• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

टुक्रे खेती, बाँझो जमिन र मनलाग्दी अनुदानले कृषि सुध्रिँदैन


  •   बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
  • राजु पौडेल
    अध्यक्ष
    चितवन उद्योग संघ

    Advertisement

    कृषि भन्नेवित्तिकै सबैले निकै सजिलो काम मान्छन् । जसलाई पनि म पनि गर्न सकिहाल्छु नि जस्तो लाग्छ । तर यो सोचेजस्तो सजिलो र छुट्टै ‘मुभमेन्ट’ ल्याउन सहज विषय हैन । विगतको दिनबाट घट्दै घट्दै हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करिब २५/२६ प्रतिशत योगदान दिने क्षेत्र बनेको छ, कृषि ।

    यो ‘लाइभ’ क्षेत्र हो, योसँग खेल्न रकमा गर्न सजिलो हुन्न । उत्पादन गर्नु आफैंमा कठिन काम हो भने उत्पादित उपजलाई बेलैमा बजारमा पुर्‍याउनु अर्को चुनौती हो । त्यसका कारण यो सहज क्षेत्र र काम हुँदै हैन ।

    अहिले त हाम्रो उत्पादनले हामीलाई नै पुगेको छैन । हामी प्रशस्तै कृषि उपज आयात गर्दैछौं । हुन त केही वर्ष अघिसम्म हामी अन्न बाली नै निर्यात गथ्र्यौं । अब हामी धेरै कृषि वस्तुमा आयातको निर्भरतातिर जाँदैछौं ।

    हाम्रो उत्पादकत्वलाई नियालेर हेरौं, एक हेक्टर खेतमा ३.१ मेटि्रक टन धान उत्पादन गर्छौं ।  प्रतिशत हेक्टर २.५ मेटि्रक टन मकै र २.३ मेटि्रकटन गहुँ फलाउँछौं । यो अन्य दशेको तुलनामा निकै न्युन उत्पादकत्व हो ।

    हामी कृषिमा आधारभूत तवरबाट कमजोर छौं । कृषिमा उत्पादनबारे कुरा गर्दा सुरुमा बीउको कुरा आउँछ । हामीले सबै राम्रो गरेर बीउमा राम्रो गरेनौं भने त्यसको उत्पादकत्व वृद्धि हुन सक्दैन । त्योसँगै सिँचाई अत्यन्तै महत्वपूर्ण हो । त्यसपछि अर्को महत्वपूर्ण पक्षमा भनेको बालीको उत्पादनका विभिन्न चरणमा गरिने व्यवस्थापन हो ।

    हाम्रो मुख्य बाली धानमा अहिले बीउको विस्थापन आवश्यक छ । बाली ‘सेल्फ कोलिनेटेड’ छ भने त्यसमा थोरै मात्रै बीउ विस्थापन गर्दा हुन्छ । तर, हाईबि्रड जातको धान लगाउँदा शतप्रतिशत विस्थापन जरुरी हुन्छ । हााइबि्रडका लागि नयाँ बीउ उत्पादन गर्नुपर्छ । त्यसका लागि हामीले आफैं काम गर्न सके सम्भावना छन् ।

    ३० अर्बको निर्यात, २ खर्बको आयात

    तथ्यांकमा हेरौं, हामीले वर्षमा ३० अर्ब ५० करोडको कृषि वस्तु निर्यात गर्छौं । तर, २ खर्ब ७ अर्ब ९ करोडको कृषि वस्तु आयात गरेर ल्याउँछौं । कृषिवस्तुको आयात र निर्यातबीच ठूलो खाडल छ । हामी कृषिवस्तु निर्यातमा धेरै नै कमजोर छौं ।

    हामी पोल्ट्री क्षेत्रमा आत्मनिर्भर छौं । हामी कुखुरा र अण्डा त चाहिने जति नै उत्पादन गर्न सक्ने बनेका छौं । तर रोचक के छ भने त्यही पोल्ट्री क्षेत्रलाई चाहिने दाना बनाउन २० अर्बको भटमास आयात गर्छौं । त्यसकै लागि १६ अर्बको मकै आयात गर्छौं । हाम्रो देशमा उत्पादन भएको ४ अर्ब बराबरको मकै मात्र पोल्ट्री क्षेत्रमा उपयोग हुन्छ ।

