• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

गर्ने होइन त फापर खेती ? खेती गर्ने तरिका के–कस्तो छ ?


  •   आइतबार, चैत १८, २०८० मा प्रकाशित
  • काठमाडौं । बालीको परिचय फापर उच्च पहाडी भागको एक प्रमुख खाद्यान्न बाली हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक २०१८ अनुसार नेपालमा १०, २९६ हेक्टरमा फापर खेती गरिन्छ, जसबाट १,११४ केजी/ हेक्टरको औसतमा ११,४७२ केजी उत्पादन हुन्छ । यसलाई भौगोलिक स्थान अनुसार ग्रिष्म, हिउँदे, शरद र बसन्ते बालीको रुपमा खेति गरिदै आएको छ ।

    Advertisement

    खेती गरिने फापरमा मिठ फापर र तिते फापर पर्दछन् । फापर अन्न बाली अन्तर्गतको मिथ्यन्न बाली हो र यसलाई कु अन्न भनिने गरिए पनि हाल आएर सु अन्न भन्न थालिएको छ । नेपालको उच्च पहाडमा फापरलाई प्रमुख खाधान्नको रुपमा लिइन्छ । फापरका २ वटा प्रजाति तिते र मिठे फापर छन् भने जंगली अवस्थामा खानामा प्रयोग गरिने एउटा प्रजाति छ जसलाई बन फापर भनिन्छ । बन फापरको फूल प्रायजसो सेतो हुन्छ । फापरलाई औषधिको रुपमा बढी महत्व दिने गरेको देखिन्छ। फापर विकास र प्रवर्द्धनको लागि अनुसन्धान र लगानीको हिसाबले उपेछित बाली भए पनि हाल आएर यसलाई भविष्य को स्मार्ट खाद्य बालीको रुपमा हेरिएको छ ।

    ad
    ad

     

    हावापानी: फापरलाई ठण्डा र आद्र हावापानी फाप्दछ तर पनि अली बढी न्यानो तापक्रममा पनि खेति गर्न सकिन्छ । तर पानी जम्ने गरी ठण्डा भएमा वोट मर्दछ। हिउँ र तुषारोलाई छलेर खेती गर्न सकेमा निकै उचाइमा पनि फापर खेती गर्न सकिन्छ । फापरको बीउ उम्रनको लागि कम्तिमा पनि ७° से. तापक्रम चाहिन्छ, तर उचित बोट वृद्धि र विकासको लागि १६- २२ से. तापक्रम उपयुक्त मानिन्छ । यसको खेती गर्न १०-३२° से. सम्मको तापक्रममा हुन्छ । ७०-८० % सापेक्षिक आद्रताको आवश्यकता पर्छ । यसको सफल खेतीका लागि कम्तिमा पनि औषत वार्षिक वर्षा १०० मि.लि. लिटर हुनु पर्दछ । नेपालमा २१०० मि भन्दा माथिको भागमा फापर बढी मात्रामा खेति गरेको देखिन्छ ।

    जातहरूः नेपालमा मिठे फापरको एक मात्र जात, मिठे फापर-१, २०७२ सालमा सिफारिस भएको छ। यो जात ७०-१०० दिनमा पाक्छ । औषत उत्पादन १२३० केजी प्रति हेक्टर रहेको छ । नेपालमा ठाउँ विशेष स्थानीय जातहरू नै बढी प्रचलनमा छन् । केही हद सम्म किसान आफैले छानेर बढी फल्ने जातहरू खेति गर्दै आइएको छ । सबै ठाउमा एकै जात लगाउनु भन्दा ठाउँ विशेष जातहरू लगाउनु राम्रो हुन्छ ।

    माटोः निकासयुक्त बलौटे दुमट तथा पाँगो दुमट माटोमा फापर खेती राम्रो हुन्छ । पानी जम्ने ठाउमा यसको खेति गर्न सकिदैन । अन्य बाली जस्तो यो बालीलाई धेरै मलिलो माटो चाहिदैन । धेरै मलिलो माटोमा फापर लगाउदा पछि बाली ढल्छ । चिम्टाइलो माटोमा फापरको उमर शक्तिमा असर पर्न हुँदा अंकुरण एकै नासको हुदैन । फपेर्ले माटोको अमलियापन सहन सक्छ र यसको लागि ५-६ पी एच उपयुक्त हुन्छ ।

