• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

“चितवन पर्यटन उद्योगको सम्भावना बोकेको जिल्ला हो”


  •   आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
  • चितवनले कहिले प्रदेशको राजधानी, कहिले पोल्ट्रीको राजधानी, कहिले मेडिकल सिटी, कहिले पर्यटकीय नगरीका कारणले समय–समयमा चर्चा पाईरहेको हुन्छ । यस्तै विविध सम्भावना बोकेको चितवन पर्यटकीय दृष्टिकोणबाट पनि निकै राम्रो मानिन्छ । पर्यटनका विभिन्न सम्भावनाका कारणले गर्दा चितवनमा पर्यटन उद्योगमा समेत ठूलै लगानी भित्रिएको छ । जसका कारण पर्यटकहरुको आगमनसँगै आर्थिक रुपमा समेत सवल बन्दै गएको पाईन्छ । पर्यटन उद्योगहरुको वृद्धिसँगै रोजगारीका प्रचुर सम्भावनाहरुले गर्दा मानिसहरुको जीवनस्तरमा समेत सुधार देखिन्छ ।
    चितवनमा आउने बाह्य एवं आन्तरिक पर्यटकहरुको आगमन गतिविधिहरुलाई हेर्ने हो भने पनि नेपालकै प्रमुख पर्यटकीय गन्तब्यका हिसाबले काठमाडौं, पोखरापछि तेस्रो स्थानमा पर्दछ चितवन । चितवन राष्ट्रिय निकुञ्ज, दुर्लभ एकसिंगे गैंडा, हात्ती, पाटे बाघ, मठमन्दिर, तालतलैया–झरनाहरु, मनमोहक पहाडी भेग, गुफा–आश्रम, आदिवासी जातजातिहरुको रहनसहन, विभिन्न प्रजातिका चराचुरुङ्गीको आवाजसँगै जंगल सफारीको कारणले गर्दा पनि पर्यटकहरुको बाक्लो उपस्थिति रहेको पाईन्छ । बाह्य पर्यटकहरुको आगमन त छँदैछ त्यसमाथि आन्तरिक पर्यटकहरु विभिन्न चाडवाड, नयाँ वर्षको अवसर पारेर चितवनको बसाईमा आउने गर्दछन् । चितवन पर्यटकीय गन्तव्यका हिसाबले निकै महत्वपूर्ण मानिन्छ । चितवनका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुलाई यहाँ छोटकरीमा समेट्ने प्रयास गरिएको छ ।

    Advertisement

    देवघाटधाम ः
    नेपालकै प्रमुख धार्मिक क्षेत्रमध्ये देवघाटधाम पनि एक महत्वपूर्ण पवित्र तीर्थस्थल हो । चितवन, तनहुँ र नवलपुर तीन वटा जिल्लामा करिब ५ हजार ४३४ हेक्टर क्षेत्रमा फैलिएको देवघाटलाई हरिहर क्षेत्र, शालग्राम क्षेत्र, चक्रतीर्थ, बराह क्षेत्र, कदम्बतीर्थ, गजेन्द्रतीर्थ, तपोवन, प्रयाग, सिद्धाश्रम, यज्ञभूमि आदि नामले पनि चिनिन्छ । भरतपुरदेखि ६ किलोमिटर उत्तरतर्फ देवघाटधाम समुद्री सतहबाट २०० मिटरदेखि ५७५ मिटरसम्मको उचाइमा छ । देवघाटलाई शान्ति र आध्यात्मिक उन्नयनको उत्कृष्ट क्षेत्र मानिन्छ । चितवन र तनहुँ जिल्लातर्फ गलेश्वर आश्रम, चक्रेश्वर शिला, सीता गुफा, वशिष्ठ गुफा, हरिहर मन्दिर, महेश सन्यास आश्रम, राम मन्दिर, यज्ञशाला, कठस्तूप, सिद्घि गणेश, गोपीधाम, सूर्यकुण्ड, पशुपतिनाथ जस्ता धार्मिक स्थलहरू छन् ।