    बीउविजनको पक्ष पनि रोचक छ, गोलभेँडाको बीउ एक केजीको डेढ लाख रुपैयाँ पर्छ । गाँजरको बीउ एक केजीको १७ हजार पर्छ । यो सबै हामीले आयात गर्नुपर्छ । हामीले एक वर्षमा करिब २ अर्ब ८५ करोडको बीउ मात्रै आयात गर्छौं ।

    धानको बीउको कुरा गर्दा हाइबि्रडको त विदेशबाटै आयत हुन्छ । ननहाइबि्रडको त यहीँको खाद्यन्नमा प्रयोग हुने अन्नलाई छानेर कृषकले बीउका रुपमा उपयोग गर्छन् ।

    हामीले गत वर्षमात्रै २ हजार मेट्रिकटन धानको बीउ आयात गर्‍यौं । यो वर्ष २५ सय मेटि्रकटनको लागि सिफरिस भइसकेको छ । त्यसको मूलय मात्रै ८७ करोड हुन जान्छ ।

    यसैगरी मकैको ७३ करोड, तरकारीलगायतका अन्य कृषि बालीको लागि करिब ९९ करोड रुपैयाँ बीउबिजन आयातमा खर्च गरिन्छ । यो बीउबिजन बाहिरबाट आएन भने हाम्रो उत्पादकत्व अझै तल झर्ने खतरा हुन्छ ।

    बीउबिजनका हकमा हामीले काम नै गरेका छैनौं भन्दा हुन्छ । सम्भावना भएका बालीमा पनि हामी आयातमै टिकेर बसेका छौ ।

    माथि चर्चा गरिएकाबाहेक धान, चामल, गहुँ, तरकारी, फलफूल तथा अन्य कृषि उपज १ खर्ब ६८ अर्ब २४ करोडको आयात हुन्छ । हामीले यही चैतसम्म नै २४ अर्बको धान र चामल आयात गरिसकेका छौं ।

    अन्नबालीको उत्पादनलाई औसत रुपमा पनि हेर्नुपर्छ । इजिप्टमा एक हेक्टरमा १०.४ मेटि्रकटन धान उत्पादन हुन्छ । अमेरिकामा प्रतिहेक्टर ७.९४, जापानमा ६.५४, चीनमा ६.४९, भारतमा ३.३८ मेटि्रकटन धान फल्छ । तर, नेपालमा एक हेक्टरमा ३.१५ मेटि्रक टन मात्रै धान उत्पादन हुन्छ । यति हुँदाहुँदै पनि विश्वको ९० प्रतिशत धान उत्पादन एसियन देशमा हुन्छ । विश्वको ठूलो धान उत्पादक भारत र चीन नै हुन् । हामी भारबाट धेरै धान चामल आयात गरिरहेका छौं ।

    तर, हामीले भारतको जति पनि उत्पादकत्व पुर्‍याउन सकेका छैनौं । मकैबालीतर्फ न्युजील्याण्डले एक हेक्टरमा ९ मेटि्रकटन फलाउँछ, चीनले ६, जापानले ५, भारतले ३ मेटि्रकटन मकै फलाउँदा नेपालमा २.४ मेटि्रकटन मात्रै मक उत्पादन हुन्छ ।

    गहुँबालीमा अमेरिकामा अघि छ, उसले प्रतिहेक्टर १०.७ बेटि्रक टन फलाउँछ, तर भारतमा ३ मेटि्रकटन फल्दा नेपालमा २.५ मेटि्रकटन मात्रै फल्छ ।

    अन्नबाली बढाउन के गर्ने ?

    यो अवस्था किन छ त ? किनकि हामीसँगको बीउबीजन, सिँचाइ र अरु व्यवस्थापकीय पक्ष कमजोर छ । कृषिलाई आधुनिकीरकण गर्न नसक्दा पनि यो अवस्था आएको हो ।

    हिजो प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना लागू गरिएको थियो । त्यसलाई परिस्कृत गरेर त्यसको प्रभाव वास्तविक किसानसम्म पुर्‍याउने वातावरण बनाउनुपर्छ ।

    खाद्यान्नमा आत्मनिर्भर हुनका लागि मकै, धान र गहुँमा आत्मनिर्भर हुनुपर्छ । अब साना उत्पादन फार्मलाई थोरै उत्पादन भएपनि धेरै मूल्य भएका वस्तुको उत्पादनमा केन्दि्रत गर्नुपर्छ ।

