• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

जाडोमा निमोनिया हुने सम्भावना अधिक, यस्ता छन् बच्ने उपाय


  •   बुधबार, पुष २४, २०८१ मा प्रकाशित
  • काठमाडौंमा मात्र होइन, नेपालभर नै चिसो निकै बढिसकेको छ । जब चिसो याम सुरु हुन्छ, फोक्सो तथा छातीमा चिसोका कारण हुने संक्रमण पनि बढ्ने सम्भावना बढी हुन्छ । जाडोमा श्वास प्रणालीमा धेरै समस्या देखिन्छ । जसमध्येको सबैभन्दा जटिल समस्या हो, निमोनिया । नेपालमा वर्षेनी निमोनियाका बिरामी बढ्ने गरेको छ । विशेषगरी पाँच वर्ष मुनिका बालबालिका, रोगी, प्रौढ तथा गर्भवती महिलालाई निमोनिया हुने सम्भावना बढी हुन्छ । संसारमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको मुख्य कारण निमोनियालाई मानिन्छ । संसारभरिकै बालबालिकाको मृत्युदर घटाउन डब्लुएचओ र युनिसेफले संयुक्त रुपमा सुरु गरेको र नेपालमा पनि लागू भइसकेको कार्यक्रम सिबी–आइएमएनसिआईमा पनि निमोनिया पर्छ ।

    Advertisement

    जाडोको मौसममा, धूँवाधुलोमा, दम वा खोकी लागेको अवस्थामा निमोनिया हुने खतरा धेरै हुन्छ । निमोनिया भएपछि फोक्सोका कोष सुनिन्छन्, श्वासप्रश्वासमा समस्या आउन सक्छ । कतिपय अवस्थामा निमोनियाले ज्यान लान सक्छ । त्यसैले यसबारे सतर्क हुनु राम्रो हुन्छ । जाडोमा निमोनिया झनै बढी हुने भएकाले खानपानदेखि मौसमको समेत ख्याल गर्नु पर्ने हुन्छ ।

    के हो निमोनिया ?
    फोक्सोको तन्तुहरू संक्रमित भई फोक्सोमा देखा परेको प्रदाहत्मक स्थितिलाई चिकित्सकीय भाषामा निमोनिया भनिन्छ । निमोनिया श्वास प्रणालीको सबैभन्दा तल्लो भाग वायुकोष्ठिकाको संक्रमण हो । निमोनियाको संक्रमण फोक्सोको तन्तुहरूमा भाइरस, ब्याक्टेरिया, फङ्गस (ढुसीको), माईकोप्लास्म वा परजीविहरुको संक्रमण तथा अनियमित किटाणुले हुने गर्छ । किटाणुहरूको अलावा छातीको चोटपटक, फोक्सोको घाउ तिव्र रसायनहरुको धुवा, आत्मघाती प्रतिरक्षा प्रणाली र औषधिहरुको एलर्जीका कारणले पनि निमोनिया हुन सक्छ ।

    बालबालिकामा हुने निमोनिया धेरैजसाे भाइरसको कारणले हुने गर्छ । केही भाइरल निमोनिया विस्तारै ब्याक्टेरियल निमोनियामा परिणत हुने जोखिम पनि उत्तिकै रहन्छ । निमोनियाको संक्रमण जाडो मौसममा बढी हुने गर्दछ । अधिकांश स्थितिमा निमोनिया हुँदा फोक्सोको क्रियात्मक इकाई आल्वियोलाई (फोक्सोको तन्तु र रक्तकोषीका बीच प्राण वायुको आदान प्रदान हुने थैली) संक्रमित हुने गर्दछ ।

    स्वस्थ्य अवस्थामा हावा भरिएका यी आल्वियोहरूमा संक्रमण पश्चात पानी र कफ जमेर सुन्निन थाल्छ । तत्काल चिकित्सकिय व्यवस्था हुन नसके निमोनिया फोक्सोको अधिकांश हिस्सामा फैलियर फोक्सोले काम गर्न नसक्ने अवस्थामा आउँछ र व्यक्तिको मृत्यु हुन्छ ।

    यसका लक्षणहरु
    लगातार लामो समयसम्म खोकी लाग्ने, खोक्दा हरियो वा खैरो रंगको खकार आउने र कहिले काहि खकारमा रगत पनि देखिने, रुघाखोकी लाग्ने, तिब्र ज्वरो आउने, चिसोको महसुस हुने, छाती दुख्ने, खकार आउने, जिउ दुख्ने, थकानको महसुस हुने, श्वासप्रश्वासमा समस्या देखिनु निमोनियाका लक्षणहरु हुन् । फोक्सोको संक्रमण भएकाले श्वास प्रश्वासमा समस्या, गहिरो श्वास लिन खोज्दा छातीमा सोला हान्ने श्वासको दर र हृदयगति बढ्ने आदि लक्षण पनि देखा पर्दछ ।

