• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

औषधि उद्योगले मुलुकलाई आत्मनिर्भरतातर्फ डोर्‍याउँदै


  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित
  • काठमाडौँ/नेपाल औषधिमा आत्मनिर्भरतातर्फ अग्रसर उन्मुख देखिन थालेको छ । ३० वर्षअगाडि नेपाली बजारमा नगन्य रुपमा नेपाली औषधि देखिन्थ्यो भने अहिले त्यो बढेर गएको छ । यसले गर्दा मुलुकको औषधि बजारमा नेपाली औषधिले ५० प्रतिशतको हाराहारीमा हिस्सा पुग्न थालेको छ । आजभन्दा २० वर्षपहिले १० प्रतिशत मात्र हिस्सा ओगेटेको नेपाली औषधि अहिले करिब ५० प्रतिशतमा हाराहारीमा पुग्न थालेको नेपाल औषधि उत्पादक सङ्घ (एपोन)का अध्यक्ष महेश प्रधानले बताउनुहुन्छ । उहाँले हरेक वर्ष औषधिको बजार हिस्सा बढदै गइरहेको बताउनुभयो । अहिले नेपाली बजारमा ९० अर्बको औषधि कारोबार हुने गरेको छ । त्यसमध्ये ३४ अर्ब नेपाली औषधिको खपत हुने गरेको छ । औषधि व्यवस्था विभागमा नेपाली औषधि उद्योग ८६ वटा आधुनिक उद्योग, ५५ आयुर्वेदिक उद्योग दर्ता रहेका छन् ।

    Advertisement

    नेपालमा २०१८ सालदेखि पशु निदान प्रयोगशालाले गौगोटीको खोप उत्पादन गरेसँगै औषधि उत्पादन सुरु भएको हो । २०२७ सालमा पशु तथा मानव प्रयोगका लागि रेबिज खोपको उत्पादन भएको हो । रासायनिक औषधिको हकमा २०२६ सालमा केमिङ स्थापना, २०३० सालमा शाही औषधिको स्थापना, २०३५ सालमा औषधि ऐन र २०३६ सालमा औषधि व्यवस्था विभागको स्थापना भएपछि २०४६ सालपछि बल्ल औषधि उद्योगको विकास भएको हो ।

    नेपाल औषधि उद्योगले उत्पादन गर्ने सात सयदेखि सात सय ५० प्रकारको मोलिक्युलको हकमा नेपाली औषधि उद्योगको बजार हिस्सा ७० प्रतिशत रहेको छ । ती मोलिक्युलबाट साढे पाँच हजार प्रकार औषधि उत्पादन हुन्छ तर समग्र औषधिको हिसाब गर्ने हो भने करिब ५० प्रतिशतको हाराहारी नेपाली औषधिको देखिएको र बिस्तारै मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन थालिएको बताउनुहुन्छ एपोनका उपाध्यक्ष सन्तोष बराल । “आजभन्दा २० वर्षअघि नेपाली औषधि बजारमा १० प्रतिशत मात्र हिस्सा रहेको थियो,” उहाँले भन्नुभयो, “अहिले हामीले आफ्नै मिहनेत, लगानीमा औषधि उद्योगलाई आत्मनिर्भर बनाउन थालेका छौ ।”

    यता सरकारी तवरबाट नेपाल औषधि लिमिटेडले पनि औषधि उत्पादन गर्ने गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले अहिले आठ प्रकारमा मात्र औषधि उत्पादन हुने गरेको बताउनुहुन्छ । “पहिले एक सय ४० प्रकारका सम्म औषधि हामीले उत्पादन गर्ने गरेका थियौँ । लिमिटेड चार वर्ष बन्द पनि भयो,” उहाँले भन्नुभयो, “अहिले आठ प्रकारका औषधिमा खुम्चिनु परेको छ ।” सरकारलाई मात्र औषधि उपलब्ध गराउँदै आएको लिमिटेडले उत्पादन गरेका सिटामोल र जीवनजलमा घाटा व्यहोरिरहेको उहाँले बताउनुभयो ।

