• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

हवाइ हमला सकेर जल युद्धको सुरूवात : भारत-पाकिस्तान


  •   मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित
  • एजेन्सी/भारत र पाकिस्तान युद्धविरामसँगै ड्रोन र क्षेप्यास्त्रहरू जमिनमै छन् । उनीहरूबीच अहिले पुरानै जल साझेदारीसम्बन्धी द्वन्द्व चर्किएको छ । अप्रिलमा पहलगाममा  २६ जनाको ज्यान लिनेगरी आतंकवादी हमला भएसँगै दुई मुलुकबीचको तनाव चर्किएको थियो । भारत सरकारले जलसम्बन्धी द्विपक्षीय सम्झौता रद्द गर्दै पाकिस्तानतर्फ बग्ने नदीको बहाब रोक्ने भनेको थियो ।

    Advertisement

    भारत र पाकिस्तानबीच इन्दुस जल सम्झौता भएको थियो ।  सिन्धु नदी र यसका सहायक नदीका पानी उपयोगका लागि दुई मुलुकले १९ सेप्टेम्बर १९६० मा सन्धि गरेका थिए । यो सम्झौताले करोडौँ मानिसको जीविकोपार्जनलाई सहज बनाएको छ ।

    पाकिस्तानले आतंकवादलाई प्रवर्द्धन नगर्ने विश्वसनीय आधार र प्रमाण प्रस्तुत नगर्दासम्म भारतले इन्दुस सम्झौताअन्तर्गतको दायित्वबाट पछि हट्ने अडान लिएको छ । पाकिस्तानले भने आतंकवादी हमलामा आफ्नो कुनै हात नरहेको बताउँदै भारतको कदमलाई युद्ध कार्य भनेको छ ।

    जल सम्झौतालाई निसाना बनाउने भारतीय कदम प्रतिआतंकवाद रणनीति मात्रै नरहेको विज्ञहरू बताउँछन् । ६५ वर्ष पुरानो सम्झौतालाई लिएर भारतले दिक्दारी प्रकट गरिरहेछ । यो सम्झौता सुरूवातदेखिनै पाकिस्तानको हितमा रहेको भन्दै भारतले असन्तुष्टि प्रकट गर्दै आएको हो । भारतले सम्झौता पुनरावलोकनका लागि पाकिस्तानलाई दबाब दिने नीति लिएको छ । सम्झौता पुनरावलोकन गरेर आफ्नो जनसंख्याको आवश्यकता पूरा गर्ने ध्याउन्नमा छ, भारत । भारत-पाकिस्तान द्वन्द्वका विगतका शृंखलाबीच इन्दुस सम्झौता कार्यान्वयनमै थियो । आतंकवादविरूद्ध पाकिस्तानको भरपर्दो र विश्वसनीय प्रतिवद्धता नआउँदासम्म सन्धि स्थगन गर्ने भारतीय निर्णयसँगै यसको भविष्य अनिश्चितमा फसेको छ ।

    गहिरिएर हेर्दा यसको असर दुवै मुलुकलाई पर्नेछ । विशेष प्रभाव भने सीमित जलस्रोत र सुख्खा जमीन बढी भएको पाकिस्तानमा हुनेछ । बढ्दो तापमान र बढ्दो मागले दक्षिण एशियाको जल प्रणाली सबैभन्दा बढी तनावग्रस्त छ । शत्रुतापूर्ण अवस्थामा रहेका भारत र पाकिस्तानबीच विश्वव्यापी तापमान वृद्धिका कारण उत्पन्न हुने बाढी र हिमताल फुट्ने खतरा समाधान गर्न पनि जरूरी छ ।

    छिमेकीहरू, जो एकअर्काप्रति शत्रुतापूर्ण छन्, उनीहरूले पनि विश्वव्यापी तापमान वृद्धिका कारण उत्पन्न हुने बाढी र हिमनदी ताल फुट्ने जस्ता खतराहरूलाई समाधान गर्नुपर्ने आवश्यकता छ । नदीको बहावमा परिवर्तन हुँदा पाकिस्तानको जनजीवन प्रभावित हुन्छ भने, भारतले अन्तर्राष्ट्रिय आलोचना व्यहोर्नुपर्ने हुन्छ ।

    सद्‌भावको भावना

    इन्दुसकै वरपर हुर्किएको थियो विश्वकै सबैभन्दा पुरातन सभ्यता । त्यही नदीको पानी प्रयोगबारे भारत र पाकिस्तानबीच सम्झौता भएको थियो । सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिएका थिए । इन्दुस सम्झौताका लागि दुई मुलुकलाई नौ वर्ष लागेको थियो । विश्व बैंकको मध्यस्थतामा भएको थियो इन्दुस सम्झौता । यसको प्रस्तावनामै सद्‌भावको भावना शब्द उल्लेख छ ।

