• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

जाडोमा निमोनिया हुने सम्भावना अधिक, यस्ता छन् बच्ने उपाय


  •   बुधबार, पुष २४, २०८१ मा प्रकाशित
  • काठमाडौंमा मात्र होइन, नेपालभर नै चिसो निकै बढिसकेको छ । जब चिसो याम सुरु हुन्छ, फोक्सो तथा छातीमा चिसोका कारण हुने संक्रमण पनि बढ्ने सम्भावना बढी हुन्छ । जाडोमा श्वास प्रणालीमा धेरै समस्या देखिन्छ । जसमध्येको सबैभन्दा जटिल समस्या हो, निमोनिया । नेपालमा वर्षेनी निमोनियाका बिरामी बढ्ने गरेको छ । विशेषगरी पाँच वर्ष मुनिका बालबालिका, रोगी, प्रौढ तथा गर्भवती महिलालाई निमोनिया हुने सम्भावना बढी हुन्छ । संसारमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको मुख्य कारण निमोनियालाई मानिन्छ । संसारभरिकै बालबालिकाको मृत्युदर घटाउन डब्लुएचओ र युनिसेफले संयुक्त रुपमा सुरु गरेको र नेपालमा पनि लागू भइसकेको कार्यक्रम सिबी–आइएमएनसिआईमा पनि निमोनिया पर्छ ।

    Advertisement

    जाडोको मौसममा, धूँवाधुलोमा, दम वा खोकी लागेको अवस्थामा निमोनिया हुने खतरा धेरै हुन्छ । निमोनिया भएपछि फोक्सोका कोष सुनिन्छन्, श्वासप्रश्वासमा समस्या आउन सक्छ । कतिपय अवस्थामा निमोनियाले ज्यान लान सक्छ । त्यसैले यसबारे सतर्क हुनु राम्रो हुन्छ । जाडोमा निमोनिया झनै बढी हुने भएकाले खानपानदेखि मौसमको समेत ख्याल गर्नु पर्ने हुन्छ ।

    के हो निमोनिया ?
    फोक्सोको तन्तुहरू संक्रमित भई फोक्सोमा देखा परेको प्रदाहत्मक स्थितिलाई चिकित्सकीय भाषामा निमोनिया भनिन्छ । निमोनिया श्वास प्रणालीको सबैभन्दा तल्लो भाग वायुकोष्ठिकाको संक्रमण हो । निमोनियाको संक्रमण फोक्सोको तन्तुहरूमा भाइरस, ब्याक्टेरिया, फङ्गस (ढुसीको), माईकोप्लास्म वा परजीविहरुको संक्रमण तथा अनियमित किटाणुले हुने गर्छ । किटाणुहरूको अलावा छातीको चोटपटक, फोक्सोको घाउ तिव्र रसायनहरुको धुवा, आत्मघाती प्रतिरक्षा प्रणाली र औषधिहरुको एलर्जीका कारणले पनि निमोनिया हुन सक्छ ।

    बालबालिकामा हुने निमोनिया धेरैजसाे भाइरसको कारणले हुने गर्छ । केही भाइरल निमोनिया विस्तारै ब्याक्टेरियल निमोनियामा परिणत हुने जोखिम पनि उत्तिकै रहन्छ । निमोनियाको संक्रमण जाडो मौसममा बढी हुने गर्दछ । अधिकांश स्थितिमा निमोनिया हुँदा फोक्सोको क्रियात्मक इकाई आल्वियोलाई (फोक्सोको तन्तु र रक्तकोषीका बीच प्राण वायुको आदान प्रदान हुने थैली) संक्रमित हुने गर्दछ ।

    स्वस्थ्य अवस्थामा हावा भरिएका यी आल्वियोहरूमा संक्रमण पश्चात पानी र कफ जमेर सुन्निन थाल्छ । तत्काल चिकित्सकिय व्यवस्था हुन नसके निमोनिया फोक्सोको अधिकांश हिस्सामा फैलियर फोक्सोले काम गर्न नसक्ने अवस्थामा आउँछ र व्यक्तिको मृत्यु हुन्छ ।

    यसका लक्षणहरु
    लगातार लामो समयसम्म खोकी लाग्ने, खोक्दा हरियो वा खैरो रंगको खकार आउने र कहिले काहि खकारमा रगत पनि देखिने, रुघाखोकी लाग्ने, तिब्र ज्वरो आउने, चिसोको महसुस हुने, छाती दुख्ने, खकार आउने, जिउ दुख्ने, थकानको महसुस हुने, श्वासप्रश्वासमा समस्या देखिनु निमोनियाका लक्षणहरु हुन् । फोक्सोको संक्रमण भएकाले श्वास प्रश्वासमा समस्या, गहिरो श्वास लिन खोज्दा छातीमा सोला हान्ने श्वासको दर र हृदयगति बढ्ने आदि लक्षण पनि देखा पर्दछ ।