    बाली चक्र र मिश्रित खेती: नेपालमा भौगोलिक क्षेत्र अनुसार धेरै थरिको बाली चक्र अपनाएको पाइन्छ । फापर उच्च पहाड (हिमाली भेग) मा ग्रिष्म र वर्षे बालीको रुपमा, मध्य पहाड (पहाडी भेग) मा शरद र बसन्ते बालीको रुपमा, र तराई भेगमा हिउँदे बालीको रुपमा खेति गरिन्छ । मुन्टा सागको लागि भने तुषारो र अति चिसो छलेर बाह्रै महिना खेति गर्न सकिन्छ ।

    जमिनको तयारी: जमिनलाइ १-२ पटक हलो वा ट्याक्टरले जोतेर ढल्ला फोरी झारपातहरू हटाउनु पर्छ । जमिन तयारी गर्दा पानीको राम्रो निकासको प्रबन्ध मिलाउनु पर्छ । रोप्ने समयमा माटोमा चिस्यान हुनु पर्छ । जमिनको राम्रो तयारी भएमा एक नासले फापर उम्रन्छ र बोटको उपयुक्त घनत्व कायम हुन जान्छ ।

    मलखाद: गोठे मल वा कम्पोस्ट मल हाल्दा फापर रोप्नु भन्दा १५-३० दिन अगाडी राम्रोसँग पाकेको मल १००-१५० केजी प्रति हेक्टरको दरले माटोमा एक नासले पर्ने गरेर तुरुन्तै माटोमा जोतेर वा खनेर मिलाउनु पर्छ । प्रांगारिक मलको अलवा रोप्ने समयमा बारीमा ३० केजी नाइट्रोजन, ३० केजी फस्फोरस र १५ केजी पोटास प्रति हेक्टरको दरले प्रयोग गर्दा उत्पादन राम्रो हुन्छ । यी मध्ये डिएपी पूरै मात्रामा र युरियाको आधा मात्रा बीउ छर्नु अगाडी प्रयोग गर्नु पर्छ र बाँकी युरिया बीउ छरेको एक महिना पछि मात्र प्रयोग गर्नु पर्छ ।

    बाली लगाउने समय: खाद्यान्न तथा बीउ उत्पादनको निम्ति खेती गर्दा तराई भेगमा कार्तिकमा, मध्य पहाडमा भाद्र र फाल्गुन गरी दुई समयमा र उच्च पहाडमा बैशाखमा खेती गर्न सकिन्छ । बीउ टिप्ने बितिक्कै पनि उम्रने हुँदा तरकारी र सागको लागि हिउँ, तुषारो तथा अति चिसो समय छलेर अन्य जुनसुकै बेलामा लगाउन सकिन्छ ।

    बीउको मात्र: साधारणतया पंक्तीमा रोप्दा प्रति हेक्टर २०-३० केजी बीउ आवश्यकता पर्दछ । छरेर लगाउदा प्रति हेक्टर ४०-६० केजी बीड चाहिन्छ । बीउको लागि एक बर्ष भन्दा पुरानो बीउ हुनु हुदैन ।

    बीउ लगाउने तरिका: फापरलाई छोर पंक्तिमा (३-५ से.मी. गहिरो २५-३५ से.मी. फरकमा र एक बोटदेखि अर्को बोटको दूरी४-६ से.मी. मा) वा हलोको सीतामा हातले बीउ खसालने तरिकाले लगाउन सकिन्छ र छरेर लगाउने तरिका सबै भन्दा सजिलो हुन्छ । फापरयसरीलाई लाईन बनाई लगाएमा बढी उत्पादन लिन सकिन्छ । यसरी लगाउदा बीउ छरेर लगाउँदा भन्दा आधा कम चाहिन्छ ।

    सिंचाई: फापर खेति आकाशे पानीको भरमा गरिन्छ । खासैं सिचाई गरि रहनु पर्दैन। माटी र आकाशे पानीको अवस्था हेरी सिचाई सुविधा भएमा २-५ पटक सिचाई दिनु राम्रो हुन्छ । रोपेको करिब ५६ दिनमा, फुल फुल्ने र दाना लाग्ने समयमा सिंचाई दिदा उब्जनी राम्रो हुन्छ।

    गोडमेल: फापर छिटो पाक्ने र बाक्लो गरी लगाइने वाली भएकोले गोडमेल गरिरहनु पर्दैन । जमिन साह्रो भएको खण्डमा फापर रोपेको ३-४ हप्तामा कुटोले गोडमेल गर्नु पर्छ ।