    दुई मुलुकबीचको सद्‌भाव थप विथोलिएपछि भारतले इन्दुस सम्झौता रद्धको निर्णय लियो । यो सम्झौतासँगै सिन्धु नदीको पश्चिम भंगालो पाकिस्तानले कुनै रोकतोक विना प्रयोग गर्न पाउँथ्यो । यस्तै पूर्वतर्फको भंगालो भारतको अधिकार थियो । भारतको भूमिमा बहने पश्चिमतर्फको नदीको पानी सिचाइँ तथा ऊर्जाका लागि प्रयोगको अधिकार भारतलाई थियो । सम्झौताबाट पाकिस्तान सबैभन्दा बढी लाभान्वित थियो । सम्झौताले उसलाई ८० प्रतिशत पानी उपभोगको अधिकार  दिएको छ । जल उत्पन्न द्वन्द्वबारेका विश्लेषक ब्रम्ह चलानी भन्छन्-‘सिन्धु नदीको ८० प्रतिशत पानी पाकिस्तानलाई उपभोग गर्न दिनु भनेको निकै उदारता  थियो । यस उपमहाद्वीपभित्र शान्तिको अभिलाषासहित उक्त सम्झौता भएको थियो ।’

    इन्दुस सन्धि कानुनी दस्तावेज रहेकाले यतिको समय टिकेको विज्ञहरू बताउँछन् । यो सन्धि कार्यान्वयनका लागि दुवै मुलुकका प्रतिनिधि सम्मिलित स्थायी आयोग रहेकाले नियमित सम्पर्क अपेक्षित रहेको जानकारहरूको मत छ । तटस्थ विज्ञहरूसमेत रहेको द्वन्द्व समाधानका लागि मध्यस्थता पनि अपेक्षित रहेको विज्ञहरू बताउँछन् ।  यसका बाबजुद पनि दशकौँदेखि भारत र पाकिस्तान दुवैले बेलाबखत बखेडा गरिरहन्छन् ।

    सन् १९९२ को मनसुनमा पाँच दिनसम्म वर्षात् हुँदा पाकिस्तानले ठूलो बाढीको सामाना गर्नुपरेको थियो । भारतले  विना सूचना बाँध खोल्दा पाकिस्तानमा ठूलो बाढी आएको आरोप पाकिस्तानले लगायो । यता, भारतले भने नियमसंगत रूपमै आफूले बाँध खोलेको बतायो । सिन्धु पश्चिमको नदीतर्फ भारतले ६ वटा बाँध लगाएको छ । बाँधलाई अझै विस्तार गर्ने भारतको योजना छ । भारतीय उक्त योजनाबारे पाकिस्तानले विरोध गर्दै आएको छ । विशेषगरी, किसेनगंगा जलविद्युत् परियोजनामा पाकिस्तानको आपत्ति छ ।

    इन्दुस सम्झौताले दशकौँदेखि पाकिस्तान र भारतबीच भूराजनीतिक दरार पैदा गरिरहेको छ । सन् २०१६ र सन् २०१९ मा कश्मिरमा भारतीय सैनिक मारिएका थिए । त्यसखबत पनि पाकिस्तानमा पानी रोक्ने चेतावनी भारतले दिएको थियो ।

    त्यसबखतको घोषणा कार्यान्वयन भएको थिएन । आपसी सहमतिका आधारमा सन्धिका बुँदा परिवर्तन पनि गर्न सक्ने सर्त छ । भारतले पटक-पटक सन्धिका बुँदा परिवर्तनका लागि औपचारिक प्रस्ताव गरे पनि पाकिस्तानले उक्त पहल अस्वीकार गर्दै आएको भारत सरकारको जिकिर छ ।

    संयुक्त राष्ट्रसंघका लागि  भारतका स्थायी प्रतिनिधि प्रभाथेनी हरिसले  गत साता राष्ट्रसंघमा भनेका छन्,‘पाकिस्तानको अवरोधकारी नीतिले वैधानिक अधिकार उपयोगबाट रोकेको छ ।’

    त्यही बैठकमा उपस्थित राष्ट्रसंघका लागि पाकिस्तानका स्थानी प्रतिनिध उसमान जद्दुनले भने, ‘नदीको पानीलाई भारतले राजनीतिक हतियार बनाएको छ । जललाई द्वन्द्वको माध्यम बनाउने भारतीय चाहाना पाकिस्तानका लागि स्वीकार्य छैन ।’