    हामीले बुझ्नुपर्छ कि टुक्रेखेती प्रणालीले उत्पादन बढाउन सक्दैन । अब खेतीयोग्य जमिनलाई चक्लाबन्दी गर्ने नीति लिनुपर्छ । अब भूबैंकको माध्यमबाट जमिनको उपभोगलाई वैज्ञानिक बनाउनुपर्छ ।

    त्यसका लागि स्थानीय स्तरमा कुन वडाको कुन क्षमता र सम्भावना छ, र कुन जमिन केमा उपयोग गर्ने भन्ने योजना बन्यो भने वडाले नै कार्यान्वयन गर्न सक्छ । त्यसका लागि क्षेत्रगत योजना बनाउन सकिन्छ ।

    त्यसकै आधारमा अनुदान दिन सकिन्छ, त्यसको उपभोग पनि ठीक ठाउँमा ठीक शैलीले हुन्छ । प्रत्येक वडामा किसानका लागि किसान पाठशाला चाहिन्छ ।

    त्यसैगरी ‘कन्ट्रयाक्ट फार्मिङ’मा जग्गाको हदबन्दीको समस्या छ । त्यसलाई सहज गर्दै मेसिनीकरण गर्नुपर्छ । मेसिनीकरण पनि एउटै किसानले ठूलो मेसिन किन्न सक्दैन । त्यसमा स्थानीय सरकारलाई प्रवर्द्धनात्मक रुपमा काम गराउनुपर्छ ।

    त्यसैगरी अहिले केही व्यवसायिक किसानलाई स्थानीय तह, प्रदेश सरकार संक सरकारको कार्यक्रमले पनि अनुदान दिइरहेको छ । यस्तो अनुदान एकद्वार गर्नुपर्छ । त्यो पनि स्थानीय सरकारबाट नियमन गरेर कुन वडालाई केको उत्पादन हुने हो, त्यसका लागि मात्रै दिने गरी प्रवन्ध गर्नुपर्छ ।

    कृषि बीमालाई अनिवार्य गर्दै लैजानुपर्छ । उत्पादन र त्यसको मूल्य श्रृंखलामा लगानीको व्यवस्था पनि सुनिश्चित गर्नुपर्छ । प्रारम्भिक प्रशोधनदेखि प्रशोधन उद्योगसम्म लगानीको वातावरण बनाउनुपर्छ ।

    जमिन बाँझो राख्न नपाइने व्यवस्था गर्नुपर्छ । जसले राख्छ उसलाई सिजनअनुसार उत्पादनको सम्भावनालाई हेरेर जरिवाना गराउने प्रवन्ध गर्नुपर्छ ।

    आत्मनिर्भर पोल्ट्री क्षेत्र समस्यामा

    कृषिकै महत्वपूर्ण क्षेत्र पोल्ट्रीको कुरा गरौं । यो उद्योगले कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशत योगदान गर्छ । यो नेपालमा आत्मनिर्भर उद्योग हो ।

    नेपालमा करिब १ करोड लेयर्स कुखुरा पालिएको छ । अहिले कोभिड-१९ले गर्दा यसमा उतारचढाव आईरहेकै छ । करिब ३.५ करोड ब्रोइलर कुखुरा पालिएको छ । यो कहिलेकाँही ४ करोड पनि पुग्छ ।

    करिब ५० लाख वटा प्यारेन्ट कुखुरा पालिएको छ । यो भनेको चल्ला उत्पादन गर्न सक्ने कुखुरा हुन् । यो उद्योगबाट ३ लाखे प्रत्यक्ष रोजगारी पाएका छन् ।

    यस्तो उद्येाग अहिले घाटामा छ, यो उद्योगमा अहिले दैनिक घटा २२ करोड छ भन्ने पोल्ट्री महासंघको तथ्यांक छ । अहिले पोल्ट्री उद्योग पनि समस्या छ, यो उद्योग अब पुरानै अवस्थामा फर्किन २-३ वर्ष लाग्छ भन्ने विज्ञहरुकै भनाइ छ । अब उद्योगको ऋणको पुर्नतालिकीकरण गर्नुपर्ने भएको छ ।

    बन्दाबन्दीको अवधिको ब्याज अनुदान दिनुपर्ने देखिन्छ । अब वर्तमान कर्जाको आधारमा ५० प्रतिशत चालु पुँजी थप्नुपर्ने देखिएको छ ।

    पोल्ट्री उपजको अब न्युनत्म मूल्य तोक्नुपर्ने पनि देखिएको छ । त्यस्तो मूल्यभन्दा कमका बेच्नुपर्ने अवस्था भएर बीमाबाट पूर्ति गर्ने व्यवस्था जरुरी देखिएको छ । त्यो गरियो भने मात्रै यो क्षेत्र दिगो लाभ दिनसक्ने हुन सक्छ ।

    थारो गाई पालेर के फाइदा !

