर्षको एकपटक बजेट भाषणमार्फत नेपाली उद्योगले उत्पादन गरेको सामानको उपभोग गर्न आह्वान गर्दै आएको छ । त्यो पनि औपचारिकमै सीमित भैरहेको छ । सरकारी कार्यालयलाई नेपाली समान उपभोग गर्न सरकारले निर्देशन गरेपनि सरकार मातहतका निकायहरुबाट भने सरकारकै निर्देशन वेवास्ता गरेको देखिएको छ । जबसम्म नेपाली उद्योगले उत्पादन गरेको बस्तु वा सामान उपभोग नबढेसम्म बजार चलायमान हुन सक्दैन । बजार चलायमान नभैकन उद्योग फस्टाउन सक्दैन । मुलुकमा देखिएको औद्योगिक क्षेत्रको निराशा चिर्न सरकार र नीजि क्षेत्रबीच सहकार्यको आवश्यकता रहेको छ । कानुनी रूपमा देखिएका जटिलता हटाएर सरकारले नीजि क्षेत्रलाई साथमा लिएर अघि बढेको अवस्थामा मुलुकमा उद्योगमैत्री वातावरण निर्माण हुनसक्छ । यो बिषयमा सरकारको कृयाशीलता सर्वाधिक महत्वपूर्ण अनि अपेक्षित छ । देशको विकासका लागि आर्थिक वृद्धिदर पहिलो सर्त हो । आर्थिक बृद्धिदर बढाउन मुलुकमा औद्योगिक वातावरण सिर्जना जरुरी छ । मुलुकको सबै क्षेत्रलाई चलायमान बनाईरहनुपर्दछ । तर, सधैँ कछुवाकै गतिको आर्थिक वृद्धिदरमा मुलुक कहिलेसम्म घिस्रिरहने ? दशकौैंदेखि देशको आर्थिक वृद्धिदरको नेपाली तथ्यांक सधैँ निराशाजनक रहँदै आएको छ । जबसम्म उद्योगमैत्री वातावरण तयार हुँदैन तबसम्म जनताको जीवनस्तर र आर्थिक बृद्धिको कुरा केवल नारामै सीमित हुने छ । देशमा औद्योगिक वातावरण नहुनु, आर्थिक गतिविधि चलायमान नहुनु लगायतका कारण आज मुलुकको आन्तरिक र वैदेशिक ऋण गरी देशको कुल ऋण २५ खर्ब २८ अर्ब ६२ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीको ४४.३२ प्रतिशत हो । आर्थिक वर्ष २०३१÷०३२ मा मुलुकको सार्वजनिक ऋण त्यस आवको कुल गार्हस्थ्य उत्पादनको ५.७ प्रतिशत मात्रै थियो । यस तथ्यांकले त्यस बेला मुलुक कति आत्मनिर्भर थियो भन्ने देखाउँछ, तर आज कति परनिर्भर छ । वैदेशिक तथा आन्तरिक ऋणको जीडीपीसँगको सम्बन्ध जति कम प्रतिशत भयो उति देश सम्पन्न र बलियो अवस्थामा रहेको बुझिन्छ । किन यस्तो भयो ? स्पष्ट छ– मुलुकमा औद्योगिक वातावरण नै छैन । आर्थिक चहलपहल ल्याउने वातावरणको कमी छ । लगानीमैत्री वातावरण तयार हुनै सकेको छैन । सरकारका नीति नियमहरु बाधक बनिरहेका छन । ती तगारा बन्दै गएका ऐन कानुन संशोधन गरेर अवस्थालाई सहज वनाउने बिषयमा कुनैपनि प्रकारको प्रगति भएको छैन । अनि कसरी हुन्छ देश आत्मनिर्भर ? पछिल्लो समय नेपालको आर्थिक अवस्था नाजुक हुँदै गएको छ । विशेषगरी औद्योगिक सूचकांकहरू निराशलाग्दा छन् । आर्थिक क्षेत्र चलायमान गर्ने क्षेत्र उद्योगलाई विविध जटिलताले प्रभावित पार्दा उत्पादनमुखी उद्योग दिन प्रतिदिन धराशायी बन्दै गइरहेका छन् । तिनलाई संरक्षण गर्ने सरकारी प्रयास शून्य छ ।
