• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवनले औद्योगिक विकासको जग र आधार तयार गर्दैछ


  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
  • प्रारम्भः

    Advertisement

    चितवनलाई ७७ जिल्लाको शहर भनिन्छ । यहाँ नेपालका सवै जिल्लाका बासिन्दा कुनै न कुनै रुपमा उद्योग, व्यापार व्यवसाय तथा अन्य सेवामूलक काममा जोडिएका छन । देशकै मध्यभागमा अवस्थित भएर पनि हुनसक्छ– चितवनलाई संभावनाको शहरका रुपमा पनि व्याख्या गरिन्छ । चितवनमा पछिल्लो समय भैरहेको औद्योगिक विकास र व्यवसायको प्रवद्र्धनले यो जिल्ला संभावनायुक्त शहरका रुपमा पनि उत्तिकै लोकप्रिय बन्दैछ । राजनैतिक केन्द्रको रुपमा चितवनले पहिलेदेखि नै आफूलाई चिनाउँदै आएको छ । उद्योग व्यवसायको बढ्दो आकर्षण चितवनको अर्को पहिचान हो । संघीय राजधानी काठमाण्डौंबाट अत्यन्त नजिकमा रहेको चितवनले देशकै ध्यान आकर्षित गर्न सक्नुका पछि धेरै कारण रहेका छन । ती कारणमध्ये चितवन प्राकृतिक रुपमा मात्रै सम्मृद्ध छैन, चितवनलाई सम्मृद्ध बनाउने गरि पछिल्लो समय भैरहेको औद्योगिक विकास र व्यवसायजन्य गतिविधि अर्को कारण पनि हो भन्दा अत्युक्ति हुँदैन । चितवनसंग भूगोलले पनि जोडिएको क्षेत्रले नेपाली संस्कृति, परम्परा र संस्कारको पनि प्रतिनिधित्व गरेका छन । अर्थात देवघाट धाम नेपालको मात्र नभै भारतका हिन्दु धर्मावलम्वीहरुका लागि पनि आकर्षणको केन्द्र बनेको छ । देवघाट पुग्न चितवनको स्पर्श गर्नैपर्दछ तसर्थ यो क्षेत्रमा भोलीका दिनमा समेत नेपालको धार्मिक केन्द्र बन्ने आधार तयार बनेका छन । त्यसका अतिरिक्त सौराहा, पटिहानी, गोलाघाट, मेघौली, सिराईचुली, चौकीडाँडा, माडीको सोमेश्वर गढी लगायतका दर्जनौ ऐतिहासिक स्थलहरुले चितवनलाई चितवन हुनुको गर्बिलो पहिचान दिएका छन । त्यसैले चितवन आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु भएकोले पर्यटनमूलक उद्योगहरु पनि प्रशस्त संख्यामा स्थापना भएका छन् । यो चितवनको गौरव हो ।
    चितवनको पर्यटन पूर्वाधार क्षेत्रको विकासमा अहिलेसम्म भएका ढिलाई र कमजोरीहरूमा सुधार गर्ने हो भने चितवनमा बार्षिक १० लाख बढी पर्यटक भित्राउन सकिने संभावना छ । तसर्थ चितवनका पर्यटकीय क्षेत्रहरुको संभावनाको अध्ययन गरि पर्यटन क्षेत्रको प्रवद्र्धन र पहिचानमा सुधार गर्न सकिए चितवनले समग्र पर्यटनमा देशकै प्रतिनिधित्व गर्न सक्दछ ।
    चितवनलाई औद्योगिक केन्द्रको रूपमा विकास गर्न स्थापना भएका सम्बद्ध संघ संस्थाहरूले गरिरहेको योगदानलाई कहिल्यै विर्सन सकिदैन । चितवन उद्योग संघको स्थापनाले चितवनमा औद्योगिक विकास र प्रवद्र्धनमा प्रशस्त संभावनाको विकास हुँदै गयो । चितवन उद्योग संघ केवल संस्था मात्र रहेन यसले अनेकौं संभावना लिएर आयो । उद्योग गर्न चाहनेहरुका लागि जागरण सिर्जना ग¥यो । बामे सर्दै गरेको चितवनको कछुवा गतिको औद्योगिक अवस्थालाई रफ्तारमा अघि बढाउने काम ग¥यो । काम गर्न चाहनेहरुका लागि चितवन उद्योग संघ मार्गदर्शक बनेको छ । चितवन उद्योग संघले सयौं उद्योगी, व्यवसायी जन्माएको छ । संघका लागि यो ठूलो ऐतिहासिक सफलता हो ।
    चितवनमा ठूला र राष्ट्रिय उद्योग मात्र छैनन, साना लघु तथा घरेलु उद्योगको स्थापनाले चितवनको पहिचान बढाएको छ । चितवनलाई औद्योगिक जिल्लाको रुपमा समेत चिनाउन सहयोग पुगेको छ । चितवनका लागि अर्को गर्बिलो इतिहास छ– चितवन पोल्ट्री व्यवसायमा नेपालकै पहिलो जिल्लाको पहिचान बनाएको छ । चितवनबाट उत्पादन हुने अण्डाले राष्ट्रिय बजारमा आफ्नो प्रभाव र पकड जमाउन सफल भएको छ । पोल्ट्रीमा नेपाललाई आत्मनिर्भर बनाउन चितवनको ठूलो सहयोग छ ।
    चितवनमा कृषि उत्पादनको पकेट क्षेत्रका रुपमा समेत विकास तथा विस्तार हुँदै गएको छ । चितवनको उत्पादन काठमाण्डौंसम्म पुग्दै आएको छ । खासगरी चितवनको धान, आलु, तोरी र गहुँको उत्पादन देशका अधिकांश जिल्लासम्म पुग्दै आएको छ । चितवन कृषिमा आत्मनिर्भर छ । चितवनको आफ्नै उत्पादनले जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर बनाएको मात्र छैन, छिमेकी र अरु जिल्लालाई समेत खाद्यान्न सहयोग गर्दै आएको छ ।
    विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार पर्याप्त र गुणस्तरीय पूर्वाधारको अभावमा नेपालले बितेका एक दशकमा कुल सम्भावित राष्ट्रिय आयको ८ देखि १२ प्रतिशत हिस्सा गुमाइरहेको छ । बर्षेनी पुँजीगत खर्च कम हुँदै र चालू खर्च बढ्दै गएको छ । यसबाट सरकारप्रतिको नागरिक अपेक्षा र जनभावनामाथि पनि तुषारापात भइरहेको छ । पुँजीगत खर्चको गिर्दो अवस्थाको तथ्यांक र यसो हुनुका कारणहरू वर्षौंदेखि जगजाहेर भइरहँदा समेत सुधारका ठोस पहल हुनसकेका छैनन् ।
    कुरा नेपालकोः

