• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

युवा भनेको लक्कानखल जवान,शारीरिक,मानसिक बौद्धिकरुपमा दरिलो मान्छे मात्रै होइन


  •   मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
  • – स्वरुप सुयाल
    युवा भनेको लक्कानखल जवान,शारीरिक,मानसिक बौद्धिकरुपमा दरिलो मान्छे मात्रै होइन।युवा त बिचार हो।दृस्ठिकोण पनि हो।युवालाई हामिले मात्रै बलियो र सशक्त मात्रै हुन्छन भनेर बुझ्नु हुदैन।युवा त एउटा आम त्यस्तै खाले सशक्त चिन्तनको पनि प्रवाह हो भन्ने बुझ्नु जरुरी छ।युवाहरुको सोच दृस्ठिकोण र चिन्तन आम अरु मान्छेहरुको भन्दा ज्यादा प्रगतिशील र उन्नत किसिमको हुन्छ।हामिले युवा भनेर उमेरलाई मात्रै सोच्ने बुझ्ने र परिभाषित गर्ने चिजलाइ अन्त्य पनि गर्नु जरुरी छ।उमेरको दृष्टिले पनि युवालाई फरक फरक उमेरसमूहमा राखेर परिभाषित गरिएको पाइन्छ ।संयुक्त राष्ट्र संघले एउटा उमेर समूहलाई युवा मान्छ भने भारतले फरक उमेर समूहलाई । नेपालको पनि आफ्नै परिभाषा छ ।नेपालले १६ देखि ४० वर्षका मानिसलाई युवा भनेर परिभाषित गरेको छ।यो परिभाषा अन्तर्गत आमा र छोरी, बाबु र छोरा एकैचोटि युवामा पर्न सक्छन्।भोलि राज्य नीति निर्माण गर्दा छोरालाई हेरेर काम गर्ने कि बाबुलाई हेरेर।यसरी हेर्दा हाम्रो परिभाषा वैज्ञानिक देखिएन ।खास खास उमेर समुहका किशोर किशोरी तथा युवाहरुको चासोलाई उचित रुपले सम्बोधन गर्ने प्रयत्नमा हामी सधैं कमजोर सावित हुदैं आएका छौं।अत हामिले युवा भनेको त विद्यमान सोच माथिको अझ उन्नत सोच हो भनेर बुझ्नु पर्छ।दुनियाँको सबैखाले राजनीतिक एवं सामाजिक परिवर्तन युवाको सहभागीता र उनीहरुकै महत्वपुर्ण भुमिका बिना सम्भब भएको छैन।हर कुनै घटना र मुद्दामा युवाहरुको लगनशील भुमिकाले गर्दा संसारको प्रायः सबै परिवर्तन सफल भएका हुन।राजनीतिक ब्यबस्था परिवर्तनको क्रान्ति र आन्दोलनहरुमा युवा शक्तिको सहभागीता उल्लेख्य रुपमा रह्यो।अझै भनौं हस्तक्षेपकारी नै भयो भन्नुपर्ने हुन्छ।समाजको आर्थिक,सामाजिक एवं राजनीति अभियानमा युवाहरुले अत्यन्तै उत्कृष्ट भुमिका निर्वाह गरेको दृष्टान्त संसार सामु जगजाहेर छ।दुनियाँलाई यसरी परिवर्तन गर्न सक्ने,संसारलाइ उलटलुलट गर्न सक्ने युवाहरुलाई भविस्यको कर्णधार मात्रै बनिरहेको तर अझै पनि वर्तमानमा साझेदार बन्न नसकिरहेको परिस्थिति छ।युवालाई केवल देखाउने,लडाउने,बिद्रोह गर्न मात्रै लगाउने अनि सत्ता र शक्तिमा ,निति निर्माण र कार्वान्वयनको तहमा सहभागीता भने नगराउने रोग समाजमा ब्याप्त नै छ।युवाहरुले अरु सबैले गर्न सक्ने जति सबै क्षेत्रका काम कारवाही गर्न सक्छन तर यो या त्यो कारण र रुप देखाएर उनीहरुलाई भुमिका दिइदैन।अब युवाहरुले आफ्नो अर्गानिक क्षमताको भुमिकाको निमित्त आवाज उठाउनै छ।युवाहरुले आफ्नो क्षमता अनुसारको काम आफैले गर्न पाउने ब्यबस्थाको निमित्त हस्तछेपकारी आफ्नो दायित्वलाई सम्झिएर त्यसको निमित्त लाग्नै पर्ने बेला आएकोछ।एकजना युवा समाजको सबै खाले जिम्मेवारी लिएर वर्तमानको जिम्मेवार भुमरीमा निर्वाह गर्दै भविस्यको निमित्त थप परिपक्वता प्रदर्सन गर्न सक्षम हुन्छ।तर यसको लागि युवाले पनि बिचार,चेतना र ज्ञानको दायरा अभिवृद्धि गर्नु जरुरत हुन्छ।