    बाली संक्षण भारपात नियन्त्रणः फापर छिटो र हलक्क बढेर रोपेको १५-२० दिनमा नै जमिनलाई ढाक्ने हुँदा र यसमा फारलाई नियन्त्रण गर्ने रसायन हुने हुँदा भारपातको समस्या हुँदैन । झारपातको समस्या देखिएमा कुटो वा कोरेटोको सहायताले ३-३ हप्ताको अवधिमा दुई पटकसम्म भारहरू उखेल्नु पर्छ ।

    रोग कीरा: फापरमा रोग कीराको समस्या न्यनू हुन्छ । फट्याङग्रा, झुसिल कीरा, थ्रिप्स, फौजी कीरा ,खुमे कीरा, जस्ता कीरा, घुन रपात डढुवा, जरा, जरा कुहिने, फेद कुहिने आदि रोगहरूला गर्दछन् । यसरी रोगकीरा लागेमा स्थानीय स्तरमै पाइने खरानी, खिर्रा, तितेपाती, लसुन, गहुँ, सयपत्री, आदिको प्रयोग गर्न सकिन्छ ।

    तुसारो हिउ तथा चिसोः फापर वालीले सुपारो, हिउ तथा चिसो (१० डिग्री तापक्रम भन्दा कम) सहन सक्दैन । यसलाई तुषारो, हिउ तथा चिसोबाट बचाउन फापर लगाउने समय मिलाएर तुषारो हिउ तथा चिसो छल्नु पर्छ साथै प्लास्टिक घपर बनाएर पनि तुषारो हिउ र चिसोबाट बचाउन सकिन्छ । तिते फापरले मिठेले भन्दा बढी चिसो सहन सक्छ ।

    सुक्खा, तातो धेरै पानी: फापरले धेरै सुक्खा र धेरै तातो (३२ डिग्री सेन्टीग्रेड तापक्रम भन्दा बढी) सहन सक्दैन । पानी जम्ने ठाउँमा पनि फासको उत्पादन गर्न सकिदैन । पानीको निकासा भएको केही भिरालो ठाउँमा फापर खेति राम्रो भएको पाइन्छ । सुक्खा र तातो पनको अवधिलाई छल्ने गरी यसको खेति गर्नु पर्छ । उच्च पहाडको असिचित क्षेत्रमा खेति गरिने र जमिनलाई पूरै ढाकेर वास्पिकरण कम गर्ने हुँदा केही हदसम्म सुखा सहन सक्छ ।

    ढल्ने: फापर बाक्लो गरी लगाउने र धेरै जसो जातहरू मध्यम र छोटो उचाइको हुने हुँदा ढल्ने खासै समस्या देखिदैन तर तिते फापरको केही जातहरू निक्कैं अग्लो हुने हुँदा र नाइट्रोजन बड़ी भएको अवस्थामा ढल्ने समस्या हुन्छ । यस्ता जातहरू हावाहुरीले ढल्ने हुँदा,हावाहुरीलाई छेक्ने व्यवस्था गर्नु पर्छ ।

    दाना नलाग्ने: यो समस्या मिठे फापरमा मात्र देखिन्छ मिठेमा करिब १५५ फूलहरूमा मात्र दाना लाग्छ । तिते फापर स्वयं सेचन वाली भएकोले यो समस्या तिते फापरमा देखिदैन । मिठे फापरमा दाना लाग्न अन्य फूलको पराग चाहिने हुँदा एकै ठाउमा विभिन्न जातहरू मिसाएर लगाई पराग सेचकहरूको संख्यामा वृद्धि गरी यो समस्या समाधान गर्न सकिन्छ ।

    बाली काट्ने र चुट्ने : फापर ६०-१५० दिनमा पाक्छ । काट्न ढिला भएमा दानाहरू झरेर जान्छ जसबाट २५-४०% सम्म नोक्सान हुन सक्छ । करिब ७५% दानाहरू खैरो, कालो वा मलिन खैरो रंग भए पछी काट्नु पर्छ । बिहानको समयमा काट्दा दाना झर्दैन र तुषारो पर्नु अगाडी नै बाली भित्र्त्याउनु पर्छ । घाममा सुकाए पछि घरको छानामा मुठोलाई फुकाएर खलियानमा वा आगनमा गुन्द्री या कपडामा राखेर लड्डीले चुटेर दानालाई पर्छ । चुटे पछि हावा लागेको बेला सुपोबाट भुस हटाउने चलन छ । भुस हटाउन नाग्लोको प्रयोग गरी तथा पंखाबाट पनि हटाउन सकिन्छ । दाना छुट्याईए पछि पुन १-२ दिन घाममा सुकाएर भण्डारणको लागि दानामा करिब १२५ भन्दा कम चिस्यान बनाउनु पर्छ ।

