• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बजेटमा कोभिड र राजनैतिक अस्थीरताको प्रभाव


  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
  • बुटवल/विगत केही दिनदेखि जारी राजनैतिक अस्थीरताको प्रभाव बजेटमाथि पर्ने भएको छ । प्रतिनिधि सभा दोस्रोपटक विघटन भएको छ । राष्ट्रपतिले कात्तिक २६ र मंसिर ३ गतेगरी दुई चरणमा मध्यावधी निर्वाचनको घोषणा गर्नुभएको छ । यो सवै अस्थीरताको कारक सत्ता संघर्ष हो भन्दा अत्युक्ति नहोला तर सत्ता संघर्षको दौडमा देशको आर्थिक विकास कति पछि पर्दैछ भन्ने हेक्का कसैले राखेको देखिएन । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय बजेट ल्याउनु पर्ने बाध्यता छ । त्यस अनुसार ६ दिनभित्रमा बजेट आईसक्नुपर्दछ । बजेट ल्याउने दिन नजिक हुँदा संसदमा बजेटमाथिको छलफल नै हुन सकेन । सरकारको नीति तथा कार्यक्रम पनि अव संसद नै नभएपछि स्वतः टरेको छ ।

    Advertisement

    संसद नै नरहेपनि अव सरकार संसदप्रति उत्तरदायी नै हुनु परेन । बिकल्पमा बजेट अध्यादेशमार्फत आउने पक्कापक्की छ । सरकारले सांसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकाले अध्यादेशबाट बजेट आउने सुनिश्चित भएको हो । संसद विघटन भई सरकार कामचलाउ भईसकेको अवस्थामा आगामी बजेट बार्षिक बजेट नभई पूरक बजेट ल्याउनुपर्ने सुझाव पनि कतिपयको छ । बजेट अव कसरी आउँछ त्यो हेर्न बाँकी छ । आम नेपाली जनताले कोभिडका कारण थला परेको अर्थतन्त्र माथि उठाउन र जनताको राहतका लागि नयाँ बजेटबाट केही भएपनि आशा गरेका थिए तर अव जवाफदेहिता विनाको बजेटबाट धेरै अपेक्षा गर्नु अपेक्षित हुँदैन कि ।

    त्यसो त चालू आर्थिक बर्षको बजेट पुँजीगत खर्च हुनै नसक्दा प्रभावकारी हुन सकिरहेको थिएन । पुँजीगत खर्च आर्थिक वृद्धिलाई गति दिने आधारभूत खम्बा हो । अर्थतन्त्रलाई गतिशील बनाउने, पूर्वाधार निर्माणलाई आधार प्रदान गर्ने तथा सामाजिक आर्थिक रूपान्तरणको मार्ग प्रसस्त हुने पनि पुँजीगत खर्चबाटै हो । तर, नेपालमा वर्षेनि पुँजीगत खर्चको अवस्था निराशाजनक बनिरहेका कारण मुलुकले अल्पकालदेखि दीर्घकालसम्म नै यसको नकारात्मक असर बेहोर्नुपर्ने अवस्था देखापरिरहेको छ । लामै कालखण्डदेखि भइरहेको यस किसिमको निराशाजनक पुँजीगत खर्चका कारण यसका चौतर्फी नकारात्मक प्रभावहरूले देशलाई गाँज्न थालेको छ । कमजोर पुँजीगत खर्चका असरहरू तत्कालीन समयदेखि दीर्घकालीन अवधिसम्मै परिरहेका हुन्छन् । हालकै दिनमा हेर्ने हो भने पनि चालू आर्थिक वर्षको न्यून पुँजीगत खर्चको मार सिंगो अर्थतन्त्रमा परिरहेको छ । पछिल्लो समयमा नेपाली अर्थतन्त्रमा देखापरेको तरलता अभावको कारणमा निकै हदसम्म कमजोर पुँजीगत खर्च जिम्मेवार रहेको देखिन्छ । पुँजीगत खर्च कमजोर रहनु र सरकारी आयमा उल्लेख्य बढोत्तरी भएका कारण सरकारी ढुकुटीमा खर्ब भन्दा बढी रकम थुप्रिएर बसेको छ भने बजारले तरलता अभावको मार भोगिरहेको छ ।