    लगातार लामो समयसम्म खोकी लाग्ने, खोक्दा हरियो वा खैरो रंगको खकार आउने र कहिले काहि खकारमा रगत पनि देखिने, रुघाखोकी लाग्ने, तिब्र ज्वरो आउने, चिसोको महसुस हुने, छाती दुख्ने, खकार आउने, जिउ दुख्ने, थकानको महसुस हुने, श्वासप्रश्वासमा समस्या देखिनु निमोनियाका लक्षणहरु हुन् ।

    उपरोक्त लक्षणका साथै जोर्नीहरू दुख्ने, ओठ कलेटी पर्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने वा उल्टी हुने रक्तचाप घट्ने, टाउको दुख्ने, मन परिवर्तन भइरहने, मानसिक क्षमता घट्ने र होस हराउने जस्ता लक्षण पनि देखा पर्दछ । लामो समयदेखि मिर्गौला, फोक्सो तथा कलेजोमा समस्या भएर औषधी सेवन गरिरहेका व्यक्तिहरुलाई निमोनिया हुने बढी सम्भावना हुन्छ । निमोनिया भएका बालबालिकाले सहजै खान र पिउन सक्दैनन्, उनीहरुलाई आमाको दुध खान पनि समस्या हुन्छ । त्यस्तै बच्चाहरुले छिटोछिटो श्वास फेर्ने, छातीबाट घ्यार–घ्यार खालको आवाज आउने, स्वास फेर्दा कोखा हान्ने, दूध चुस्न नसक्ने, सुस्ताउने र निलो हुने मुख्य लक्षणहरु हुन् ।

    यदि यस्ता लक्षण देखिएमा निमोनिया पत्ता लगाउन केही जाँचहरु गर्ने गरिन्छ । जस्तैः छातीको एक्स–रे, रगत जाँच, खकार जाँच, अक्सिमेट्री र फोक्सोमा पानी जमेको खण्डमा उक्त पानीको जाँच पनि गरिन्छ ।

    कुन अवस्थामा बढी जोखिम ?
    १) धुम्रपान र मध्यपान गर्नेहरुमा
    २) जाडो र वर्षाको मौसममा
    ३) धुवा, धुलो फोहोरमैला र प्रदुषित वातावरणमा
    ४) दाउरा, गुईंठा जस्ता बायोमास जलाइने नेपाली चुलोमा
    ५) कमजोर प्रतिरक्षा प्रणाली भएकाहरुमा
    ६) दम, पुरानो खोकी र क्यान्सर जस्ता फोक्सोको रोग भएकाहरुमा
    ७) मृगौला एवं कलेजोको गम्भिर रोगहरूमा
    ८) ठेउला, दादुरा र लहरे खोकी जस्ता रोगको प्रकोपमा
    ९) ग्याष्ट्रिकको औषधीको दीर्घकालिन सेवन गर्नेहरुमा
    १०) टि.बी., एच.आई.भी., एड्स, मधुमेह, क्यान्सर र मुटुको रोग हुनेहरुमा
    ११) ५ वर्ष भन्दा मुनि र ६० वर्ष भन्दा माथिको उमेरमा

    निमोनियाको प्रकार
    संक्रमण गर्ने किटाणुहरुको आधारमा निमोनियालाई छुट्याउने गरिन्छ ।
    – भाइरसबाट हुने निमोनिया
    – व्याक्टेरियाबाट हुने निमोनिया
    – परजीविबाट हुने निमोनिया
    – ढुसीबाट हुने निमोनिया
    – माइकोप्लास्मबाट हुने निमोनिया गरेर निमोनियालाई ५ प्रकारमा वर्गिकरण गरिएको छ ।

    निमोनियाको उपचार
    निमोनियाको प्रारम्भिक निदान विधि भनेको लक्षण र चिन्हहरूको विश्लेषण एवं क्लिनिकल परीक्षण हो । यसरी निमोनिया संक्रामक रोग भएकोले उपचार गर्दा रोगको कारण, संक्रामक किटाणुको प्रकृति, रोगको गम्भिरता र लक्षण एवं चिन्हहरूको विश्लेषणको आधारमा उपचार अगाडि बढाईन्छ ।

    निमोनिया ब्याक्टेरियाहरुको संक्रमणले लागेको भए एन्टिवाइटिक्स औषधिहरू चलाईन्छ साथै ज्वरो, खोकीको पनि छुट्टै औषधि दिइन्छ । ब्याक्टेरियाको संक्रमणले हुने न्यूमानिया भाइरसको संक्रमणले हुने निमोनियाभन्दा चाडै ठिक हुन्छ । न्यूमानिया भाइरसहरूको कारणले भएको भए एण्टिभाइरल औषधिहरूद्वारा उपचार अगाडि बढाउनु पर्ने हुन्छ । भाइरल निमोनिया ब्याक्टेरिल निमोनियाभन्दा लामो समय लिएर ठिक हुन्छ ।

