• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

आफ्ना चेलाहरूले आफूप्रति गरेको सम्मान नै करोडौको सम्पत्ती हो ः लामा


  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
  • वि.स. २०१९ साल असार १० गते चितवनको शारदानगर गाविसमा जन्मिनु भएका गगन लामा कराँते खेल क्षेत्रमा लाग्नेहरुका लागि नयाँ नाम होइन । आफ्नो युवा अवस्थादेखि अहिलेको अवस्थासम्म कराँते खेलका माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएका लामा निकै सरल, मिजासिलो एवम् सामाजिक व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । नेपालको कराँते इतिहासमा संस्थापक प्रशिक्षकको जिम्मेवारी समेत सम्हालीसक्नु भएका लामाले कराँतेको वरिष्ठ प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट कराँते खेलको लागि मध्यमाञ्चल प्रमुखको जिम्मेवारी समेत सम्हाली सक्नु भएका छ । कराँते खेलमा आफ्नो जीवनको आधा भन्दा बढी समेत बिताईसक्नु भएका लामा हाल सितोरियो कराँते संघ बागमती प्रदेशका अध्यक्ष र नेपाल कराँते महासंघ बागमती प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ । लामाले आफ्नो जीवनकालमा भोगेका भोगाईहरुको बारेमा उज्यालो टाईम्सका प्रधान सम्पादक राजु भट्टले गर्नुभएको कुराकानीको संक्षिप्त जानकारी ः

    Advertisement

    कलेज तहको अध्ययनको क्रममा पढाइ नै छाडेर कराँते खेलमा लाग्नु भएका लामा यसबाट आत्मसम्मान आत्मविश्वास र आत्म सुरक्षा पाएको बताउनुहुन्छ । कराँते खेलमा लामो समय बिताएका लामा आफुले के पाएँ भन्दा पनि आफुले राज्यलाई के दिए भन्ने कुराको बढी चिन्ता गर्नुहुन्छ । उहाँले प्रशिक्षण दिएका कैयौ व्यक्तिहरु हिजोआज देशविदेशमा कराँतेका प्रशिक्षकको जिम्मेवारी सम्हाली रहेका छन् । आफ्ना चेलाहरूले आफूप्रति गरेको सम्मान नै करोडौ सम्पत्ती भएको लामा बताउनु हुन्छ । कराँतेमा लागेको कति महिला र पुरुषहरु सम्मानितसँगै नाम र दाम दुवै कमाई रहेका लामा बताउनुहुन्छ । लामाले सामान्य कराँतेको खेलाडीदेखि वरिष्ठ प्रशिक्षक हुँदै कराँते खेलको प्रदेशको अध्यक्ष सम्म आइपुग्दा धेरै संघर्ष गरेको बताउनुहुन्छ ।
    चितवनको शारदानगरबाट बाल शिक्षाको अध्ययन गर्दागर्दै बीचमा कक्षा ८ र ९ अध्ययन गर्न उहाँ दरवार हाइस्कुल काठमाण्डौं पुग्नुभयो । एसएलसीका लागि फेरी चितवन फर्केर शारदानगर माविबाट वि.सं. २०३६ सालमा लामाले एसएलसी पास गर्नुभयो । फेरी थप अध्ययनको लागि लामाले रत्नराज्य क्याम्पस काठमाण्डौंमा प्रमाणपत्र तहको अध्ययनको लागि भर्ना हुनुभयो । सानै उमेरदेखि कराँते खेलप्रति निकै रुचि रहेको लामा बताउनुहुन्छ । त्यस समयमा नेपालमा कराँते खेलले वैधानिकता पाएको थिएन । स्कूल जीवनमा चित्रमा देखाइएको कुरालाई हेरेर उहाँले कराँते अभ्यास गर्नुहुन्थ्यो ।


