• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपालमा महिला उद्यमशीलताः संभावना, चुनौती र अवसर


  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित
  • -कल्पना आचार्य
    उद्यमशिलताको क्षेत्रमा काम गर्न थालेको लगभग १० बर्ष हुन लागेछ । यो १० बर्षको अवधिमा पूर्व मेची देखि पश्चिम माहाकाली सम्मका विभिन्न ठाउमा प्रशिक्षक बनेर जाने अवसर मिल्यो । यो विचमा कयौ महिला उद्यमीहरुलाई उद्यमशिलता विकास तालिम मार्फत प्रशिक्षण गरियो । साथै महिला उद्यमीहरु विच अन्तर्क्रिया  गरियो उनिहरुले भोगेका दुःख र पीडाहरुलाई पनि नजिक बाट नियाल्ने समय मिल्यो । हजारौ समस्याले घेरिएर पनि आफ्नो उद्यमशिलताको यात्रा जारी राखेका महिलाउद्यमीहरुले भोगेका पीडाहरु लेख्नेहो भने छुटै किताब तयार हुन्छ । आज चाही म महिला उद्यमशिलताका बिषयमा केही सन्दर्भ यो लेख मार्फत समेट्ने प्रयास गरेकी छु । यो लेखले नेपालमा महिला उद्यमशीलताको संभावना, चुनौती, र अवसरहरूको अध्ययन गर्ने प्रयास गरेको छ।
    नेपाल जस्ता विकासशील देशहरुमा महिला उद्यमशीलताको विकासले १९८० को दशकमा गति लिएको देखिन्छ । यस अवधिमा महिलाहरूले लघु उद्यम शुरू गर्दै आत्मनिर्भर हुन थाले। खासगरी कृषि, हस्तकला, र लघु उद्योगमा महिलाहरूको योगदान बढ्न थाल्यो। गैरसरकारी संस्थाहरू र सहकारीहरूको स्थापना यस क्रममा महत्वपुर्ण योगदान थियो, जसले महिलाहरूलाई उद्यमशीलतामा आकर्षित ग¥यो।महिला उद्यमशीलताले उनीहरूलाई पारिवारिक जिम्मेवारीबाट बाहिर ल्याउँदै आर्थिक रूपमा आत्मनिर्भर बन्ने अवसर प्रदान गरेको छ।
    नेपाल जस्तो विकासशील राष्ट्रमा महिला उद्यमशीलता बढ्दो चासो र महत्वको विषय बनेको छ । पछिल्लो दशकमा महिलाहरूले उद्यमशीलता क्षेत्रमा आफ्नो सशक्त उपस्थिति जनाउँदै आएका छन। यो परिवर्तनले महिलाहरूलाई आर्थिक र सामाजिक सशक्तीकरण गर्न मात्र मद्दत पु¥याएको छैन, देशको समग्र आर्थिक विकासमा पनि सकारात्मक प्रभाव पार्दै छ। तथापि, यस यात्रामा उनीहरू विभिन्न चुनौतीहरूसँग पनि जुधिरहेका छन।
    नेपालमा महिला उद्यमशीलताको वर्तमान अवस्था :
    नेपालको कुल जनसंख्यामा करिब ५०% भन्दा बढी महिला छन तथापि, उनीहरूको आर्थिक योगदान परम्परागत रूपमा कम नै रहेको छ। नेपालमा महिला उद्यमशीलताको इतिहास लामो नभए तापनि पछिल्लो समय विशेष गरी लघु तथा साना उद्योगहरूमा महिलाहरूको सक्रियता देख्न सकिन्छ
    महिलाहरूले कृषि, हस्तकला, पर्यटन, शिक्षालगायत क्षेत्रमा उद्यम शुरू गरेका छन्। विशेष गरी ग्रामीण क्षेत्रमा महिला उद्यमशीलताको प्रवर्द्धन गर्दै विभिन्न गैरसरकारी संस्था र सरकारी कार्यक्रमहरूले तिनको आर्थिक भूमिका बढाउन मद्दत गरेका छन्। नेपालमा लघु ऋण र सहकारी संस्थाहरूले महिलाहरूलाई सानो उद्यम शुरू गर्न प्रेरित गरिरहेका छन्।
    नेपालमा महिला उद्यमशीलतालाई सहयोग गर्ने विभिन्न गैरसरकारी संस्था)हरूले महिलाहरूलाई आर्थिक, सामाजिक, र प्राविधिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। यी संस्थाहरूले महिलालाई उद्यमशीलता सम्बन्धी सीप, पूँजी, तालिम, र सञ्जाल प्रदान गर्ने कार्य गर्दै आएका छन्। यहाँ केहि प्रमुख गैरसरकारी संस्थाहरू र तिनले महिलालाई कसरी सहयोग पु-याइरहेका छन् भन्ने विषयमा जानकारी प्रस्तुत गरिएको छ।

    Advertisement