    विसहजारी ताल ः
    २०५२ सालदेखि परिचयमा आएको बीस हजारी तालको कूल क्षेत्रफल ५ हजार ७८१ हेक्टर छ । यस तालको औसत गहिराई १३ फिट रहेको छ । टिकौली जङ्गलभित्र १७ हजारी ताल र २२ हजारी तालगरी अन्य साना साना थुप्रै तालहरु छन । चितवनको सदरमुकाम देखि झण्डै ५ किलोमिटर दक्षिणमा रहेको टिकौली जंगल चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो । अन्तर्राष्ट्रिय रुपमा यस निकुन्जको पहिचान हुनुमा अर्काे कारण हो सँगै रहेको विस हजारी ताल । नहरको पानीको कारण कृत्रिम रुपमा बनेको यो ताल अहिले विश्वभरका चरा अवलोकनकर्ताहरुको लागि लोकप्रिय गन्तव्य बन्न पुगेको छ । वि.स. २०२२ सालमा पुर्वी चितवनबाट ल्याइएको नहरको कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारी बाट विकसीत भई बीस हजारी ताल भनि नामाकरण गरिएको भन्ने भनाई छ ।

    सौराहा ः
    भरतपुरबाट पूर्व­दक्षिणतर्फ १८ किलोमिटरमा रहेको सौराहाले चितवन जिल्लाको पर्यटन व्यवसायलाई नेतृत्व गरिरहेको छ । चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारका रुपमा परिचित सौराहा आन्तरिक तथा बाह्य पर्यटक भ्रमण गर्ने प्रमुख गन्तव्यको रूपमा प्रख्यात छ । राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहाबाट निकुञ्ज र सामुदायिक वनमा हात्ती सयर, राप्ती नदीमा डुङ्गा सयर गर्न सकिन्छ । जैविक सूचना केन्द्र, थारु सांस्कृतिक संग्रहालय, चरा अवलोकन, जिप सफारी, बोटिङ आदि पर्यटकीय क्रियाकलापबाट पर्यटकले भरपुर मनोरञ्जन प्राप्त गर्दछन् । स्तरीय रिसोर्ट, होटल तथा रेस्टुरेण्ट, पर्यटक सूचना केन्द्र, गाइड, पर्यटक बस, टाँंगा लगायतका सुविधा उपलब्ध छन् सौराहामा ।

    सोमेश्वर गढी ः
    चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको सोमेश्वर गढीलाई सरकारले सार्बजनिक गरेको एकसय वटा पर्यटकीय गन्तव्यको सुचिमा समेत समाबेश गरिएको छ । चितवनको माडीमा रहेको सोमेश्वरगढी ऐतिहासिक स्थल हो । निकुञ्जको वन्यजन्तु र मानिसबीचको द्वन्द्वले चिनिएको माडी अहिले पर्यटनको गन्तब्य हुन थालेको छ । प्रकृतिले सिँगारेको माडी उपत्यका पर्यटनको हब बन्दै गएको छ । माडी क्षेत्रको वनजंगल, ताल, मठ–मन्दिर, ऐतिहासिक, धार्मिक स्थल, थारु संस्कृति, तरकारी, फलफूल, माछापालन, रेशम खेती आदी पर्यटकका लागि आकषर्णका केन्द्र बनेका छन । माडीको कल्याणपुरमा रहेको सहिद स्मारक टावरबाट समग्र माडी र पश्चिम चितवनका धेरै भूगोल अवलोकन गर्न सकिन्छ ।

    उपरदाङ्गगढी ः
    शक्तिखोरबाट एक घण्टा मोटर यात्रा गरेपछि करिब ३० मिनेट पैदल हिँडेर उपरदाङ्गढी पुगिन्छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा अवस्थित ऐतिहासिक किल्ला उपरदाङ्गगढी महाभारत श्रृङ्खलाको १२७५ मिटर उचाइमा रहेको छ । विक्रम सम्वत् २०१४ सालसम्म चितवन जिल्लाको सदरमुकाम रहेको गढी मध्यकालीन समयमा सेनवंशीय राजाले सैनिक आवासको लागि बनाएका थिए । पछि पृथ्वीनारायण शाहका नाति, बहादुर शाहका छोरा, शत्रुभञ्जन शाहले पुनर्निमाण गरेका थिए । कुल ६३९ वर्ग मिटर क्षेत्रफल ओगटेको यो क्षेत्रमा राजदरबार, मालअड्डा अदालत, प्रहरी एवम् सैनिक आवास क्षेत्रको भग्नावशेष छ । किल्लाको चारैतिर पर्खालमा तोप राख्ने ९ वटा स्थान छन् । ढुङ्गा, सुर्को र चुना प्रयोग गरी बनाइएको सामरिक दृष्टिले महत्वपूर्ण गढीको दक्षिणतर्फ कालिका र शिवको थान स्थापना गरी शालग्राम राखिएको छ ।