    मुलुकमा लक्ष्यअनुरूप पुँजीगत खर्च एवं लगानी कम हुँदा आर्थिक वृद्धिदर खुम्चनुका साथै गरिबी न्यूनीकरण, पूर्वाधार विकास, रोजगारी सिर्जनालगायतमा प्रत्यक्ष असर पुगिरहेको छ । गत आर्थिक वर्षमा नेपालको वार्षिक आर्थिक वृद्धिदर शून्य दशमलव ८ प्रतिशतमा सीमित भएको छ । रेमिट्यान्स आयका कारण गरिबीको मात्रा केही घटिरहेको भए पनि यसमा दिगोपना कायम गर्ने चुनौती अर्थतन्त्रमा रहिरहेको छ । देशमा पुँजीगत खर्चले गति लिने र पूर्वाधार निर्माणलगायत चौतर्फी विकासका क्षेत्रहरू अघि बढ्ने हो भने आर्थिक वृद्धिदरलाई उकास्ने एवं गरिबीको दरलाई आशातितरूपमा घटाउन सकिने स्थिति थियो तर, यसो हुन सकिरहेको छैन । देशमा पुँजीगत खर्च कमजोर रहेका कारण विकास निर्माणले गति लिन नसक्दा रोजगारीका क्षेत्रहरू खुम्चँदै गइरहेका छन् ।

    पुँजीगत खर्च कम हुनुको अर्थ सरकारको आर्थिक क्रियाशीलता र गतिशीलता कम हुनु हो । यसबाट सरकारप्रतिको नागरिक अपेक्षा र जनभावनामाथि पनि तुषारापात भइरहेको छ । नागरिक विश्वास यसरी धर्मराउने स्थितिले लोकतान्त्रिक मुलुकमा सरकारको जग पनि बलियो बन्न सक्दैन । २०६२÷०६३ को परिवर्तन पछिका सरकारहरूले ल्याएका कुनै पनि बजेटका पुँजीगत खर्चको प्रगति लक्ष्यअनुरूप हुनसकेको छैन । पुँजीगत खर्चको गिर्दो अवस्थाको तथ्यांक र यसो हुनुका कारणहरू वर्षौंदेखि जगजाहेर भइरहँदासमेत सुधारका ठोस पहल हुनसकेका छैनन । यसबाट अर्थतन्त्रमा नकारात्मक असर देखिन थालेका छन् ।

    आजको पुँजीवादी अर्थ व्यवस्थामा सबै काम गर्न चाहनेले रोजगारी पाउँछ, कोही पनि खाली बस्नुपर्दैन भन्ने मान्यता राखिन्छ तर नेपाल नाम मात्रको पुँजीवादी देश हो जहाँ पुँजीको यथोचित विकास भएकै छैन । यो पृष्ठभूमिमा गरिबीको समस्या विद्युत समस्याजस्तै समाधान होला भन्ने आशा सपना मात्र हुनसक्छ । यस्तो अवस्थामा निजी क्षेत्रलाई नै प्रोत्साहन गर्नुपर्दछ । हुन त सरकारले कति जनासम्मलाई रोजगारी दिने उद्योगलाई आयकरमा छुट दिने नीति ल्याएको छ तर आयकरमा छुट दिने नीतिले मात्र रोजगारी बढ्ने वा गरिबी हट्ने भन्ने हुँदैन । यी सबै कुरा केवल आकर्षणका लागि मात्र नीतिमा राखिएको अहिलेसम्मका उदाहरणले देखिएकै विषय हो ।

    एकातर्फ पुँजीगत खर्चमा कटौती र अर्कोतर्फ गरिवी निवारणको चुनौति नेपालका अहिलेको प्रमुख आर्थिक समस्या हो । राज्यले प्रशासनिक कामहरूमा अहिलेको जस्तो अव्यावहारिक छनोट प्रणाली, समावेशीकरण, जातीय तथा लिंगीय कोटा प्रणालीलाई संशोधन गरेर बर्गीय कोटा प्रणालीमा प्रवेश गर्नुपर्दछ । राज्यले जतिसक्दो छिटो एउटा परिवारमा एउटा सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्न सक्नुपर्दछ । तुलनात्मक लाभ हुने हरेक उत्पादन स्वदेशी पुँजीपतिबाट सञ्चालन गरेर जनतालाई ठूलो परिणाममा रोजगारी दिनु नै गरिबी निवारणभित्रको सूक्ष्म व्यवस्थापन हो । आजको मितिमा नेपालका २३.८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन । जसरी फलामले फलाम काट्छ त्यसैगरी पुँजीवादका खराबीलाई पुँजीवादभित्रबाट नै काट्न सक्नुपर्दछ । चुनाव जित्नका लागि समाजवादी नारा चाहिन्छ तर गरिबी जित्नका लागि रोजगारी चाहिन्छ । भारतमा नरेन्द्र मोदीले चुनाव जित्न तथा गरिबी निवारण गर्न २०१६ को अन्तिम दिन घर बनाउन लिइने व्याजदरमा केही प्रतिशत छुट र गर्भवतीलाई ६ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसबाट उनले चुनावमा त्यो वर्गको ठूलो सहयोग पाएका थिए । नेपाल र भारतका जनताका आर्थिक अवस्था समान छन । त्यसकारण त्यस प्रकारका लोकप्रिय कार्यक्रम नेपालमा पनि ल्याउनु जरुरी छ ।

