• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवनले औद्योगिक विकासको जग र आधार तयार गर्दैछ


  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
  • प्रारम्भः

    Advertisement

    चितवनलाई ७७ जिल्लाको शहर भनिन्छ । यहाँ नेपालका सवै जिल्लाका बासिन्दा कुनै न कुनै रुपमा उद्योग, व्यापार व्यवसाय तथा अन्य सेवामूलक काममा जोडिएका छन । देशकै मध्यभागमा अवस्थित भएर पनि हुनसक्छ– चितवनलाई संभावनाको शहरका रुपमा पनि व्याख्या गरिन्छ । चितवनमा पछिल्लो समय भैरहेको औद्योगिक विकास र व्यवसायको प्रवद्र्धनले यो जिल्ला संभावनायुक्त शहरका रुपमा पनि उत्तिकै लोकप्रिय बन्दैछ । राजनैतिक केन्द्रको रुपमा चितवनले पहिलेदेखि नै आफूलाई चिनाउँदै आएको छ । उद्योग व्यवसायको बढ्दो आकर्षण चितवनको अर्को पहिचान हो । संघीय राजधानी काठमाण्डौंबाट अत्यन्त नजिकमा रहेको चितवनले देशकै ध्यान आकर्षित गर्न सक्नुका पछि धेरै कारण रहेका छन । ती कारणमध्ये चितवन प्राकृतिक रुपमा मात्रै सम्मृद्ध छैन, चितवनलाई सम्मृद्ध बनाउने गरि पछिल्लो समय भैरहेको औद्योगिक विकास र व्यवसायजन्य गतिविधि अर्को कारण पनि हो भन्दा अत्युक्ति हुँदैन । चितवनसंग भूगोलले पनि जोडिएको क्षेत्रले नेपाली संस्कृति, परम्परा र संस्कारको पनि प्रतिनिधित्व गरेका छन । अर्थात देवघाट धाम नेपालको मात्र नभै भारतका हिन्दु धर्मावलम्वीहरुका लागि पनि आकर्षणको केन्द्र बनेको छ । देवघाट पुग्न चितवनको स्पर्श गर्नैपर्दछ तसर्थ यो क्षेत्रमा भोलीका दिनमा समेत नेपालको धार्मिक केन्द्र बन्ने आधार तयार बनेका छन । त्यसका अतिरिक्त सौराहा, पटिहानी, गोलाघाट, मेघौली, सिराईचुली, चौकीडाँडा, माडीको सोमेश्वर गढी लगायतका दर्जनौ ऐतिहासिक स्थलहरुले चितवनलाई चितवन हुनुको गर्बिलो पहिचान दिएका छन । त्यसैले चितवन आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु भएकोले पर्यटनमूलक उद्योगहरु पनि प्रशस्त संख्यामा स्थापना भएका छन् । यो चितवनको गौरव हो ।
    चितवनको पर्यटन पूर्वाधार क्षेत्रको विकासमा अहिलेसम्म भएका ढिलाई र कमजोरीहरूमा सुधार गर्ने हो भने चितवनमा बार्षिक १० लाख बढी पर्यटक भित्राउन सकिने संभावना छ । तसर्थ चितवनका पर्यटकीय क्षेत्रहरुको संभावनाको अध्ययन गरि पर्यटन क्षेत्रको प्रवद्र्धन र पहिचानमा सुधार गर्न सकिए चितवनले समग्र पर्यटनमा देशकै प्रतिनिधित्व गर्न सक्दछ ।
    चितवनलाई औद्योगिक केन्द्रको रूपमा विकास गर्न स्थापना भएका सम्बद्ध संघ संस्थाहरूले गरिरहेको योगदानलाई कहिल्यै विर्सन सकिदैन । चितवन उद्योग संघको स्थापनाले चितवनमा औद्योगिक विकास र प्रवद्र्धनमा प्रशस्त संभावनाको विकास हुँदै गयो । चितवन उद्योग संघ केवल संस्था मात्र रहेन यसले अनेकौं संभावना लिएर आयो । उद्योग गर्न चाहनेहरुका लागि जागरण सिर्जना ग¥यो । बामे सर्दै गरेको चितवनको कछुवा गतिको औद्योगिक अवस्थालाई रफ्तारमा अघि बढाउने काम ग¥यो । काम गर्न चाहनेहरुका लागि चितवन उद्योग संघ मार्गदर्शक बनेको छ । चितवन उद्योग संघले सयौं उद्योगी, व्यवसायी जन्माएको छ । संघका लागि यो ठूलो ऐतिहासिक सफलता हो ।
    चितवनमा ठूला र राष्ट्रिय उद्योग मात्र छैनन, साना लघु तथा घरेलु उद्योगको स्थापनाले चितवनको पहिचान बढाएको छ । चितवनलाई औद्योगिक जिल्लाको रुपमा समेत चिनाउन सहयोग पुगेको छ । चितवनका लागि अर्को गर्बिलो इतिहास छ– चितवन पोल्ट्री व्यवसायमा नेपालकै पहिलो जिल्लाको पहिचान बनाएको छ । चितवनबाट उत्पादन हुने अण्डाले राष्ट्रिय बजारमा आफ्नो प्रभाव र पकड जमाउन सफल भएको छ । पोल्ट्रीमा नेपाललाई आत्मनिर्भर बनाउन चितवनको ठूलो सहयोग छ ।
    चितवनमा कृषि उत्पादनको पकेट क्षेत्रका रुपमा समेत विकास तथा विस्तार हुँदै गएको छ । चितवनको उत्पादन काठमाण्डौंसम्म पुग्दै आएको छ । खासगरी चितवनको धान, आलु, तोरी र गहुँको उत्पादन देशका अधिकांश जिल्लासम्म पुग्दै आएको छ । चितवन कृषिमा आत्मनिर्भर छ । चितवनको आफ्नै उत्पादनले जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर बनाएको मात्र छैन, छिमेकी र अरु जिल्लालाई समेत खाद्यान्न सहयोग गर्दै आएको छ ।
    विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार पर्याप्त र गुणस्तरीय पूर्वाधारको अभावमा नेपालले बितेका एक दशकमा कुल सम्भावित राष्ट्रिय आयको ८ देखि १२ प्रतिशत हिस्सा गुमाइरहेको छ । बर्षेनी पुँजीगत खर्च कम हुँदै र चालू खर्च बढ्दै गएको छ । यसबाट सरकारप्रतिको नागरिक अपेक्षा र जनभावनामाथि पनि तुषारापात भइरहेको छ । पुँजीगत खर्चको गिर्दो अवस्थाको तथ्यांक र यसो हुनुका कारणहरू वर्षौंदेखि जगजाहेर भइरहँदा समेत सुधारका ठोस पहल हुनसकेका छैनन् ।
    कुरा नेपालकोः