    बीउ तथा अन्न उत्पादनः मिठे फापरको उत्पादन १२०० केजी प्रति हेक्टर र तिते फापरको १५०० केजी प्रति हेक्टर सम्म हुन्छ । तिते फापरले मिळेले भन्दा २०-२५% बढी उत्पादन दिन्छ। राम्रोसँग फापरको खेति गर्दा उत्पादन ३००० केजी प्रति हेक्टर सम्म हुने भए पनि नेपालमा फापरको उत्पादकत्व १११४ केजी प्रति हेक्टर रहेको छ ।

    मुन्टा साग उत्पादन: तीन प्रजाति, तिते, मिठे रचन फापरको मुन्टालाइ सागको रुपमा तरकारी बनाएर खाइन्छ । तरकारीको लागि सानो सानो क्षेत्रमा विशेष गरी करेसाबारीमा वा कौसीमा लगाउने चलन छ । बीउ रोपेको २-३ हप्तामा नै मुन्टालाई सागको रुपमा प्रयोग गर्न सकिन्छ । केही जातहरू पहिलो मुन्टा टिपे पछि हाँगाहरू आउछ पुन मुन्टा टिप्न सकिन्छ । दोश्रो पटक मुन्टा नटिपेमा दाना उत्पादन पनि लिन सकिन्छ ।

    पराल/नल : फापरको बोटबाट दाना छुट्याइएपछि बाँकी भाग जसलाई नल वा पराल भनिन्छ गाईवस्तुलाई खानको लागि वा सोत्तरको लागि वा बाल्नको लागि प्रयोग गरिन्छ । परालको उत्पादन करिव १-३ टन प्रति हेक्टर हुन्छ ।

    बालीको भण्डारण तथा अन्य उत्पादनोपरान्त क्रियाकलापः खोष्टा सहितको दानालाई घाममा सुकाएर १ वर्ष सम्म साधारण घरमा राख्न सकिन्छ । दानालाई माटोको भाडामा, माटोले लिपेको काठ वा बासको भाडामा टिनमा, काठको बाकसमा वा थैंलोमा राख्न सकिन्छ । दानालाई हिमाली भेगमा खाल्डो खनेर पनि राख्ने चलन छ । खाल्डोमा दाना भण्डार गर्दा भोजपत्र प्रयोग गरी पानि नछिर्ने गरी छ, जुन ८-१० वर्षसम्म राख्न सकिन्छ । चिस्यान मापन यन्त्र प्रयोग गरी दानाको चिस्यान १०%भन्दा कम गरी हावा नछिर्ने गरी भण्डारण गरेमा ५-१० वर्ष सम्म भण्डारण गर्न सकिन्छ ।

    फापरको उत्पादन पछी दानालाई घाममा सुकाए भण्डारण गरिन्छ । खानको लागि भण्डारण गरे पछि आवश्यक मात्रामा दाना निकाली पानी घट्टा वा मिलमा पिसानी गरी बोका खानेर फाल्नु पर्छ । उक्त पिठोबाट विभिन्न परिकार बनाएर खान सकिन्छ । फापरको उत्पदनोपरान्त गरिने कार्यहरूमा दाना सुकाउने, भण्डारण गर्ने, पिस्ने ने कुट्ने, विभिन्न परिकारहरू बनाउने, बिक्री वितरण गर्ने अन्य वस्तुसँग साटासाट गर्ने,प्याकिङ्ग तथा लेबेलिग गर्ने पर्दछ ।

    प्रशोधनः दानालाई निफानेर, केलाएर तथा सफा गरेर अन्य वस्तुहरू हटाइन्छ । पिठो बनाउनको लागि पानी घट्ट वा जाँतो वा पावर मिल प्रयोग गरिन्छ । यसरी पिसिएको पिठोमा खोष्टा हुने हुँदा उक्त पीठीलाई चालेर खान योग्य पिठो बनाइन्छ । साधारणतया दानामा चार भागमा एक भाग जति भुस (पोष्टय) हुन्छ । दाना नै खाने वा बिक्री गर्ने भए खोष्टा सजिलैसँग हटाउन सकिने जात जस्तै भाते फापरको दानालाई खालमा कुटेर निफानी दाना छुट्याउने गरिन्छ । धेरै जसो जातको खोष्टा हटाउन कठिन हुने हुँदा अन्य देशमा खोस्टा हटाउने मेसिनको विकास गरी प्रयोगमा आएको देखिन्छ । धेरै नै तितो जात भए उक्त दाना वा पीठोलाई केही घण्टा (४-८) पानीमा भिजाएर राख्ने र पानी पहेलो रंगको भए पछि उक्त पानी फाल्ने जसले गर्दा तितो पना जान्छ । यसरी प्रशोधन गरिएको दाना वा पिठो बाट विभिन्न परिकार बनाउन सकिन्छ ।