    नेपालजस्तो विकासशील देशका लागि औद्योगिक उत्पादनको मागमा आइरहेको निरन्तर संकुचन एकदमै चिन्ताजनक कुरा हो । हाम्रा दुई छिमेकी राष्ट्र भारत र चीनले औद्योगिक क्रान्ति गरिरहँदा नेपालले त्यसबाट लाभ समेत लिन नसक्नु चिन्ताको कुरा हो । नेपालमा पञ्चायतकालमा स्थापना भएका औद्योगिक क्षेत्रहरूको सुधारमा पनि राज्यको ध्यान पुगेको छैन । जसका कारण ती क्षेत्रमा पनि औद्योगिक वातावरण छैन । अहिले रहेका औद्योगिकक्षेत्र साँघुरा बन्दै गएका छन तर सरकारले तिनको विस्तारमा खासै ध्यान दिन सकेको छैन । हेटौँडा औद्योगिक क्षेत्र नेपालकै ठुलो र अत्यधिक राजस्व बुझाउने औद्योगिक क्षेत्र भएर पनि त्यो औद्योगिक क्षेत्र खुम्चिएको छ । नेपालमा औद्योगिक क्षेत्रको थालनी २०२० सालमा हेटौँडा र बालाजु औद्योगिक क्षेत्रहरूको स्थापनासँगै भएको हो । अमेरिकी सहयोगमा स्थापित यी दुई औद्योगिक क्षेत्र अहिले पनि नेपालका सबैभन्दा ठुला दुई औद्योगिक क्षेत्र हुन् । पछि पाटन, भक्तपुर, धरान, बुटवल, सुर्खेत र राजविराजमा औद्योगिक क्षेत्र स्थापना गरिएपनि तीनको विकासमा सरकारको नजर पर्दैपरेन । पछिल्लोपटक चितवनको शक्तिखोर, कञ्चनपुरको दैजी छेला, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयुरधाप र झापाको दमकमा औद्योगिक क्षेत्र निर्माणको घोषणा २०७२ सालदेखि नै मन्त्रीस्तरीय निर्णयबाट भयो । तर पनि विभिन्न कारण र विशेषगरी अन्तरमन्त्रालय समन्वयको कमीले गर्दा औद्योगिक क्षेत्रमा उद्योग स्थापनामा खासै वातावरण तयार हुन सकेन । जसको कारण ती क्षेत्रमा उद्योग स्थापना गर्न चाहने उद्यमी निरास बन्नुपर्ने अवस्था छ । नेपाल सरकारले विगत केही वर्षदेखि औद्योगिकीकरण र त्यसमा पनि औद्योगिक क्षेत्रहरूको स्थापनालाई प्राथमिकतामा राख्ने तत्परता देखाएपनि नीतिगत परिवर्तन नभएसम्म यसको यथोचित परिणाम आउन नसक्ने निश्चित प्रायः छ । पहिलो परिवर्तन जग्गा सम्झौताको नीतिमा गर्नु आवश्यक देखिन्छ । यसरी नै औद्योगिक क्षेत्रमा स्थापित÷स्थापना हुन लागेका उद्योगहरूलाई परियोजना ऋणको नीतिगत व्यवस्था गरिनुपर्दछ । औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने उद्योगीहरूले धितोका लागि आफ्नो निजी सम्पत्तिको मात्र भर पर्नु नपरोस् । स्वदेशी उद्योगहरूलाई प्रवद्र्धन गर्ने हो भने आयात प्रतिस्थापनको नीतिलाई अंगीकार गर्दै अहिले भएको विभेदकारी प्रावधानलाई हटाउँदै उपयुक्त नीति तर्जुमा गर्नु अत्यावश्यक देखिन्छ ।

    सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने भनेपनि स्वयंले नै स्वदेशी उत्पादनहरूलाई निरुत्साहित गर्ने विभेदकारी प्रावधान बनाएकाले समस्या उत्पन्न भएको छ । कच्चा पदार्थ र तयारी बस्तुमा एउटै दरको आयात करमात्र हैन, धेरै कच्चा पदार्थमा तयारी वस्तुभन्दा बढी आयात कर लगाउनाले स्वदेशी उत्पादनहरू आफ्नै देशभित्र पनि प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा पुगेका छन् । यसैगरी नेपाल आत्मनिर्भर भनिएको कुखुरापालनलाई पनि अपारदर्शी भन्सार नीतिले गाँजेको छ । तयारी माछा मासुमा जम्मा ५ प्रतिशत आयात कर लाग्ने व्यवस्था छ भने मूल्यांकन पनि न्यून गरिएको छ । पछिल्लोसमय नीजि क्षेत्रले औद्योगिकीकरणमा ठूलो योगदान दिदै आएको छ । नर, नेपाल सरकारको हचुवा नीतिले लगानीकर्तालाई निरुत्साहित गरेको छ । त्यसैगरी आपूर्तिकर्ताहरूले महिना दिन वा बढी उधारोको सुविधा दिएता पनि नेपाली उद्योगीहरू आफ्नै सरकारबाट त्यस्तो सुविधाको उपभोग गर्नबाट वञ्चित बनाइएका छन् । तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थहरूमा पनि यही समस्या विद्यमान छ । तसर्थ यस्ता नीतिलाई प्रतिस्थापन गर्दै समय सापेक्ष र स्वदेशी उद्योगलाई सहयोग पुग्ने नीति लागु गर्नुपर्ने आवश्यकता छ । यो देशको औद्योगिक क्षेत्र र समस्त देशको विकास चाहने हो भने दूरदर्शी र उद्योगमैत्री नीति निर्माण र कार्यान्वयनका लागि सबै सरोकारवालाहरूको ऐक्यवद्धता आवश्यक छ । खासगरी राजनीतिक दल र सरकारी संयन्त्र सजग एवं इमानदारितापूर्वक लागिपर्नुको विकल्प छैन । उद्योगीहरूले पनि यस कार्यमा आफ्नो क्षेत्रगत स्वार्थभन्दा माथि उठेर समस्त औद्योगिक क्षेत्रको विकासका लागि इमानदारिताका साथ आफ्नो भूमिका निर्वाह गर्नु अत्यावश्यक छ । उद्योग स्थापना गर्नै झञ्झट, दोहोरो तेहरो कर, कर फरफारकमा समस्या, आयातमात्रै होइन निर्यातमैत्री वातावरणको अभाव, कच्चापदार्थमा भारतकै भर पर्नुपर्ने अवस्था आदि कारण नेपालमा उद्योग गर्न त्यति सजिलो छैन । त्यसमाथि सरकारको हचुवा कर नीति, बैंक तथा वित्तिय संस्थाको ब्याजमा उतारचढाव, उद्योग संरक्षण गर्ने सरकारको नीतिमा विभेद आदि यस्ता कारण छन, जसले नेपालमा औद्योगिक वातावरण बिथोलिरहेका छन । तसर्थ यी यावत जटिलता अन्त्य गर्नेतर्फ पहल नभएसम्म नेपालको औद्योगिक विकास संभव छैन । ढिलै भएपनि सरकारको अव ध्यान जान्छ कि ?

    मो.९८५५०५५५६८, rajchitwan@gmail.com
    (लेखक : उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष हुनुहुन्छ ।)

    आइतबार, पुष २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.