    १. SAATH -South Asia Association for Traditional Handicrafts
    हस्तकला उद्यममा SAATH संस्थाले नेपाली महिलाहरूलाई विशेष गरी ग्रामीण क्षेत्रमा हस्तकला, कपडा, र अन्य परम्परागत शिल्पकलामा उद्यमशीलता विकास गर्न प्रोत्साहित गर्दछ। महिलाहरूलाई उत्पादित सामग्रीको बजार व्यवस्थापनमा सघाउने, मार्केटिङ रणनीतिहरू सिकाउने, र अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउन मद्दत पु-याउने काम गर्छ।
    २. Nepal Women Entrepreneurs Association (NWEA)
    व्यावसायिक सञ्जाल र उद्यमशीलता प्रबर्द्धनः NWEA महिलाहरूलाई उद्यमशीलता सम्बन्धी सीप, वित्तीय स्रोतहरू, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्नका लागि काम गर्छ। यो संस्थाले उद्यमशील महिलाहरूको लागि सञ्जाल विस्तार, साझेदारी, र बजार रणनीतिहरूमा सहजीकरण गर्दछ।
    ३. Shakti Milan Samaj
    आर्थिक सशक्तीकरण र उद्यमशीलता तालिमः शाक्ति मिलन समाजले महिलाहरूलाई उद्यमशीलता विकासका लागि आर्थिक सहयोग, लघु उद्यमका लागि स्रोतहरू, र वित्तीय सहजीकरण प्रदान गर्दछ। यो संस्थाले विशेष गरी वैकल्पिक उर्जा, हस्तकला, र अन्य साना उद्यमका क्षेत्रमा महिला उद्यमीलाई प्रोत्साहन गर्दछ।

    ४.Micro Enterprise Development Programme MEDEP
    लघु उद्यम विकासः MEDEP संयुक्त राष्ट्र विकास कार्यक्रम UNDP द्वारा सञ्चालित एउटा परियोजना हो, जसले महिलाहरूलाई साना उद्यम शुरू गर्न र सञ्चालन गर्न आवश्यक सीप र वित्तीय सहायता प्रदान गर्दछ। विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै लघु उद्यमहरूको प्रवर्द्धन गर्न यो कार्यक्रम सफल भएको छ।
    ५.WEAN -WomenÚs Entrepreneur Association of Nepal
    महिला उद्यमशीलताको प्रवर्द्धनः WEAN संस्थाले महिला उद्यमीहरूको विकास र सशक्तीकरणमा ध्यान दिन्छ। यसले महिलाहरूलाई व्यवसायमा आवश्यक कानूनी, वित्तीय, र व्यवस्थापकीय परामर्श प्रदान गर्दछ। साथै, महिला उद्यमीहरूले उत्पादन गरेको सामानलाई स्थानीय र अन्तर्राष्ट्रिय बजारसम्म पु-याउने काम गर्दछ
    ६. Room to Read Nepal
    शिक्षा र व्यवसायिक विकासः Room to Read विशेष गरी शिक्षा र व्यवसायिक विकासका क्षेत्रमा काम गर्छ। महिलाहरूलाई उद्यमशीलता विकासका लागि आवश्यक ज्ञान प्रदान गर्न यो संस्था सक्रिय छ। सीप विकास, नेतृत्व विकास, र सशक्तीकरण कार्यक्रमहरूले महिलालाई उद्यमशील बनाउन मद्दत पु¥याउँछ।
    नेपालमा महिला उद्यमशीलता बढाउन गैरसरकारी संस्थाहरूले महत्वपूर्ण भूमिका खेलिरहेका छन्। यी संस्थाहरूले सीप विकास, सञ्जाल विस्तार, वित्तीय सहयोग, र बजार व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पु¥याइरहेका छन्। महिला उद्यमीहरूले संस्थाहरूको सहायतामा आफ्नो क्षमता र सिर्जनशीलतालाई उद्यमशीलतामा रूपान्तरण गरी आर्थिक सशक्तीकरण र समाजमा सकारात्मक प्रभाव पारिरहेका छन्
    यी बाहेक अन्य धेरै गैरसरकारी संस्था छन् जसले महिला उद्यमशिलताका र महिला उद्यमीहरुको क्षमता अभिबृद्धिका लागि काम गरिरहेका छन् ।

    महिला उद्यमशीलताको संभावना
    . कृषि र ग्रामीण उद्यम