    मुख्य अभिवृद्धि तथा वस्तु विविधिकरण: स्थानीय स्तरमा फापरलाई भातको रुपमा, मुन्टा(कमलो काण्ड र पात) लाइ साग तरकारीको रुपमा अचार, चिया बनाएर सलादको रुपमा, सुकेको तरकारी, पिठोबाट रोटि दिडो, सुप, मातु, लगर, देसु डल्ला, च्याख्लालाई जांड, रक्सि आदि बनाएर खाने गरिन्छ । दानालाई भुटेर वा उसिनेर खाने चलन एक दमै न्यून छ | फापरको परिकारमा विविधता ल्याउन यसको पिठी वाट करिब १२ थरिको थप परिकार बनाउने कार्य भएको छ । ति परिकार हुन् चाउचाउकेक, नमकिन, बिस्कुट, कुकिज, पाउरोटी, मम, सुप, सेलरोटी, हलुवा, चिया र प्यान केक हुन् ।

    बजारीकरण: मानिसहरूमा आएको स्वास्थ्य सम्बन्धका कारण फापरको बजार बढ्दो देखिन्छ । तै पनि नेपालमा फापरको कुनै निश्चित र अधिकारिक बजारको व्यवस्था छैन । उत्पादक स्थानीय बजार र केही ठूला बजारमा बिक्री गर्ने गर्छन् । बजारमा तिते फापरको पिठो पाउन सहज छैन । फापरको पिठोको माग बढी भएकोले यसको पिठोसँग कोदोको पिठो मिसाएर बेच्ने चलन छ जुन सुद्धको पिठो भन्दा २०-४० रुपया सस्तो हुन्छ । नेपाल बाट गत वर्ष २७०००० केजी फापर रु ५४१७००० मा भारत निर्यात भएको देखिन्छ । अन्य देशमा निर्यात तथा आयात भएको देखिदैन ।

    बालीको पौंष्टिक तत्वको विश्लेषण: नेपालको दुवै तिते र मिठे फापरमा अन्य देशमा पाइने फापरको तुलनामा रुटिन बढी पाइने अनुसन्धानले देखाएको छ । फापरमा ग्लुटिन नहुने हुँदा यसको परिकारहरू ग्लुटिन र चिनी रहित भनेर बिक्री गर्ने चलन बढ्दो छ । पोषण तत्वमा जात भित्र पनि धेरै विविधता पाइन्छ।

    औसतमा फापरमा १३.३%. प्रोटिन, १.३९%, खनिज पदार्थहरू तथा ३.४% चिल्लो पदार्थ पाइन्छ भने यसमा पाइने ७१.५% कार्बोहाइड्रेट मध्ये १०%पाच्य रेसा हुन्छ । फापरमा औषधीय गुण भएकोले यसको बजारमाग बढ्दो छ ।

    समस्या तथा चुनौतीहरु

    १. कम उत्पादन हुने र बोक्रा निकाल्न गाहों

    २.बढी उत्पादन दिने जात र फापर समन्धी अन्य प्रनिधिहरुको विकास नहुन

    ३. दाना सानो हुने र पिठो कम पर्ने, मिठे फापरमा न्यून मात्रामा दाना लाग्ने

    ४. मेशिनरी प्रयोग गरी व्यवसाहिक खेति गर्न नसकिएको

    ५.तितो पन बढी

    ६. भर पर्दो बजारको अभाव र बजार भए पनि टाढा टाढा मात्र

    ७. तुषारो र चिसोले उत्पादनमा असर गर्नु

    ८ कृषि शिक्षामा फापरवाली महत्व, उपयोगिता आदि विषय समेटिन नसक्नु

    स्रोत:- कृषि तथा पशुपक्षि विकास मन्त्रालय

    आइतबार, चैत १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.