    चितवनको कुरा गरिरहँदा देशको र समग्र नेपालको अवस्थाको चित्रण नगर्ने हो भने त्यो अपुरो हुन्छ । देशलाई नियालीरहँदा देशको अर्थतन्त्रले नकारात्मक प्रभाव भोगिरहेको छ । राज्यका तीन तहका कुनैपनि सरकारले पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सकेनन् । यो सर्वाधिक चिन्ताको कुरा हो । पुँजीगत खर्च नबढ्दा समग्र आर्थिक गतिविधि शिथील हुन्छ । यो विश्वव्यापी मान्यता हो । अर्कोतर्फ व्यापार घाटा नेपालका लागि समस्या बनिरहेको छ । भारत, चीन र अन्य तेस्रो मुलुकहरुमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररुपमा व्यापारघाटा बढेको छ । यद्यपि नेपालले पछिल्लोसमय आयातमा भारी रोकावट गरेपछि व्यापार घाटामा सुधार आउने अपेक्षा गरिएको छ । तर यो कति समय हो भन्ने कुरा महत्वपूर्ण छ । नेपालबाट चीनतर्फ निर्यात हुँदै आएको प्रशोधित छाला, रुद्राक्ष, घरेलु उद्योगका सामानलगायतका वस्तुहरु अहिले विगतमा जसरी पठाउन सकिएको छैन । तर चीनबाट आउने सामानहरु तयारी पोशाक, जुत्ता–चप्पल, यातायातका पार्टपूर्जा र रासायनिक मललगायतको आयात भारतको मार्ग हुँदै भए पनि बढेको छ । जसले गर्दा चीनसँग व्यापारघाटा बढेको हो । विगतदेखिकै कुरा गर्ने हो भने, गत आर्थिक वर्षसम्ममा प्रत्येक नेपालीको थाप्लोमा २२ हजार १ सय ५९ रुपियाँ ऋण थियो । अहिले यो अनुपात पनि बढेर यस वर्ष २३ हजार ९ सय ६२ रुपियाँ पुगेको छ । नेपालमा हरेकजसो क्षेत्रले बाहिरी देशकै भर पर्नुपर्ने बाध्यता छ । यहाँका उद्योग कलकारखानाहरु सञ्चालनका लागि चाहिने कच्चा पदार्थसमेत हामीले बाहिरबाटै ल्याउँछौं । यति मात्र होइन, विदेशबाट लिएको ऋणलाई पनि हामीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्न सकेका छैनौं ।
    कृषिप्रधान देशको नियतिः