    पाकिस्तानी चिन्ता

    पाकिस्तानतर्फ बहने पानी पूर्ण रूपमा रोक्न भारतले नसक्ने र त्यहाँ पूर्वाधार निर्माणमा धेरै वर्ष लाग्ने विज्ञहरू बताउँछन् । यद्यपि, भारतले सन्धि स्थगनको घोषणा गर्दै जलविज्ञान तथ्यांक उपलब्ध नगराएपछि पाकिस्तान चिन्तित छ । पाकिस्तान तल्लो भेगमा पर्ने भएकाले कृषिका लागि जलविज्ञानको तथ्यांक उसका लागि निकै महत्त्वपूर्ण छ । पाकिस्तानको अर्थतन्त्रमा कृषिको योगदान एकचौथाइ छ ।

    हिमनदी पग्लिएको विवरण, पानीको बहाब, वर्षा स्तर र ब्यारेजको अवस्थाबारे तथ्यांक पाकिस्तानका लागि निकै महत्त्वपूर्ण छ । त्यसकै आधारमा उसले सिँचाइ र बाढी व्यवस्थापन योजना बनाउँदै आएको थियो ।

    सिन्धु जल सम्झौता रद्द गर्नुअघि पनि भारतले पाकिस्तानलाई जलप्रवाह तथ्यांक पूर्णरूपमा उपलब्ध नगराएको पाकिस्तानी आयुक्त शिराज मेमोनको आरोप छ । यस वर्षको मनसुनमा पाकिस्तानी पक्षले झनै अनिश्चित वातावरणमा कार्यसम्पादन गर्नुपर्ने हुन्छ । वातावरण अध्ययनका सहायक प्राध्यापक हसन एफ खान भन्छन्-‘पाकिस्तानले अब जलविज्ञानसम्बन्धी पूर्वाधारमा लगानी बढाउनुपर्ने टड्कारो आवश्यकता भएको छ ।’

    सिन्धु सम्झौता रद्द हुँदा तत्कालै पाकिस्तानका लागि कुनै प्रभाव नभए पनि यो लम्बिएमा पाकिस्तानको कृषि र अर्थतन्त्र प्रभावित हुने कतिपयको चिन्ता छ ।

    भारतीय चाहाना

    सन्धि रद्द गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पाकिस्तानविरूद्धको कदम देखाउँदै थप सद्‌भाव बटुल्ने  मौका मिलेको छ । हालसालैको भाषणमा मोदीले भनेका छन्, ‘हामीले सिन्धु सम्झौता रद्द गरेसँगै पाकिस्तानीहरू पसिना निकालिरहेछन् ।’

    भारतमा पानीको माग ह्वात्तै बढेको छ । भारतमा  १ अर्ब ४० करोड मानिस छन् । यो विश्व जनसंख्याको १८ प्रतिशत हो । विश्वको जलश्रोतमध्ये भारतसँग ४ प्रतिशत मात्रै रहेको विश्व बैंकको तथ्यांक छ । अरबियन जलाशयपछि सबैभन्दा बढी दोहन भएको जलाशय सिन्धु रहेको नासाको तथ्यांक छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणअनुसार भारत जापानलाई उन्छिन्दै छिट्टै विश्वको चौथो अर्थतन्त्र हुँदै छ । हाल सिन्धु नदीको पानि उत्तरी भेगका जनताले उपभोग गरे पनि विद्युत् उत्पादन, रोजगारी सिर्जना, कश्मिरको गहुँ फाँटमा सिचाइँका लागि पनि उत्तिकै आवश्यक छ ।

    सरकारी तथ्यांकलाई आधार मान्दा भारतले सिन्धु पूर्वका नदीको पानी पूर्णरूपमा उपभोग गरेको छैन । विज्ञहरूका अनुसार पानी उपभोगका लागि भारतले पर्याप्त जलाशय र कुलो  बनाएको छैन । भारतले बाँध र ब्यारेज भने बनाएको छ । मनसुनको समयमा बढी भएको पानी पाकिस्तानतर्फ बग्दछ । उक्त पानी पाकिस्तानी कृषिका लागि अतिरिक्त स्रोत बनेको छ । भारतमा बढ्दो तापमान र परिवर्तनशील वर्षा ढाँचालाई ध्यानमा राखेर सन्धि पुनरावलोकन गर्नुपर्ने मत राख्छन्  सिभिल इन्जिनियरिङका प्राध्यापक विमल मिश्रा । ‘जल उत्पन्न प्रकोपको जोखिम न्यूनीकरण, जलविद्युत् उत्पादन र सिँचाइका लागि व्यापक आधुनिकीकरणसहितको वैज्ञानिक समझदारी आवश्यक छ,’ उनले भने ।

    यसले ६ दशक बढी समयदेखिका परिवर्तनशील आवश्यकताहरूलाई सम्बोधन गर्नसक्ने उनी बताउँछन् ।

    न्युयोर्क टाइम्समा प्रकाशित सामाग्रीलाई शिशिर ढकालले अनुवाद गरेका हुन् । 

    मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.