    नेपालको बिडम्वना भनौं पछिल्ला वर्षहरूमा नेपालको अर्थतन्त्र रेमिट्यान्स आयमा आधारित बन्दै गएको छ । देशको जीडीपीको झन्डै एकतिहाइ हिस्सा ओगटिरहेको रेमिट्यान्स आयको उत्पादनशील र दिगो उपयोगमा जोड दिन नसक्ने हो भने यसले नेपाली अर्थतन्त्रमा ठूलै जोखिम निम्तिन सक्ने चुनौती देखापरेको छ । पछिल्ला वर्षहरूमा रेमिट्यान्स आप्रवाहको वृद्धिदर घट्दो क्रममा रहेको भए पनि रेमिट्यान्सको आकार भने बर्सेनि बढ्दो क्रममा रहेको देखिन्छ । यसरी बढ्दो आकारमा रहेको रेमिट्यान्सको उपयोग भने नेपालमा उत्पादनमूलक क्षेत्रमा भइरहेको छैन । नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनको नतिजाले रेमिट्यान्स प्राप्त गरिरहेका नेपालका ८० दशमलव ८ प्रतिशत घरपरिवारको रेमिट्यान्सबाहेक आयको अन्य स्रोतबाट खर्च धान्न नपुग्ने र १८ दशमलव ८ प्रतिशत घरपरिवारले उपभोग खर्चको लागि रेमिट्यान्स आयमा पूर्णरूपमा भर पर्नुपर्ने देखिएको छ । प्राप्त भइरहेको रेमिट्यान्स आयमध्ये २३ दशमलव ९ प्रतिशत दैनिक उपभोगमा, २५ दशमलव ३ प्रतिशत ऋण तिर्न, ९ दशमलव ७ प्रतिशत शिक्षा, स्वास्थ्यमा, ३ दशमलव ५ प्रतिशत सामाजिक कार्यमा, ३ प्रतिशत घरायसी सम्पत्ति खरिद गर्न, १ प्रतिशत व्यापार व्यवसायमा र ५ दशमलव ५ प्रतिशत अन्य कार्यमा खर्च भइरहेको अध्ययनबाट देखिएको छ । उक्त खर्चबाट बाँकी रहने २८ प्रतिशत रेमिट्यान्स हिस्सा मात्रै बचत भएको देखिन्छ । यसरी हेर्दा, नेपालमा बर्सेनि ठूलै आकारमा रेमिट्यान्स भित्रिने गरेको भएतापनि यसको अधिकांश हिस्सा उपभोग र अन्य गैरउत्पादन क्षेत्रमा खर्च भइरहेको छ । अनि कसरी देशको विकासमा सहयोग पुग्छ भनेर विश्वास गर्ने ?

    अन्त्यमाः जेठ १५ मा नयाँ आर्थिक वर्षको बजेट आउँदैछ । यो बजेटको सीमा र बाध्यता आफ्नै होलान । संसद नै नभएको अवस्थामा बजेटको जवाफदेहीतालाई लिएर प्रश्न उठेका छन । अध्यादेशबाट आएपनि वा पूरक बजेट आएपनि कोरोनाका कारण थलिएको मुलुकको आर्थिक सम्मृद्धिमा केन्द्रित होस भन्ने नेपालीको चाहना छ । त्यसै त पुँजीगत खर्च नहुँदाको परिणाम देशले भोगिरहेको छ । अव यस्तो बजेटको आवश्यकता नेपाली जनतालाई छैन । बजेट खर्च हुने आधार निर्माण होस् । रेमिटान्समै निर्भर अधिकांश नेपाली जनताको त्यसमा पनि युवा वर्ग विदेश जानै नपर्ने रोजगारीको सुनिश्चितता गर्ने बजेटको आशा गर्दै आएका छन । भन्नैपर्दैन– राजनैतिक अस्थिरताको प्रभाव बजेटमा पनि पर्ने निश्चित छ । त्यसकारण अव परनिर्भर होइन आत्मनिर्भर बजेटको आवश्यकता छ । आगामी दिनमा आउन सक्ने कोरोना जस्तै महामारी थेग्न सक्ने बजेट निर्माणको आधार यो बजेटले प्रस्तुत गरोस् । आम नेपाली जनताको चाहना यही हो ।

    बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.