    नेपालको ग्रामीण क्षेत्रको प्रमुख आयस्रोत कृषि हो, र महिलाहरू कृषि उद्यममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। जैविक कृषि, दुग्ध उत्पादन, बागवानी, र पोल्ट्री फार्मजस्ता क्षेत्रमा महिला उद्यमशीलताको संभावना प्रचुर छ। यी उद्यमहरूले ग्रामीण महिलाहरूलाई आत्मनिर्भर बनाउन ठूलो भूमिका खेल्न सक्छन्। कृषिमा पनि नयाँ नयाँ उद्योगहरुको संभावनाहरु देखिइरहेका छन् । चितवनमा भर्खरै केही जुझारु युवाहरुको समुह मिलेर मालीदाई नामक नयाँ स्टार्टअप शुरु गरेका छन् जसले होटेल अपार्टमेन्ट, व्यापारिक प्रयोजनका घरहरु साथै आवश्यक पर्ने सबै ठाउमा बगैचा व्यवबस्थापनका सजावटका सबै कामहरु गर्छन ।
    पर्यटन
    नेपालमा पर्यटन उद्योग एक महत्वपूर्ण आर्थिक क्षेत्र हो, महिलाहरूले यस क्षेत्रमा होमस्टे, गाइड सेवा, र रेस्टुरेन्ट व्यवसायजस्ता गतिविधिहरूमा योगदान गर्दै आएका छन्। विशेष गरी ग्रामीण तथा पर्यटकीय गन्तव्यहरूमा महिलाहरूको नेतृत्वमा संचालित होमस्टे व्यवसायहरूले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरिरहेका छन्। यसले महिलाहरूलाई अवसर प्रदान मात्र गर्दैन, स्थानीय संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पु-याउँछ।
    इ–कमर्स र डिजिटल मार्केटिङ
    प्रविधिको विकाससँगै इ–कमर्स र डिजिटल मार्केटिङमा महिला उद्यमशीलताको नयाँ संभावना देखापरेको छ । इन्टरनेटको पहुँचसँगै महिलाहरूले आफ्ना उत्पादनहरूलाई अनलाइनमार्फत् बिक्री गर्न थालिरहेका छन्। अनलाइन सेल्स, डिजिटल मार्केटिङ, तथा अफिलिएट मार्केटिङमा महिलाहरूको आकर्षण बढ्दो छ, जसले उनीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सहयोग पु¥याउदै आएको छ । एउटा ठूलो नेपाली समुदाय विभिन्न देशमा छरिएर रहेका छन् । तिनिहरुको मायाको चिनो देखि विभिन्न पर्वहरुमा नेपालमा रहेका आफन्तलाई घरसम्म अनलाइन सामान ल्याइदिने परम्परा दिन प्रतिदिन बढिरहेको छ । यसले अनलाइन मार्केटिङको नया संभावनाको ढोका खोलीदिएको छ ।
    महिला उद्यमशीलताको चुनौतीहरू :
    पूँजी अभाव :
    नेपालमा महिला उद्यमशीलताको प्रमुख चुनौती भनेकै वित्तीय स्रोतको अभाव हो। धेरैजसो महिलाहरूलाई उद्यम शुरू गर्न आवश्यक प्रारम्भिक पूँजी जुटाउन कठिनाइ हुन्छ । बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त धितोको अभाव, लघु ऋणमा उच्च ब्याजदर, र अन्य वित्तीय अड्चनहरूले महिलाहरूलाई उद्यमशीलता क्षेत्रबाट पछि हटाउँछन् ।
    शिक्षा र सीपको अभाव :
    धेरैजसो नेपाली महिलाहरू शिक्षामा पछि परेका छन्, जसको कारणले उनीहरूको उद्यमशीलतामा प्रवेश गर्न कठिनाइ हुन्छ । व्यवसायिक ज्ञान, व्यवस्थापन सीप, र प्रविधिको सही प्रयोग नहुँदा उनीहरूले प्रतिस्पर्धात्मक बजारमा टिक्न समस्या भोग्नुपरेको छ। सीप विकास कार्यक्रमहरू अपूरा र पर्याप्त प्रभावकारी नभएको कारण महिलाहरूले आफ्ना उद्यम सफलतापूर्वक संचालन गर्न कठिनाइ महसुस गर्छन्।
    सामाजिक र सांस्कृतिक बाधा :
    नेपालको परम्परागत समाजमा महिलाहरूलाई पारिवारिक जिम्मेवारी र परम्परागत भूमिकामा बाँध्ने चलन अझै पनि छ । उद्यमशीलताको क्षेत्रमा महिलाहरूले पुरुषहरूसँग समान रूपमा प्रतिस्पर्धा गर्न खोज्दा उनीहरूलाई परम्परागत मूल्य र मान्यताले रोक्न खोज्छ । समाजले तयार गरेका केही बाधा बन्धनहरुले महिलालहरुलाई कुनै संस्थाको नेतृत्व गर्नमा बाधा सिर्जना गरिरहेको छ । उद्यमी महिलाहरुले समाजबाट पाउने साथ सहयोग र समर्थन पाइरहेको अवस्था छैन यसै कारणले महिलाहरूले समाजमा आवश्यक समर्थन र प्रोत्साहन प्राप्त गर्न कठिनाइ भोग्नुपरेको छ । अझै पनि नेपाली संस्कारमा महिला भनेको घर धान्नको लागि भन्ने विचारले जरो गाडेको छ।
