• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मोवाइल बढी चलाए जीवन नै बर्बाद हुनसक्ने !


  •   शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
  • आजको दुनियाँमा मोबाइल नचालउने युवा–युवती कमै होलान्। जीवनको अभिन्न अंग बनेको छ मोबाइल। मोबाइल बिना एकछिन बस्न नसक्ने भइसकेका छन् मानिस। अझ स्मार्टफोन मान्छेका हातहातमा पुगेपछि विशेषगरी युवा–युवती त्यसैको दासजस्तो बनेका छन्। सुत्दा सिरानीमै राख्ने, हिँड्दा हातैमा बोकिरहने, साथीभाइ–आफन्त भेटघाटमा पनि मोबाइलमै झुन्डिरहने, रातभरि च्याट र सामाजिक सञ्जालमा भुलिरहने युवा–युवति कैयौँ छन्।

    कुनै पनि कुराको ठिक्क प्रयोग फाइदाजनक हुन्छ भने अधिकप्रयोग हानीकार। त्यस्तै हरबखत स्मार्टफोनमै रमाइरहनेहरुले पनि स्वास्थ्य, जीवनशैलीसँगै सम्बन्धहरु बिगारिरहेका हुन्छन्। एक अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार १८ देखि २९ वर्षसम्मका ६३ प्रतिशत युवा मोबाइल वा ट्याबलेटलाई बेडमा सँगै राखेर सुत्ने गर्छन्। पछिल्लो समय युवाहरु रातभरि नसुत्ने, सुत्नेहरु पनि निदाउन नसक्ने र डिप्रेसन बढ्नेमा केही हदसम्म स्मार्टफोनको प्रभाव देखिएको अनुसन्धानले भनेको छ।

    Advertisement

    हवार्ड मेडिकल स्कुलका प्राध्यापक डा. चाल्र्स ए सिजेइस्लरले एक अध्ययन मार्फत सेल फोन, स्मार्ट फोन र ट्याबलेटजस्ता उपकरणबाट निस्किएको कृत्रिम निलो प्रकाशले दिमागका न्युरोनलाई सक्रिय बनाउने र अधिकांश युवा रातमा सुत्न नसकेको खुलासा गरेका छन्। ‘नेचर साइन्स’मा प्रकाशित उनको अध्ययन अनुसार स्मार्टफोनममा अधिकांश समय युवा–युवती अनलाइनमा या सामाजिक सञ्जालहरुमा बिताउँदा डिप्रेसनजस्तो मानसिक रोगको शिकार हुने गरेका छन्। नयाँ–नयाँ उपकरणहरुले मानिसको दैनिकी सहज त भएको छ, तर अत्यधिक प्रयोगले समस्या पनि उब्जाएको छ।

    निद्रा गायब
    ‘अर्गनाइजेनसनल बिहेभियर एन्ड ह्युमन डिसिजन प्रोसेस’को एउटा अनुसन्धान अनुसार राति ९ बजेपछि स्मार्टफोन चलाउने वा स्मार्टफोन मार्फत काम गर्ने व्यक्तिको निद्रा निकै कमजोर हुन्छ। स्मार्ट फोनमा लामो समयसम्म बस्दा हाम्रो दिमाग एकोहोरिने र दिमागले  पर्याप्त मात्रामा मेलाटोनिन हर्मन (यसले निदाउन सहयोग गर्छ) उत्पादन गर्न नसक्ने अनुसन्धानले देखाएको छ। मेलाटिनिन उत्पादनमा बाधा पुगेपछि हामी पर्याप्त सुत्न सक्दैनौँ।

    यौन जीवनमा असर
    स्मार्ट फोनको कुलतमा फसेका मानिसको यौन जीवन सुखदायी नहुने अध्ययनहरुले देखाएका छन्। स्मार्ट फोनमा राति व्यस्त हुने जोडीले यौन क्रियाकलापलाई बिर्सिरहेका हुन्छन्। स्मार्टफोनमा  आ–आफ्नो मन परेको भिडियो वा दृश्य हेर्दै मख्ख पर्दा या च्याटमा अरुसँग मात्र रामाउँदा कतिपय जोडीको सम्बन्धमा दूरी बढेको हुन्छ। मोबाइलमा हरबखत गेम खेलेर बस्नेहरुले पनि आफ्नो पार्टनरलाई समय दिन नसक्ने भएकाले एकअर्कामा भावना आदानप्रदान समेत नहुने गरेको अध्ययनले देखाएको छ। अमेरिकामा कम्प्युटर इन ह्युमन बिहेभियर नामक अध्ययनमा ८९ प्रतिशत युवायुवतीले फोन र त्यसको भाइब्रेसनबाट आफ्नो यौन जीवन प्रभावित भएको बताएका थिए।