    लगातार लामो समयसम्म खोकी लाग्ने, खोक्दा हरियो वा खैरो रंगको खकार आउने र कहिले काहि खकारमा रगत पनि देखिने, रुघाखोकी लाग्ने, तिब्र ज्वरो आउने, चिसोको महसुस हुने, छाती दुख्ने, खकार आउने, जिउ दुख्ने, थकानको महसुस हुने, श्वासप्रश्वासमा समस्या देखिनु निमोनियाका लक्षणहरु हुन् ।

    उपरोक्त लक्षणका साथै जोर्नीहरू दुख्ने, ओठ कलेटी पर्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने वा उल्टी हुने रक्तचाप घट्ने, टाउको दुख्ने, मन परिवर्तन भइरहने, मानसिक क्षमता घट्ने र होस हराउने जस्ता लक्षण पनि देखा पर्दछ । लामो समयदेखि मिर्गौला, फोक्सो तथा कलेजोमा समस्या भएर औषधी सेवन गरिरहेका व्यक्तिहरुलाई निमोनिया हुने बढी सम्भावना हुन्छ । निमोनिया भएका बालबालिकाले सहजै खान र पिउन सक्दैनन्, उनीहरुलाई आमाको दुध खान पनि समस्या हुन्छ । त्यस्तै बच्चाहरुले छिटोछिटो श्वास फेर्ने, छातीबाट घ्यार–घ्यार खालको आवाज आउने, स्वास फेर्दा कोखा हान्ने, दूध चुस्न नसक्ने, सुस्ताउने र निलो हुने मुख्य लक्षणहरु हुन् ।

    यदि यस्ता लक्षण देखिएमा निमोनिया पत्ता लगाउन केही जाँचहरु गर्ने गरिन्छ । जस्तैः छातीको एक्स–रे, रगत जाँच, खकार जाँच, अक्सिमेट्री र फोक्सोमा पानी जमेको खण्डमा उक्त पानीको जाँच पनि गरिन्छ ।

    कुन अवस्थामा बढी जोखिम ?
    १) धुम्रपान र मध्यपान गर्नेहरुमा
    २) जाडो र वर्षाको मौसममा
    ३) धुवा, धुलो फोहोरमैला र प्रदुषित वातावरणमा
    ४) दाउरा, गुईंठा जस्ता बायोमास जलाइने नेपाली चुलोमा
    ५) कमजोर प्रतिरक्षा प्रणाली भएकाहरुमा
    ६) दम, पुरानो खोकी र क्यान्सर जस्ता फोक्सोको रोग भएकाहरुमा
    ७) मृगौला एवं कलेजोको गम्भिर रोगहरूमा
    ८) ठेउला, दादुरा र लहरे खोकी जस्ता रोगको प्रकोपमा
    ९) ग्याष्ट्रिकको औषधीको दीर्घकालिन सेवन गर्नेहरुमा
    १०) टि.बी., एच.आई.भी., एड्स, मधुमेह, क्यान्सर र मुटुको रोग हुनेहरुमा
    ११) ५ वर्ष भन्दा मुनि र ६० वर्ष भन्दा माथिको उमेरमा

    निमोनियाको प्रकार
    संक्रमण गर्ने किटाणुहरुको आधारमा निमोनियालाई छुट्याउने गरिन्छ ।
    – भाइरसबाट हुने निमोनिया
    – व्याक्टेरियाबाट हुने निमोनिया
    – परजीविबाट हुने निमोनिया
    – ढुसीबाट हुने निमोनिया
    – माइकोप्लास्मबाट हुने निमोनिया गरेर निमोनियालाई ५ प्रकारमा वर्गिकरण गरिएको छ ।

    निमोनियाको उपचार
    निमोनियाको प्रारम्भिक निदान विधि भनेको लक्षण र चिन्हहरूको विश्लेषण एवं क्लिनिकल परीक्षण हो । यसरी निमोनिया संक्रामक रोग भएकोले उपचार गर्दा रोगको कारण, संक्रामक किटाणुको प्रकृति, रोगको गम्भिरता र लक्षण एवं चिन्हहरूको विश्लेषणको आधारमा उपचार अगाडि बढाईन्छ ।

    निमोनिया ब्याक्टेरियाहरुको संक्रमणले लागेको भए एन्टिवाइटिक्स औषधिहरू चलाईन्छ साथै ज्वरो, खोकीको पनि छुट्टै औषधि दिइन्छ । ब्याक्टेरियाको संक्रमणले हुने न्यूमानिया भाइरसको संक्रमणले हुने निमोनियाभन्दा चाडै ठिक हुन्छ । न्यूमानिया भाइरसहरूको कारणले भएको भए एण्टिभाइरल औषधिहरूद्वारा उपचार अगाडि बढाउनु पर्ने हुन्छ । भाइरल निमोनिया ब्याक्टेरिल निमोनियाभन्दा लामो समय लिएर ठिक हुन्छ ।