    चितवनको कुरा गरिरहँदा देशको र समग्र नेपालको अवस्थाको चित्रण नगर्ने हो भने त्यो अपुरो हुन्छ । देशलाई नियालीरहँदा देशको अर्थतन्त्रले नकारात्मक प्रभाव भोगिरहेको छ । राज्यका तीन तहका कुनैपनि सरकारले पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सकेनन् । यो सर्वाधिक चिन्ताको कुरा हो । पुँजीगत खर्च नबढ्दा समग्र आर्थिक गतिविधि शिथील हुन्छ । यो विश्वव्यापी मान्यता हो । अर्कोतर्फ व्यापार घाटा नेपालका लागि समस्या बनिरहेको छ । भारत, चीन र अन्य तेस्रो मुलुकहरुमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररुपमा व्यापारघाटा बढेको छ । यद्यपि नेपालले पछिल्लोसमय आयातमा भारी रोकावट गरेपछि व्यापार घाटामा सुधार आउने अपेक्षा गरिएको छ । तर यो कति समय हो भन्ने कुरा महत्वपूर्ण छ । नेपालबाट चीनतर्फ निर्यात हुँदै आएको प्रशोधित छाला, रुद्राक्ष, घरेलु उद्योगका सामानलगायतका वस्तुहरु अहिले विगतमा जसरी पठाउन सकिएको छैन । तर चीनबाट आउने सामानहरु तयारी पोशाक, जुत्ता–चप्पल, यातायातका पार्टपूर्जा र रासायनिक मललगायतको आयात भारतको मार्ग हुँदै भए पनि बढेको छ । जसले गर्दा चीनसँग व्यापारघाटा बढेको हो । विगतदेखिकै कुरा गर्ने हो भने, गत आर्थिक वर्षसम्ममा प्रत्येक नेपालीको थाप्लोमा २२ हजार १ सय ५९ रुपियाँ ऋण थियो । अहिले यो अनुपात पनि बढेर यस वर्ष २३ हजार ९ सय ६२ रुपियाँ पुगेको छ । नेपालमा हरेकजसो क्षेत्रले बाहिरी देशकै भर पर्नुपर्ने बाध्यता छ । यहाँका उद्योग कलकारखानाहरु सञ्चालनका लागि चाहिने कच्चा पदार्थसमेत हामीले बाहिरबाटै ल्याउँछौं । यति मात्र होइन, विदेशबाट लिएको ऋणलाई पनि हामीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्न सकेका छैनौं ।
    कृषिप्रधान देशको नियतिः