    निमोनिया भएको पाइएमा सकभर अस्पताल भर्ना भएरै उपचार गराएको राम्रो हो । त्यसमा पनि रोगी ५ वर्ष भन्दा कम उमेरका बालबालिका वा ६० वर्ष माथिका जेष्ठ नागरिक भए अस्पताल भर्ना गर्न आवश्यक हुन्छ ।

    यो रोगका रोगीले उपचार अवधिभर आराम गर्ने र शारिरीक तथा मानसिक रुपमा पूर्ण रुपमा आराम रहनु पर्छ । कफ ज्यादा बढेमा नेबुलाइजरको प्रयोग गरेर निकाल्नु पर्ने पनि हुन्छ । खानामा हल्काफुल्का सुपाच्य भोजन लिनुपर्ने हुन्छ । झोलिलो खानेकुराले पनि यो रोग समन गर्न मद्धत गर्दछ । तसर्थ तरकारीको रस, दालको झोल, ताजा जुस एवं तरकारीको सुप, मह पानी, नरिवलको पानी आदिको सेवन पनि यो रोगको लागि हितकर छ ।

    यदि समयमै प्रभावकारी उपचार हुन नसकेमा गम्भीर जटिलताहरु निम्तिन सक्छन् जस्तैः फोक्सोमा पिप भरिने, फोक्सोमा पानी जम्मा हुने, संक्रमण रगत हुँदै शरीरभरि फैलिने, फोक्सोले पूर्ण रुपमै काम गर्ने छोड्ने हुन्छ ।

    बर्षेनी लाखौंको मृत्यु
    निमोनियाबाट वर्षेनी लाखौको मृत्यु हुने गर्छ । त्यसमा धेरैजसो पाँच बर्षभन्दा कम उमेरका हुन्छन् । साथै ६० वा सो भन्दा बढी उमेरका बुढाबुढी यहि रोगको कारण मर्ने गरेका छन् ।

    अमेरिका जस्तो विकसित देशमा पनि वार्षिक ५० हजारको ज्यान लिइरहेको यो रोगले हाम्रो देशमा वार्षिक कति जनाको मृत्यु हुन्छ भन्ने ठोस तथ्यांक भने छैन । यद्यपी निमोनियाको कारण बर्षेनी हजारौंको मृत्यु हुने कुरामा शंका छैन ।
    विश्वको परिपेक्षमा निमोनिया रोगबाट वार्षिक ४५ करोड मानिसहरू संक्रमित हुने गरेका छन् । संक्रमित हुने मध्येका ४० लाख व्यक्तिहरू यहि रोगको कारण ज्यान गुमाउन बाध्य छन् ।

    रोकथामको उपायहरू
    १. यो रोगबाट बच्ने उपाय भनेको किटाणुहरुको संक्रमणबाट बच्नु हो । खासगरी रुघाखोकी लाग्दा केहीदिनमा ठिक नभए डाक्टरलाई देखाई हाल्नु पर्छ ।
    २. संक्रमित ब्यक्तिलाई भेट्दा वा सम्पर्कमा आउँदा विशेष सावधानी अपनाउनु पर्छ । उनीहरूसँग खास दुरी बनाएर बस्नुपर्छ । रुघाखोकी लागेकाहरूसँग हात मिलाउने, अंकमाल गर्ने, नजिक बस्ने वा चुम्बन गर्नु हुँदैन ।
    ३. मौसम बदलिदा पथपहरेजमा विशेष ध्यान दिनुपर्छ । चिसो, धुवाधुलो र प्रदुषणबाट बच्नुपर्छ । विशेष गरी चिसोमा बालबालिका र बृद्ध बद्धाको विशेष ख्याल राख्नुपर्छ । प्रदुषित ठाउँमा जानै परे गुणस्तरीय मास्क लगाएर मात्र जाने ।
    ४. रुघाखोकीलाई हल्का रुपमा लिनु हुदैन किनकी निमोनियाको प्रारम्भिक लक्षण नै रुघाखोकी हो । अधिकांश आमाबुबाहरू बच्चालाई निमोनिया भैसक्दा पनि रुघाखोकी लागेको ठानेरै बसिरहन्छन् । यदि रुघाखोकी ४–५ दिनभित्र ठिक नभए अचानक तिब्र ज्वरो आए, खान मन नगरे, शरिर लल्याक–लुलुक भए तुरुन्त अस्पताल लग्नुपर्छ ।
    ५. विशेषगरि चिसोबाट बच्नुपर्छ । बच्चालाई चिसोबाट बचाउन प्रशस्त लुगा लगाएर न्यानो पारेर राख्नु पर्छ ।
    ६..नियोनिया संक्रमित ब्यक्तिसँग बच्चालाई टाढै राख्नुपर्छ ।
    ७. बालबालिकालाई आमाको दुध पिलाउने । आमाको दुधमा बच्चालाई चाहिने पोषकतत्वहरू र रोग प्रतिरोधक तत्वहरू हुन्छन् ।

    बुधबार, पुष २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.