    निमोनिया भएको पाइएमा सकभर अस्पताल भर्ना भएरै उपचार गराएको राम्रो हो । त्यसमा पनि रोगी ५ वर्ष भन्दा कम उमेरका बालबालिका वा ६० वर्ष माथिका जेष्ठ नागरिक भए अस्पताल भर्ना गर्न आवश्यक हुन्छ ।

    यो रोगका रोगीले उपचार अवधिभर आराम गर्ने र शारिरीक तथा मानसिक रुपमा पूर्ण रुपमा आराम रहनु पर्छ । कफ ज्यादा बढेमा नेबुलाइजरको प्रयोग गरेर निकाल्नु पर्ने पनि हुन्छ । खानामा हल्काफुल्का सुपाच्य भोजन लिनुपर्ने हुन्छ । झोलिलो खानेकुराले पनि यो रोग समन गर्न मद्धत गर्दछ । तसर्थ तरकारीको रस, दालको झोल, ताजा जुस एवं तरकारीको सुप, मह पानी, नरिवलको पानी आदिको सेवन पनि यो रोगको लागि हितकर छ ।

    यदि समयमै प्रभावकारी उपचार हुन नसकेमा गम्भीर जटिलताहरु निम्तिन सक्छन् जस्तैः फोक्सोमा पिप भरिने, फोक्सोमा पानी जम्मा हुने, संक्रमण रगत हुँदै शरीरभरि फैलिने, फोक्सोले पूर्ण रुपमै काम गर्ने छोड्ने हुन्छ ।

    बर्षेनी लाखौंको मृत्यु
    निमोनियाबाट वर्षेनी लाखौको मृत्यु हुने गर्छ । त्यसमा धेरैजसो पाँच बर्षभन्दा कम उमेरका हुन्छन् । साथै ६० वा सो भन्दा बढी उमेरका बुढाबुढी यहि रोगको कारण मर्ने गरेका छन् ।

    अमेरिका जस्तो विकसित देशमा पनि वार्षिक ५० हजारको ज्यान लिइरहेको यो रोगले हाम्रो देशमा वार्षिक कति जनाको मृत्यु हुन्छ भन्ने ठोस तथ्यांक भने छैन । यद्यपी निमोनियाको कारण बर्षेनी हजारौंको मृत्यु हुने कुरामा शंका छैन ।
    विश्वको परिपेक्षमा निमोनिया रोगबाट वार्षिक ४५ करोड मानिसहरू संक्रमित हुने गरेका छन् । संक्रमित हुने मध्येका ४० लाख व्यक्तिहरू यहि रोगको कारण ज्यान गुमाउन बाध्य छन् ।

    रोकथामको उपायहरू
    १. यो रोगबाट बच्ने उपाय भनेको किटाणुहरुको संक्रमणबाट बच्नु हो । खासगरी रुघाखोकी लाग्दा केहीदिनमा ठिक नभए डाक्टरलाई देखाई हाल्नु पर्छ ।
    २. संक्रमित ब्यक्तिलाई भेट्दा वा सम्पर्कमा आउँदा विशेष सावधानी अपनाउनु पर्छ । उनीहरूसँग खास दुरी बनाएर बस्नुपर्छ । रुघाखोकी लागेकाहरूसँग हात मिलाउने, अंकमाल गर्ने, नजिक बस्ने वा चुम्बन गर्नु हुँदैन ।
    ३. मौसम बदलिदा पथपहरेजमा विशेष ध्यान दिनुपर्छ । चिसो, धुवाधुलो र प्रदुषणबाट बच्नुपर्छ । विशेष गरी चिसोमा बालबालिका र बृद्ध बद्धाको विशेष ख्याल राख्नुपर्छ । प्रदुषित ठाउँमा जानै परे गुणस्तरीय मास्क लगाएर मात्र जाने ।
    ४. रुघाखोकीलाई हल्का रुपमा लिनु हुदैन किनकी निमोनियाको प्रारम्भिक लक्षण नै रुघाखोकी हो । अधिकांश आमाबुबाहरू बच्चालाई निमोनिया भैसक्दा पनि रुघाखोकी लागेको ठानेरै बसिरहन्छन् । यदि रुघाखोकी ४–५ दिनभित्र ठिक नभए अचानक तिब्र ज्वरो आए, खान मन नगरे, शरिर लल्याक–लुलुक भए तुरुन्त अस्पताल लग्नुपर्छ ।
    ५. विशेषगरि चिसोबाट बच्नुपर्छ । बच्चालाई चिसोबाट बचाउन प्रशस्त लुगा लगाएर न्यानो पारेर राख्नु पर्छ ।
    ६..नियोनिया संक्रमित ब्यक्तिसँग बच्चालाई टाढै राख्नुपर्छ ।
    ७. बालबालिकालाई आमाको दुध पिलाउने । आमाको दुधमा बच्चालाई चाहिने पोषकतत्वहरू र रोग प्रतिरोधक तत्वहरू हुन्छन् ।

    बुधबार, पुष २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.