-सुजन राज पाण्डे
मैले बुझेको कोरोना………!
रोग सानो डर ठुलो सरकार लाचार छ, बिवस छ किन कि सरकार यस्तो महामारीमा पनि ब्यक्तिगत र पार्टीगत काममा ब्यस्त छ । कोरोना कुनै त्यस्तो रोग होइन जुन लागे पछि निको नै नहुने आफु आफु मै सुरक्षित भएर बस्नु होला । यो सरकार के गर्दै छ भने एकातिर बैंक खोल्छ अर्को तिर ब्यापार बन्द गर्छ , सरकार के गर्छ हातमा सुरक्षाकर्मी रसिद दिन्छ अनि भन्छ लुट्न सके लुट ।
सरकारलाई थाहा छैन ब्यापारीले आफ्नो घर खेत दाउमा लगायर ब्यापार गरेको सरकारको आखा करमा बाहेक कहिँ छैन । खोइ युवा खोइ आवाज एक जुट भएर कोरोनासंग होइन सरकार संग लडौ । जनता बचायौ भने कर पाउला होइन भने भबिस्यमा नराम्रो दुर्घटना । पहिला भोकबाट बचाऊ रोग त्यस पछि सोचाम्ला ।हिजो जनताको अगाडि राखेका एजेन्डाहरु कता गए , चुनाब अगाडि खाएका बाचाहरु कता गए ? सत्ता मोहले गर्दा भत्ता पचाएर बस्नु बाहेक देशमा के नै गरेउ र नेता हो ।
अहिले यस्तो बेलामा पनि नगरे कहिले गर्ने? भोलि पुन चुनावका दिनहरु सामना गर्नुपर्ने हुन्छ त्यसैले अझै केही लाज छ भने जनताको समस्या तिर पनि ध्यान जाओस यो पार्टी फुट्ने बेला होइन सबै जनतालाई लिएर सबै नेता जुट्ने बेला हो ।आज देशलाई आइ. सि.यु को आवश्यकता छ, भेन्टिलेटरको आवस्यकता छ तर सरकार कहाँबाट कस्ले धेरै कमिसन दिन्छ भन्ने दाउमा बसिरहेको छ ।
परदेशी भुमिमा रगत पसिना बगाएर देशलाई अर्थतन्त्रमा ठूलो योगदान दिएका युवाहरु आज बिचल्ली अवस्थामा छ्न सरकारको ध्यान कहिले पुग्ने त्यहाँ ? यसरी लकडाउन मात्र थपिरहनु यस रोगको बिकल्प कदापि होइन । PCR टेस्ट अझै बढाउनु पर्ने छ, ज्याला मजदुरिमा बाचेकाहरुमा राहत पुराउनु पर्ने छ , सामाजिक दुरि सबैले अपनाउनु पर्ने छ । मरे पछि होइन पहिला नै रोग पत्ता लागेर उपचार दिने ब्यबस्था होस । यो सरकारलाई ध्यानाकर्षण मात्र हो जय देश ।
भरतपुर-9 चितवन