    पूर्ण मात्रामा मेसिन सञ्चालन छैनन्

    नेपाली औषधि उद्योगका मेसिन पूर्णरुपमा सञ्चालनमा आएका छैनन् । केही औषधि उद्योगले ८० प्रतिशत मेसिन सञ्चालन गरिरहेका छन् । मुलुकका लागि ७० देखि ८० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता भए पनि सरकार नेपाली औषधि खरिद नगर्दा ती उद्योग पूर्णरुपमा सञ्चालनमा आउन नसकेको एपोनका अध्यक्ष प्रधान बताउनुहुन्छ । “नेपालमा ३० देखि ३५ प्रतिशत मात्र सञ्चालन भएका उद्योग पनि रहेका छन्,” उहाँले भन्नुभयो, “उद्योग पूर्णरुपमा सञ्चालन नहुँदा पर्याप्त मात्रामा औषधि उत्पादन हुन सकेको छैन ।”

    राज्यले मुलुकमा रहेका नेपाली औषधि उद्योगलाई पूर्णरुपमा सञ्चालन गर्नका बढवा दिनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । “जतिजति नेपाली उद्योगबाट औषधि उत्पादन गर्न सक्यो । त्यति नै हामी लगानी, उपकरण, जनशक्ति र भवनको प्रयोग त्यति नै हुन्छ । त्यसको प्रभाव प्रत्यक्ष÷अप्रत्यक्ष गरी मुलुकको आर्थिक अवस्थामा पर्दछ,” उहाँ भन्नुहुन्छ ।

    नेपाली औषधि सरकारले किन्नुप¥यो 

    एपोनले सरकारले सरकारी अस्पतालमा रुपमा प्रयोग हुने औषधि नेपालमा नै उत्पादन गरेको किनिदिनुपर्ने  बताउँछन् । केन्द्र, प्रदेश र स्थानीय तहलगायत सरकारी अस्पताल, नेपाली सेना, नेपाल प्रहरी अस्पतालले मात्र नेपालमा उत्पादन भएका औषधि किन्ने हो भने पनि नेपाली उद्योग फस्टाउने सङ्घका अध्यक्ष प्रधान बताउनुहुन्छ ।

    “सरकारले हामीले उत्पादन गरेका र उत्पादन गर्न सक्ने औषधि किनिदिन प¥यो । हामी मुलुकलाई औषधिलाई अभाव नहुने गरी जति पनि औषधि उत्पादन गर्दछौं,” उहाँले भन्नुभयो, “त्यसपछि सरकार पनि बाहिरबाट आयात गर्ने औषधिलाई बन्द गर्नुपर्दछ, स्वदेशी औषधि उद्योगले कुनै पनि औषधि उत्पादन गरेको छभने त्यो औषधि बाहिरबाट नल्यादिनुहोस् ।”

    औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपाली औषधिले उद्योगले उत्पादन गरेका औषधि सरकारले प्रतिस्पर्धाको आधारमा खरिद गर्नुपर्ने बताउनुहुन्छ । “सरकारले स्वास्थ्य बीमा तथा सरकारी अस्पतालमा खरिद गर्ने औषधिहरु नेपाली उद्योगले उत्पादन गरेका औषधिहरु स्वदेशी प्रतिस्पर्धामा खरिद गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “सरकारले नेपाली औषधि खरिद गर्ने हो भने नेपाली औषधिको बजार हिस्सा बढ्छ । औषधि उद्योगले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउँछन् ।”

    विभागका महानिर्देशक ढकालले नेपाली औषधिको बजारमा पहिलेको तुलनामा बढी पाइने गरेको बताउनुहुन्छ । “मैले थाहा पाउँदासम्म नेपाली उद्योगको बजार हिस्सा १० प्रतिशतभन्दा कम रहेको थियो,” उहाँले भन्नुभयो, “आजकाल नेपाली औषधिहरु बजारमा देखिन्छन् । हामी औषधि पसलको अनुगमन गर्न जाँदा नेपाली औषधि पनि पर्याप्त मात्रामा देखिन थालेका छन् ।”