    बजार पहुँच र प्रतिस्पर्धा :
    उद्यमशील महिलाहरूले बजारमा प्रतिस्पर्धा गर्न आवश्यक संसाधन र सञ्जाल अभावको समस्या पनि भोगिरहेका छन ्। विशेषगरी ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका महिला उद्यमहरूले आफ्नो उत्पादन बजारमा पु¥याउन र सही मूल्य प्राप्त गर्न कठिनाइ महसुस गरेका छन्। विशेष गरी अचार, गुन्द्रुक, साग ,मस्यौरा ,गौ, जौ,को पिठो जस्ता खाद्य सामाग्रीहरु बाँसका सामाग्रीहरु, क्रिस्टलका गरहनाहरु, हस्तकलाका सामाग्रीहरुमा महिला उद्यमीको रुची देखिएको छ । यी उत्पादनहरूको गुणस्तर मापदण्ड, प्याकेजिङ, र ब्रान्डिङमा कमी हुँदा बजारमा पहुँच घटिरहेको छ । यसलाई व्यापक रुपमा अध्ययन गरी महिलाहरुले उत्पादन गरेका बस्तुहरुको गुणस्तर, प्याकेजीङ,ब्रान्डिङमा सरकारी तथा गैररसकारी संस्थाले समन्वयकारी भुमिका खेलीदिनेहो भने गने यी उत्पादनहरुले बजार पाउन सक्छन् ।
    महिला उद्यमशीलताका अवसरहरू :
    सरकारी तथा गैरसरकारी सहायता :
    नेपाल सरकार र विभिन्न गैरसरकारी संस्थाहरूले महिला उद्यमशीलताका लागि विभिन्न सहायता कार्यक्रमहरू संचालन गर्दै आएका छन् । महिला उद्यमशीलता कोष, लघु ऋण कार्यक्रम, र महिला उद्यमशीलताका लागि सीप विकास तालिमहरू जस्ता सरकारी योजनाहरूले महिलाहरूलाई उद्यमशीलतामा आकर्षित गर्ने प्रयास गरिरहेका छन्।
    प्रविधिको पहुँच र डिजिटाइजेशन :
    प्रविधिको व्यापक पहुँचसँगै महिलाहरूले अनलाइन श्रोतहरूमा पहुँच बढाउँदै आफ्ना उद्यमहरूलाई डिजिटिलकरण गर्न सक्छन्। डिजिटल मार्केटिङ, ई–कमर्स, र प्रविधिको सही प्रयोगले उनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहयोग पु-याउन सक्छ।
    सामाजिक उद्यमशीलता :
    सामाजिक उद्यमशीलता महिलाहरूका लागि एक महत्वपूर्ण अवसर बन्न सक्छ, जसमा सामाजिक, सांस्कृतिक, र वातावरणीय समस्याहरू समाधान गर्न उद्यमहरूको प्रयोग गरिन्छ । महिलाहरूले स्वास्थ्य सेवा, शिक्षा, सरसफाइ, र ग्रामीण विकासजस्ता क्षेत्रमा सामाजिक उद्यम सञ्चालन गरी समाजमा सकारात्मक प्रभाव पार्न सक्छन्।
    नेपालमा महिला उद्यमशीलता प्रगति तर्फ उन्मुख छ, तर यसले सामना गरेका चुनौतीहरूलाई सम्बोधन नगरेसम्म पूर्ण सम्भावना प्राप्त गर्न गाह्रो छ। महिला उद्यमशीलताको विकासका लागि वित्तीय पहुँच सुधार, सीप विकास कार्यक्रमको विस्तार, बजारको पहुँचलाई सरल बनाउने, र सांस्कृतिक मान्यताहरूमा परिवर्तन आवश्यक छ। महिला उद्यमीहरूको सशक्तीकरणले नेपाललाई आर्थिक र सामाजिक दृष्टिकोणले मात्र होइन, समग्र राष्ट्र विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ।महिला हरुलाई उद्यमशिलतामा नेतृत्व लिने बनाउनका लागि उनिहरुको क्षमता अभिबृद्धि लागि बिशेष कदम चाल्नु पर्ने देखिन्छ । यसै क्रममा, सरकार, निजी क्षेत्र, र समाजको सहकार्य आवश्यक छ ताकि महिलाहरूले उद्यमशीलताको क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सकून् र आर्थिक रूपमा आत्मनिर्भर बन्नु का साथै समाज र राष्ट्रलाई योगदान गर्न सकुन ।

    आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.