    पशुपालनतर्फ कुरा गर्दा यसमा डेरी उद्योगको कुरा महत्वपूर्ण हुन्छ । यो क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशत योगदान गर्छ । योतर्फको तथ्यांक हेर्ने हो भन रोचक छ । नेपालका ७४ लाख गाई छन्, कुल दूध उत्पादनमा यिनको योगदान २९ प्रतिशत छ । कारण धेरै दूध नदिने गाईहरु छन् । यहाँ अनुत्पादनक गाई धेरै पालिन्छन् । तिनले मान्छे अलमलाएका छन्, तर मल बाहेक अरु उत्पादन गर्न सकेका छैनन् । थारो गाई पालेर के फाइदा Û

    भैँसीको संख्या ४६ लाख छ, तर कुल दूध उत्पादनमा ७१ प्रतिशत योगदान भैँसीको योगदान छ ।

    बजारको सम्भावनाको कुरा गर्दा एक व्यक्तिले वर्षका ९१ लिटर दूध उपयोग गर्नुपर्छ । तर, अहिलेसम्म नेपालमा औसत एक व्यक्तिले ७१ लिटर मात्रै उपयोग गर्न पाएका छन् । यसले के देखाउँछ भने हामीसँग अझै धेरै दूधको बजार छ । र त्यसको उपयोगलाई बढाउन सक्ने स्पेस छ ।

    तथ्यांकअनुसार ५ वटासम्म मात्रै गाई पाल्ने कृषि ५० प्रतिशत छन् । १०० भन्दा बढी गाई पाल्ने कृषि देशभरि खोज्दा १५ देखि २० जना छन् । यसबाट यो व्यवसायमा मान्छे आकषिर्त भएको देखिँदैन ।

    दैनिक १० देखि १५ लिटर दूध उत्पादनको एक जना कामदार आवश्यक हुन्छ । यसले रोजगारीको सम्भावनालाई पनि दर्शाउँछ । अहिले करिब ३ लाखले यो क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा ढुवानी र प्रशोधनमा थप करिब ३ लाखले रोजगारी पाएका छन् । तर, उत्पादन बढाउने हो भने रोजगारी पनि त्यसैअनुसार बढाउन सकिन्छ ।

    पशुपालनलाई व्यसायिक बनाउने हो भने नश्ल सुधार आवश्यक छ । हामीले उच्च उत्पादन दिन सक्ने जनावर नै ल्याउनुपर्छ ।

    यसैगरी गुणस्तरीय चोक्कर, दाना र घाँसको उत्पादन बढाउनुपर्‍यो । पशुपालनमा घाँस नपाइने सिजनलाई सुख्खा सिजन भनिन्छ । त्यतिबेला दूधको उत्पादन ४० प्रतिशतले घट्छ । त्यो समयमा करिब दाना र घाँस लगायतका कुरालाई व्यवस्थापन गर्न सक्यौं भने उत्पादन बढ्छ ।

    अर्को समस्या भनेको स्वदेशमै पर्याप्त दूधको पाउडर उत्पादन नहुनु हो । अहिले विदेशबाट पाउडर दूध आयात भइरहेको छ । त्यसलाई रोक लगाएर देशभित्रै उपभोग हुन नसक्ने दूध प्रशोधनको वातावरण बनाउनुपर्छ । जस्तो समयममा पनि कृषकको दूध किन्ने वातावरण बनाउनुपर्छ ।

    समग्रमा थारो र थोरै गाईभैंसी पालेर, टुक्रे खेती गरेर, जमिन बाँझो छाडेर, मनलाग्दी अनुदान बाँडेर र पोल्ट्रीका समस्या त्यतिकै छाडेर कृष्मिा आत्मनिर्भरताको बहस जति गरेपनि गफ मात्रै हुने हो । कृषकलाई पहिला बाली लगाउने, बालीलाई जोगाउने, क्षति भए त्यसको पूर्ति गरिदिने, बजारसम्म सहज पहुँच बनाइदिने र उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता विकासको काम गरेपछि मात्रै हामीले अहिले गरिरहेको बहस सार्थक हुने हो ।

    (पौडेल चितवन उद्योग संघका अध्यक्ष हुन्)

    अनलाइनखबरबाट

    बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.