    बिडम्वना नेपाल कृषिप्रधान देश हो तर कृषि प्रधान देश नेपालले बार्षिक अर्बौं रुपैयाको खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । छिमेकी देशहरु भारत, चीनलगायत अरु समुद्रपार देशहरुबाट नेपालमा खाद्यान्न आयात बर्सेनि बढ्दो छ । करिव दुई दशक अगाडिसम्म नेपालले चामल निर्यात गर्दथ्यो । अहिले बर्सेनि ४० अर्ब रुपियाँभन्दा धेरैको चामल आयात गर्नुपरेको अवस्था छ । नेपालमै भएका स्रोत–साधनको राम्रो सदुपयोग गर्न सक्ने हो भने अति आवश्यक वस्तुहरु इन्धन र नूनबाहेक अरु खाद्यान्न नेपालमै पनि उत्पादन गर्न सकिन्छ । तर आज हामीले हाम्रो देशमा उत्पादन हुन सक्ने वस्तुहरु पनि बाहिरी मुलुकहरुबाट ल्याइरहेका छौं । भारतबाट जुनेलो, फापर र कोदोसमेत नेपालमा आयात भएको देखिन्छ ।
    नेपालले अवका दिनमा नेपालमै युवा स्वरोजगारीका कार्यक्रम तथा बैदेशिक रोजगारीमा युवाहरुको आकर्षण घटाउन अव ध्यान दिनु जरुरी छ । पूर्वाधारको विकास, पर्यटन तथा कृषि व्यवसायको प्रवद्र्धन, औद्योगिक लगानीको सुनिश्चितता, निर्यातमा प्राथमिकता र आयातमा निरुत्साहन दिन सके र त्यसमार्फत प्राथमिकताको क्षेत्र निर्धारण गर्न सके नेपालले लिएको विकासको लक्ष्य सीमालाई नजिक नजिक पु¥याउन सकिन्छ । हेरौं भोलिका दिनमा नेपालले लिने नीति र राजनैतिक स्थायित्वका आधारमा नेपालको भविष्यको आँकलन र निर्धारण हुन्छ । तसर्थ अहिले हामी सवैले पर्ख र हेरको नीति अख्तियार गर्नु जरुरी छ ।
    अन्त्यमाः

    नेपालमा प्रचुर संभावना छन । ती संभावनाको खोजीमात्र भएको छ, काम भने हुन सकेको छेन । चितवनले ती संभावनाको खोजीमात्र गरेको होइन, अघि बढ्न ठूलो भूमिका निर्वाह गरेको छ । चितवनको भविष्य औद्योगिक तथा व्यावसायीक विकासमै केन्द्रित छ । किनभने विश्वका धेरै मुलुकको उदाहरणले त्यही भन्छ– औद्योगिक विकास बिना कुनैपनि देशको विकास हुन सक्दैन । चितवनमा प्रशस्त उद्योग स्थापना भैरहेको पछिल्लो तथ्याँकले देखाएको छ । अर्कोतर्फ नेपाल सरकारले बार्षिक पाँचदेखि सात लाख नेपालीलाई रोजगारी दिने अठोट गर्दै आएको छ त्यो अठोट पूरा गर्न चितवनले आफै पनि ठूलो योगदान दिन सक्छ । तसर्थ चितवनको सम्मृद्धि र विकासको आधार औद्योगिक क्रान्ति नै हो । औद्योगिक विकासको आधार चितवनमा तयार भैरहेको छ । चितवनले अरु धेरै संभावनाहरु पनि उजागर गरेको छ । आगामी दिनमा चितवनको सम्मृद्धिको लागि ती धेरै संभावनाहरूको छनौट गरि कार्यान्वयनमा लगिनु चितवनको दिर्घकालीन विकास र हितमा हुनेछ ।
    –उद्यमी सन्देश–२०७९ बाट

    आइतबार, पुष १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.