    निस्क्रिय जीवनशैली
    मोवाइलमा गेम खेल्ने, फिल्म तथा भिडियो हेर्ने र इन्टरनेट चलाउँदा मानिसको जीवनशैली निक्रिस्य र असामाजिक बन्दै गएको केन्ट स्टेट युनिभर्सिटीको अध्ययनमा उल्लेख छ। अध्ययन अनुसार दिनमा १२ घण्टाभन्दा बढी स्मार्ट फोनमा बिताउने विद्यार्थीको फिटनेसन शून्य थियो। अध्ययनमा सहभागी मध्ये दुई घण्टा फोन प्रयोग गर्ने विद्यार्थीको शरीर भने निकै गठिलो र पुष्ट पाइएको थियो। स्मार्टफोनको प्रयोगले विशेषगरी किशोर–किशोरी र युवायुवतीलाई एक्लो बनाउनुका साथै समाजमा घुलमिल हुन नसक्ने बनाएको अध्ययनमा उल्लेख छ।

    बढ्दो दुर्घटना
    मोबाइल प्रयोगकर्तालाई मेसेजबाट पनि नराम्रो असर गरेको देखिएको छ। बाटोमा हिँडेको, भर्याङबाट झरेको, गाडीबाट उत्रिएको वा वाइकको पछाडि बसिरहेको बेला मोबाइलमा बजेको मेसेज टोनले ध्यानाकर्षण गरेर दुर्घटना हुने गरेका छन्। ड्राइभिङको समयमा उठाएका फोन वा तत्काल मेसेज हेर्नाले गर्दा सन्तुलन बिग्रिन गई दुर्घटना भएका उदाहरण पनि छन्।
    ओहियो स्टेट युनिभर्सिटीले गरेको एक अध्ययनले सेलफोनकै कारण पैदलयात्रुको दुर्घटना दर बढेको जनाएको छ। त्यस्तै, एक सय ओटा अस्पतालमा गरिएको अर्को अध्ययनले स्मार्ट फोन प्रयोग गर्दा बाटोमा लडेर, पुलबाट खसेर, ठोक्किएर घाइते हुनेको संख्यामा वृद्धि भएको छ।

    मानसिक रुपमा विक्षिप्त
    आफ्नो फोन एकछिन नभेटिँदा वा हराउदा कति आत्तिनुहुन्छ? सम्भवत संसारकै सबैभन्दा बहुमूल्य वस्तु हराएजस्तो हुन्छ होला। किन मोबाइलप्रति हामी यस्तो आशक्ति देखाउँदैछौ? माबाइल सेक्युरिटी कम्पनी लुकआउटले गरेको एक अनुसन्धान अनुसार मोबाइल हराउने अधिकांश व्यक्ति ‘पेनिक’ हुने गरेका छन्। अध्ययनमा सहभागीमध्ये ७३ प्रतिशतले मोबाइल हराउँदा आफूलाई केही दिन सम्हाल्न असजिलो भएको बताएका थिए।

    आफ्नो गोप्य तथ्यांकको खुलास, नयाँ किन्न लाग्ने खर्च, सुरक्षित राखिएका अभिलेखहरुको नष्ट आदि कारणले मानिसहरु मोबाइल हराउँदा चिन्तित हुने गरेको अधययनले देखाएको छ। त्यस्तै, बेलायतमा गरिएको एक अध्ययन अनुसार मोबाइल हराउने ६६ प्रतिशतलाई नोमोफोविया अर्थात् सेलफोन नहुँदा लाग्ने त्रासबाट पीडित भएको पाइएको थियो।
    -Agency

    शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन
    नेपाल बजेट २०८३/८४ र सार्वजनिक-निजी साझेदारी मार्फत राष्ट्रिय सूचना प्रविधि एजेन्डाको प्रवर्द्धन
    सरकारी डिजिटल प्रणालीका समस्याले नागरिक मारमा — मुकुन्द सिलवाल
    रोटरी क्लब अफ चितवनद्वारा सामुदायिक विद्यालयका शिक्षकहरूलाई दुईदिने ICT तथा Artificial Intelligence (AI) तालिम सम्पन्न
    सकियो डिजिटल मार्केटिङ्ग सम्बन्धि ९६ घण्टाको स्तरोन्नती तालिम
    बेलायतमा चिनियाँ कृषि ड्रोनहरू लोकप्रिय

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.