    कविलासपुरगढी ः
    चौकीडाँडाको नजिकै रहेको समुद्री सतहदेखि १२०० मिटर उचाइमा अवस्थित ऐतिहासिक कविलासगढी पूर्खाहरुको बीरगाथासँग जोडिएको छ । बंकर, प्रशासनिक भवन, चौकी तथा कविलास दरबारका भग्नावशेष रहेका छन् । नारायणगढदेखि १८ किलोमिटर पूर्व भोर्लेबाट ९ किलोमिटर उकालो पार गरेपछि करिब ११०० मिटर उचाइमा अवस्थित हिल स्टेशनको रूपमा विकास गर्न सकिने शितल क्षेत्र चौकीडाँडाबाट मनमोहक पहाडी श्रृङ्खला, नागबेली, नारायणी नदीको चाल, चितवनको समथर भाग अवलोकन गर्न सकिन्छ । चेपाङ तथा गुरुङ संस्कृतिमा पर्यटकले मनोरञ्जन लिन सक्ने यस क्षेत्रबाट प्याराग्लाइडिङ्ग समेत गर्न सकिन्छ । सामरिक दृष्टिले महत्वपूर्ण यस ऐतिहासिक स्थलबाट अन्नपूर्ण हिमश्रृङ्खलादेखि लमजुङ हिमालसम्म अवलोकन गर्न सकिन्छ ।

    सीतामाई ः
    भरतपुरदेखि १५ किलोमिटर दक्षिणतर्फ भरतपुर महानगरपालिकाको वडा नं. १३ मा पर्ने सीतामाई परिसरभित्र हिन्दु मन्दिरहरु, बौद्ध गुम्बा, बेलशहर मध्यवर्ती सामुदायिक वन रहेका छन् । पटिहानी क्षेत्रमा पर्ने सीतामाई पनि जिल्लाको पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएको छ । महत्वपूर्ण वन्यजन्तु मार्ग बरण्डाभार जंगलको दक्षिण खण्डको राप्ती नदी किनारमा राइनोकुञ्ज अन्तर्गत पर्ने प्रमुख पर्यटकीय स्थल सीतामाई अवस्थित छ । आदिबासी थारु समुदायले छितामाईको रुपमा पूजन गर्ने यस धार्मिक स्थल प्राकृतिक सम्पदाको बीचमा रहेको छ । उक्त स्थानमा योगी नरहरिनाथको कोटिहोम, पिकनिक स्थान, बोटे संग्रहालय, चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न सकिने टावर, जंगल सफारी, हात्ती सयर, डुंगा सयर, थारु, बोटे, दराई संस्कृति अवलोकन प्रमुख पर्यटकीय आकर्षणहरु हुन् ।