    बिडम्वना नेपाल कृषिप्रधान देश हो तर कृषि प्रधान देश नेपालले बार्षिक अर्बौं रुपैयाको खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । छिमेकी देशहरु भारत, चीनलगायत अरु समुद्रपार देशहरुबाट नेपालमा खाद्यान्न आयात बर्सेनि बढ्दो छ । करिव दुई दशक अगाडिसम्म नेपालले चामल निर्यात गर्दथ्यो । अहिले बर्सेनि ४० अर्ब रुपियाँभन्दा धेरैको चामल आयात गर्नुपरेको अवस्था छ । नेपालमै भएका स्रोत–साधनको राम्रो सदुपयोग गर्न सक्ने हो भने अति आवश्यक वस्तुहरु इन्धन र नूनबाहेक अरु खाद्यान्न नेपालमै पनि उत्पादन गर्न सकिन्छ । तर आज हामीले हाम्रो देशमा उत्पादन हुन सक्ने वस्तुहरु पनि बाहिरी मुलुकहरुबाट ल्याइरहेका छौं । भारतबाट जुनेलो, फापर र कोदोसमेत नेपालमा आयात भएको देखिन्छ ।
    नेपालले अवका दिनमा नेपालमै युवा स्वरोजगारीका कार्यक्रम तथा बैदेशिक रोजगारीमा युवाहरुको आकर्षण घटाउन अव ध्यान दिनु जरुरी छ । पूर्वाधारको विकास, पर्यटन तथा कृषि व्यवसायको प्रवद्र्धन, औद्योगिक लगानीको सुनिश्चितता, निर्यातमा प्राथमिकता र आयातमा निरुत्साहन दिन सके र त्यसमार्फत प्राथमिकताको क्षेत्र निर्धारण गर्न सके नेपालले लिएको विकासको लक्ष्य सीमालाई नजिक नजिक पु¥याउन सकिन्छ । हेरौं भोलिका दिनमा नेपालले लिने नीति र राजनैतिक स्थायित्वका आधारमा नेपालको भविष्यको आँकलन र निर्धारण हुन्छ । तसर्थ अहिले हामी सवैले पर्ख र हेरको नीति अख्तियार गर्नु जरुरी छ ।
    अन्त्यमाः

    नेपालमा प्रचुर संभावना छन । ती संभावनाको खोजीमात्र भएको छ, काम भने हुन सकेको छेन । चितवनले ती संभावनाको खोजीमात्र गरेको होइन, अघि बढ्न ठूलो भूमिका निर्वाह गरेको छ । चितवनको भविष्य औद्योगिक तथा व्यावसायीक विकासमै केन्द्रित छ । किनभने विश्वका धेरै मुलुकको उदाहरणले त्यही भन्छ– औद्योगिक विकास बिना कुनैपनि देशको विकास हुन सक्दैन । चितवनमा प्रशस्त उद्योग स्थापना भैरहेको पछिल्लो तथ्याँकले देखाएको छ । अर्कोतर्फ नेपाल सरकारले बार्षिक पाँचदेखि सात लाख नेपालीलाई रोजगारी दिने अठोट गर्दै आएको छ त्यो अठोट पूरा गर्न चितवनले आफै पनि ठूलो योगदान दिन सक्छ । तसर्थ चितवनको सम्मृद्धि र विकासको आधार औद्योगिक क्रान्ति नै हो । औद्योगिक विकासको आधार चितवनमा तयार भैरहेको छ । चितवनले अरु धेरै संभावनाहरु पनि उजागर गरेको छ । आगामी दिनमा चितवनको सम्मृद्धिको लागि ती धेरै संभावनाहरूको छनौट गरि कार्यान्वयनमा लगिनु चितवनको दिर्घकालीन विकास र हितमा हुनेछ ।
    –उद्यमी सन्देश–२०७९ बाट

    आइतबार, पुष १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.