    उहाँले अहिलेको औषधि उद्योगका क्षमताले ७० देखि ८० प्रतिशत नेपालकै औषधिले नेपाली बजारमा आपूर्ति गर्ने सक्ने क्षमता भए पनि सरकारले आवश्यक सहयोग गर्न नसक्दा क्षमता ३० देखि ४० प्रतिशतमा मात्र सीमित रहेको बताउनुभयो । उहाँले सरकारको खरिद गर्ने प्रक्रिया खुला रहेको कारण नेपाली औषधिले  विदेशी औषधिसँग प्रतिस्पर्धा गर्न नसकेको बताउनुहुन्छ ।

    “सरकारको प्रतिस्पर्धाका आधारमा औषधि खुला खरिद गर्ने प्रक्रियामा जुन सस्तो छ, त्यही औषधि सरकारले किन्ने गर्दछ । विदेश उद्योगले हाम्रोभन्दा सस्तो दरमा सरकारलाई औषधि उपलब्ध गराउँछन्,” उहाँले भन्नुभयो, “नेपाली औषधिले उत्पादन गरेका औषधि विदेशीसँग प्रतिस्पर्धा गर्न सक्दनाँै । अनि नेपाली औषधिले उत्पादन गरेका औषधि बिक्दैनन् र क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।” उद्योगीलाई राजस्व, बैङ्कको ऋणमा ब्याजदर र अध्ययन तथा अनुसन्धानमा सहुलितय दिनुपर्ने उहाँको भनाइ छ ।

    यस्तै सरकारले छरिएर खोलिएका उद्योगलाई निश्चित क्षेत्रमा सरकारले जग्गा पानी, बाटो, बिजुली पुर्याएर एकै विशेष आर्थिक क्षेत्र (सेज) जस्तै राख्नुपर्ने सुझाव दिनुहुन्छ । महानिर्देशक ढकालले सरकारले औषधि उद्योगका लागि आवश्यक पर्ने प्रविधि हस्तान्तरणदेखि नयाँ नयाँ प्रविधि भित्र्याउनका लागि सहयोग गर्नुपर्ने भनाइ राख्नुभयो । “सरकार औषधिको लागि चाहिने नयाँ नयाँ प्रविधि ल्याउन र उद्योगको विकासमा खासै देखिएको छैन,” उहाँले भन्नुभयो, “फर्मा पढाइ हुने कलेजमा औषधिसम्बन्धी अनुसन्धान र नवीनतम् खालका कार्यक्रम गर्न सकिएमा नेपाली औषधिको क्षमता र औषधिको उत्पादन बढ्छ ।”

    सामान खालको औषधि उत्पादन

    नेपाली औषधि उद्योगले सामान खालका औषधि उत्पादन रहेको पाइएको छ । विभिन्न उद्योग कम्पनीले एकै किसिमका औषधि उत्पादन गर्ने गरेको विभागका महानिर्देशक ढकालले बताउनुहुन्छ । “धेरैजसो कम्पनीले उस्तै खालका औषधि उत्पादन गरिरहेका छन् । सामान खालका औषधि उत्पादन गर्ने प्रतिस्पर्धा रहेको छ,” उहाँले भन्नुभयो ।

    एपोनका  उपाध्यक्ष बरालले पनि उद्योगले प्रायःजसो एकै खालका औषधि उत्पादन गरेको स्वीकार गर्नुहुन्छ । सरकारलै नीति बनाएर एकै खालका उत्पादन हुने औषधि उत्पादन गर्न नदिनै नीति लिएको खण्डमा भएका उद्योगको उत्पादन पनि बढ्ने र बजारमा अनावश्यक एकै किसिमको औषधिमा प्रतिस्पर्धा नहुने उहाँको भनाइ छ ।