    लामो झरना÷सिन्ती झरना ः
    नारायगढबाट २९ किलोमिटर तथा मुग्लिनबाट सात किलोमिटरको दुरीमा रहेको लामो झरना नारायणगढ मुग्लीन सडक खण्डको जलविरेबाट करिब २० मिनट पैदल हिँडेपछि पुगिन्छ । गर्मी यामसँगै चितवनको चण्डिभञ्ज्याङमा रहेको लामो झरनामा पर्यटकहरुको चहलपहल बढ्ने गर्दछ । पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायी, गाईडहरुले पर्यटकहरुलाई लामो झरनाको प्रचारका लागि अवलोकन भ्रमण पनि गराउने गरेका छन् । । एक सय दुई मिटर लामो झरना नेपालका लामा झरना मध्येको एक हो । त्यस्तै कालिका नगरपालिका वडा नं. ९ स्थित हरियाली पर्वत श्रृङ्खलाको बिचमा अवस्थित लटौली डाँडामा पर्दछ सिन्ती झरना । अनुपम प्राकृतिकका रूपमा रहेको यो झरना एकान्त स्थलबाट निरन्तर प्रफुलित भई आफ्नै अविश्रान्त गतिमा झरिरहेको छ । खोलेसिमलबाट शक्तिखोर हुँदै दोगरासम्म ११ किलोमिटर पूर्व मोटरबाटो पार गरेपछि एक घण्टाकै पैदल यात्रामा यो झरनासम्म पुगिन्छ । करिव १०० फिट अग्लो पहराबाट झरेको पानीसँग पर्यटकहरु रमाउँदै खेल्ने गर्दछन् ।

    वाल्मीकि आश्रम ः
    माडी नगरपालिका बरुवा बजारबाट २३ किलोमिटर पश्चिम चितवन राष्ट्रिय निकुञ्जबाट पैदलमार्ग हुँदै चुरे पर्वतमा रामायणमा उल्लेखित वाल्मीकि आश्रम रहेको छ । त्रिवेणीधामबाट दुई किलोमिटर पूर्व पर्ने ऐतिहासिक धार्मिक केन्द्र वाल्मीकि आश्रममा हरेक भग्नावशेषहरूले तीर्थयात्रीलाई उत्सुकता प्रदान गर्दछन् । यहाँ वाल्मिकी, लव, कुश, सीता, हरिहरनाथका मन्दिरहरु, मन्दिरको भित्री पर्खालमा शिवलिङ्ग, बराह अवतार, नवग्रह, विष्णु, लक्ष्मीनारायण, बामन अवतार, हनुमान आदिका मूर्तिहरुको सजिसजाऊले झन् यसको महत्व बढ्दो छ । अग्निकुण्ड, सीतावाटीका, लवकुश पाठशाला, यज्ञशाला, गौशाला, धर्मशाला आदि विभिन्न रुपका भग्नावशेषहरु यहाँका सम्पदाहरु हुन् ।

    सिराइचुली ः
    शक्तिखोरबाट ट्रेकिङ गर्दै अमलाचुली–उपरदाङ्गगढी–चिसापानीटार–सोलाभञ्ज्याङ्ग हुँदै हात्तीवाङ्गबाट सिराइचुली पुग्न सकिन्छ । चितवन जिल्लाको सबैभन्दा अग्लो डाँडो हो सिराइचुली । यो समुद्री सतहबाट १९४७ मी उचाइमा अवस्थित छ । महाभारत पर्वत श्रृङ्खलामा पर्ने सिराइचुलीबाट सूर्योदयको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । चेपाङ्गबस्ती, सुन्दर हरियाली पर्वत श्रृङ्खला तथा हिमालहरूको अवलोकन गर्न सकिने यो रमणीय क्षेत्र सिराइचुली घुम्न जाँदा बसन्त ऋतुमा लालीगँुरास फूलेर यहाँको वातावरणलाई रङ्गिन बनाइदिन्छ ।

    मदन स्मृति ÷नगर वन पार्क ः
    नारायणगढदेखि २५ किमी पश्चिममा नारायणी नदीको किनारमा अवस्थित मदन स्मृति पार्कमा आन्तरिक पर्यटकहरुको मात्र होइन, बाह्य पर्यटकसमेतको आकर्षणको केन्द्र बनेको छ । भरतपुर महानगरपालिका वडा नं १७ गाँजीपुरस्थित मदन स्मृति पार्क पश्चिम चितवनको पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गईरहेकोछ छ । त्यस्तै नारायणी नदीको बीच टापुका रुपमा रहेको नगरवन ११२ बिघा क्षेत्रफलमा फैलिएको छ । सिसौ, टिक, खयर, बाँस, बेद, सिमल, इपिलइपिलको रुख र झाडीले ढाकेको टापुको बीचमा बिपीको शालिक छ भने सँगै तीन टहरा रहेका छन् । चितवन–जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकै रहेको बिपी शान्तिनगर वनलाई आकर्षक पार्कका रुपमा विकास गर्ने हो भने पर्यटकको आगमनसँगै उक्त क्षेत्रको पहिचान समेत झल्किने विश्वास गर्न सकिन्छ ।