एउटा युवा सक्षम हुन राजनीतिक ,सामाजिक,आर्थिक र सांस्कृतिक रुपमा सबै पक्ष को थोर बहुत विषयमा जानकार र शिक्षा हासिल गर्नु पर्छ।यहाँ औपचारिक शिक्षा मात्रै होइन अनौपचारिक शिक्षालाई पनि युवा समुदायले विशेष चाख राख्नु पर्दछ।अध्यनको दायरालाई अझै फराकिलो बनाउनु पर्दछ।विश्वबिधालयबाट औपचारिक शिक्षा लिनु त अनिवार्य नै छ तर युवा शक्ति अझै परिपक्क र उत्कृष्ट बन्नका लागि समाज देश दुनियाँ र संसारलाई नजिकबाट चिन्नु जरुरी छ।यसरी समाजलाइ चिन्न बुझ्न् समुह,संगठन र राजनीतिक मोर्चाहरुमा अझै हस्तक्षेपकारी भुमिकामा युवाहरुले आफुलाइ उभ्याउन जरुरी छ।२०६२/६३ को शान्तिपूर्ण जनक्रान्ती पछि नेपाली राजनीतिमा केही हदसम्म युवा शक्तिको भुमिका बढेको छ।यद्यपि यो पर्याप्त र उचित स्थान सम्म भने अझै पुग्न सकेको छैन।नेपाली राजनीतिमा एकजना युवा कुनै राजनीतिक पार्टीमा छिरिसकेपछि नेता बन्नको लागि पार गर्नुपर्ने चरणहरु धेरै छन् । ठुला भनिने पार्टीहरु जस्तो कि नेपाली कांग्रेस र नेकपामा अझै पनि साधारण सदस्य बनेको निश्चित वर्षपछि मात्रै केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाइन्छ। यसरी हेर्दा कुनै पनि मानिसले आफ्नो प्रतिभा र क्षमताले नेतृत्व गर्ने होइन कि पार्टी प्रवेश गरेपछि पार्टी जस्तो छ त्यस्तै बनिसकेपछि मात्रै नेतृत्वमा आउने सम्भावना रहन्छ।हाम्रा राजनीतिक पार्टी भित्रका संरचनाहरु युवा मैत्री पटक्कै होइनन् ।छैनन् ।समाजको परिवर्तन गर्ने मुख्य शक्ति राजनीतिक पार्टी नै भएकोले युवा समुदायले राजनीतिक पार्टीमा नै आफ्नो भुमिका खोज्ने,राजनीतिक रुपमा नै दृस्ठिकोण निर्माण गर्ने र राजनीति सिद्धान्तकै आधारमा सामाजिक रुपान्तरणको अभियानहरु संचालन गर्नुपर्दछ।हामी युवाहरुले तत्कालको नाफाघाटा, तत्कालको स्वार्थलाई भुलेर स्वावलम्बी, दक्ष र व्यवसायिक बन्नु पर्दछ।हामी युवामा कुनै पनि नेताको फेर नसमातिकन म आफ्नो तरिकाले मेरो निजी जिन्दगी बाँच्न सक्छु भन्ने क्षमता र आत्मविश्वासको विकास गर्नुपर्दछ।त्यसरी बाँच्न सक्ने क्षमता र आत्मविश्वास हासिल गरिसकेपछि नेताहरुसँग प्रश्न गर्न सकिन्छ र नयाँ एजेन्डा स्थापित गर्न सकिन्छ।वैचारिक रुपले प्रष्ट र पारदर्शी बनाउन सकिन्छ।यसबाट आन्तरिक लोकतन्त्र बलियो बनाउन सक्ने आत्मविश्वास पनि युवाहरुमा विकास हुन्छ।यसरी, पहिला युवाहरु नै एजेण्डामा स्पष्टता, वैचारिक प्रष्टता हासिल गर्न सक्यौं भने बल्ल पार्टी्भित्र नयाँ संगठन र अभियान संगठित गर्न सकिन्छ।यसरी,दलको रुपान्तरण सम्भव हुन्छ र दल फेरिए देश फेरिन सक्छ।यसैले युवाहरु समाजलाई फेर्ने हाम्रो ऐतिहासिक दायित्वलाई कहिल्यै भुल्नु हुदैन।आज अन्तर्राष्ट्रिय युवा दिवसको दिनमा मात्रै हामिले यस युगिन दायित्वलाई सम्झ्निने होइन।१२ अगस्टलाई हामी अन्तर्राष्ट्रिय युवा दिवसको एउटा प्रतीकको दिनको रुपमा ऐतिहासिक बनाइ सम्झिरहेका छौ।तर दुनियाँको हरेक दिन हामी युवाहरुको नै हो।लेखक अनेरास्ववियूका केन्द्रिय सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का युवानेता

    Advertisement

    मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.