    भएन मूल्य समायोजन 

    एपोनका उपाध्यक्ष बरालले १६ वर्षदेखि औषधि मूल्य समायोजन नभएको बताउनुुहुन्छ । २०६२ सालमा पहिलोपटक र २०७२ सालमा दोस्रोपटक मूल्य समायोजन भए पनि औषधिको मूल्य समयानुकूल परिमार्जन हुन सकेको छैन ।

    उद्योगलाई चलायनमान गराउन र मुलुकलाई नेपाली औषधिले सेवा गर्न मौका दिनका कम्तीमा पनि वर्षकौ एकपटक औषधिको मूल्य समायानुकूल परिमार्जन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । “२०६२ सालमा कतिपय औषधिको मूल्य तोकिएको थियो । त्यसपछि औषधिको मूल्य समायोजन गरिएको छैन,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय मूल्यअनुसार कच्चापदार्थको मूल्य बढिरहेको हुन्छ । कर्मचारीको तलब, बैङ्कको ब्याज पनि बढिरहेको छ । हामी १६ वर्ष पुरानो मूल्यमा औषधि बेच्न सक्दैनौँ ।”

    भारत संसारमा सस्तो दरमा औषधि बनाउने देश हो तर नेपाली औषधि उद्योगले भारतभन्दा सस्तो दरमा औषधि बेच्नुपर्ने वाध्यता रहेको छ । “सरकारले भारतभन्दा महङ्गोमा औषधि तिमीहरुले बेच्न पाउँदैनौँ भनेर भनोस् र भारतको भन्दा सस्तो नहुने गरी मूल्य समायोजन गरोस् । त्योभन्दा ठूलो नेपाली औषधिका लागि राष्ट्रले केही सोच्नु पर्दैन,” एपोनका अध्यक्ष प्रधानले भन्नुभयो । विभागका महानिर्देशक ढकालले अन्तर्राष्ट्रिय रुपमा बजारअनुसार नेपाली औषधिको मूल्य पनि समायोजन हुनुपर्ने बताउनुहुन्छ ।

    चार अर्बले घट्यो कारोबार

    औषधि उद्योगीहरु कोभिड–१९ महामारीलगत्तै देशको अर्थतन्त्रमा देखिएको सङ्कट र यही समयमा सरकारले उद्योगीका लागि लिएको गलत नीतिका कारण कारोबार घट्दै एपोनका उपाध्यक्ष बरालको भनाइ रहेको छ । आर्थिक वर्ष २०७८/७९ नेपालमा नेपाली उद्योगीहरुको झन्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो । तर आव २०७९/८० मा रु २९ अर्ब ३६ करोड मात्र कारोबार भएको उहाँले बताउनुभयो ।

    विगतमा औषधि उद्योगीले वर्किङ क्यापिटल लोन टर्न ओभरको ८० प्रतिशतसम्म पाउने गर्दथ्यो तर अहिले नेपाल राष्ट्र बैङ्कले नयाँ नियम ल्याएर ५० प्रतिशत मात्र दिने व्यवस्था गर्दा औषधि उद्योगलाई समस्यामा परेका उहाँको भनाइ छ । “सरकारले नेपाली उत्पादतकलाई सहयोग नगर्दा देशमा नेपाली औषधिको बजार हिस्सा क्रमशः गुम्दै विदेशीको बजार बढ्दै गएको देखिन्छ,” उहाँले भन्नुभयो, “सरकारले हाम्रा उद्योग सञ्चालनका लागि सहयोग नगर्ने हो भने हामी उद्योग सञ्चालन गर्न सक्दैनौँ ।”

    एपोनका अनुसार १० वटा औषधि उद्योग बन्द भएका छन् । “भएका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकैका छैनन् । यसको प्रमुख कारण एकै प्रकारका औषधि धेरै उद्योगको हुनु र विदेशबाट पनि नेपाली औषधि उद्योगले उत्पादन गर्ने औषधि आयात हुनु हो,” एपोनका उपाध्यक्ष बरालले भन्नुभयो । रासस

    बुधबार, फागुन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.