    मेघौली ः
    भरतपुरको चौबिसकोठीबाट २५ किलोमिटर पश्चिमतर्फ भरतपुर महानगरपालिका वडा नं. २७ मा पर्ने मेघौली पर्यापर्यटन विकासको महत्वपूर्ण गन्तव्य हो । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र दुई ठूला नदी राप्ती तथा नारायणी दुईतिरबाट घेरिएको छ मेघौली । यो नेपालमा सर्वप्रथम जंगल सफारीको सुरुवात गर्ने टाइगर टप्स जंगल लजको प्रवेशद्वार मानिन्छ । समुद्री सतहदेखि २२५ मिटर उचाइमा अवस्थित उच्च मनसुनी हावापानी रहेको मेघौलीमा होमस्टे र सुविधा सम्पन्न आरामदायी होटलहरु छन् । दुर्लभ बाघ, गैँडा तथा चराचुरुङ्गी, निर्माणाधीन राइनोपार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक संग्रहालय, प्याराजम्पिङ्ग, पहाडी तथा आदिबासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुङ्गासयर, मचान स्टे, जंगलवाक, जिप सफारी आदि यस क्षेत्रका प्रमुख आकर्षण तथा पर्यटकीय क्रियाकलाप हुन् ।

    दियालो बंगला ः
    तत्कालीन राजा महेन्द्रले ३५ हेक्टर क्षेत्रफलमा निर्माण गरेको दियालो बंगलालाई पर्यटकीय दृष्टिले महत्वपूर्ण मानवनिर्मित सम्पदाको रुपमा लिइएको छ । यो दियालो बंगला भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थित नारायणी नदीको किनारमा पर्दछ । मनमोहक तटीय क्षेत्र, जलपर्यटनका क्रियाक्रलापहरु, साल, जामुन, यमुना, सिन्दुर, सिसौ जस्ता रुखहरुको हरियालीे, वनस्पति, विभिन्न प्रजातिका चराचुरुङ्गी एवम् राजाहरुले प्रयोग गरेका सामग्रीहरु यहाँका प्रमुख आकर्षण हुन् । दुर्लभ वन्यजन्तु, पिकनिक पार्क, शिवलिङ्ग, धार्मिक वनलगायत प्राकृतिक सौन्र्दयले भरिपूर्ण जलदेवी सामुदायिक वनको सामीप्य प्राप्त गरेकोे दियालो बङ्गला नजिकै वागीश्वरी, जोरकुसुम, गणेशधाम जस्ता प्राकृतिक एवम् धार्मिक सम्पदाहरू पनि रहेका छन् ।

    पटिहानी ः
    चितवन राष्टिय निकुञ्जको काखैमा रहेको पटिहानी अहिले जोकोहीका लागि लोभिने क्षेत्रको रुपमा परिचित छ । नारायणगढबाट १४ किलोमिटर दक्षिणमा पर्ने पटिहानीको घटगाई क्षेत्र सूर्यास्त हेर्ने राम्रो ठाउँ हो । राप्ती नदीसँगै जोडिएको रमणीय गाउँ पटिहानीमा पुग्नेले आदिवासी थारु संस्कृतिसँगै राप्ती नदीमा डुंगा चढेर घुम्न र जीप सफारी गर्न सक्छन् । वन क्षेत्र बाहिर करोडौँको लगानीमा टाइगरल्याण्ड सफारी लज, मचान प्याराडाइज र इको वाइडलाइफ लज सञ्चालन छन । विदेशी पर्यटकको आकर्षणमा समेत पटिहानी पर्दै आएको छ । बस्तीसँगै जोडिएको निकुञ्जको आसपासमा नियमित गंैडा चर्ने गरेका छन् । यहाँ बाघ, मृग,जरायोजस्ता जनावर नियमित देखिने गरेको छ । वन भित्रका सिमसारमा चराचुरुङ्गी प्रशस्त देखिन्छन् ।

    आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.