    कलेज तहको अध्ययनको क्रममा लामाले वि.सं. २०३७ सालमा तत्कालिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाबाट काठमाण्डौको बौद्धमा कराँतेमा प्रशिक्षण लिने अवसर पाउनुभयो । नेपालमा प्रतिबन्ध रहेको कराँते त्यस बखत लुकेर सिक्नु पर्ने अवस्था रहेको स्मरण गर्नुहुन्छ लामा । वि.सं. २०३८ सालबाट कराँते खेलले औैपचारीक रुपमा वैधानिकता पाएको थियो । त्यस वखत थानेश्वर राईले नेपालमा सितोरियो कराँतेको प्रवेश गराउनु भएको थियो । लामाले सोही समयमा राईसँग काठमाण्डौमा सितोरियो कराँतेको प्रशिक्षण समेत लिने मौका पाउनुभयो । राईकै मातहतमा उहाँले सबै तहको प्रशिक्षण पूरा गर्ने मौका पाउनुभयो । त्यसपछि वि.सं. २०३९ सालदेखि चितवनमा प्रशिक्षकको रुपमा उहाँले काम समेत शुरु गर्नुभएको थियो ।

    तत्कालिन अवस्थामा नेपालमा ब्राउन बेल्ड तहसम्मको मात्र प्रशिक्षण लिन पाउने अवस्था थियो । नेपालमा व्ल्याक बेल्ड (फ्रस्ट डान) लिन पाउने व्यवस्था नभएका कारण लामाले २०४१ सालमा सिंगापुरबाटै फस्ट डान प्राप्त गर्नुभयो । लगत्ते सिंगापुरमा भएको एसियास्तरको कराँतेको आमन्त्रित च्याम्पियनसिपमा लामा नेपालको तर्फबाट समेत सहभागी हुनुहुन्थ्यो । त्यसपछि सन् १९९१ मा सिगापुरबाटै सेकेन्ड डान समेत प्राप्त गर्नुभयो बैंककमा भएको आमन्त्रित च्याम्पियनसिपमा नेपालको सर्फबाट १७ जना खेलाडीको सहभागीता भएको कार्यक्रममा लामाले समेत महत्वपूर्ण जिम्मेवारी वहन गर्नुभएको थियो । लामाले कराँतेमा २०५० सालमा थर्ड डान र २०५७ सालमा फोर्थ डान प्राप्त गर्नुभएको थियो ।


    कराँते खेलको प्रशिक्षणमा निकै अब्बल बन्दै जानुभएका लामाले २०३९ सालदेखि नै चितवनमा प्रशिक्षण गराई हालको समयमा समेत उहाँ एक कुशल प्रशिक्षकको रुपमा स्थापित हुनुहुन्छ । शुरुका दिनहरु नगरवन, वागेश्वरी वन लगायतका जंगल क्षेत्रमा कराँते प्रशिक्षण गराएको अनुभव सुनाउनुहुन्छ । तत्कालिन अवस्थामा खुला रूपमा कराँते सिक्नको लागि अनुमती थिएन । काठमाण्डौमा खुला भएको भएतापनि चितवनमा खुला भईसकेको थिएन । विद्यार्थीलाई कराँते सिकाइ रहेको अवस्थामा विद्यार्थी सहित उहाँलाई चितवन प्रहरीले पक्राउ गरी दुई दिनसम्म थुनामा राखेको थियो । पछि परिषद् बाट पत्र आएपछि उहाँलाई प्रहरीले छाडेको थियो । त्यस पश्चात हालको कभर्ड हल भएको स्थानमा गुराँस क्लवको हल थियो । त्यस हलमा कराँते प्रशिक्षण गराउनका लागि समाजसेवी बद्री तिमिल्सिनाको ठूलो योगदान रहेको लामाले स्मरण गर्नुभयो ।


    राष्ट्रिय खेलकुद परिषद्ले वि.सं. २०६४ सालमा मध्यमाञ्चलको कराँते प्रमुखको रुपमा जिम्वेवारी दिएपछि उहाँको जिम्बेवारी झन बढ्दै गयो । उहाँले वि.सं. २०५२ सालदेखि राष्ट्रिय खेलकूद परिषद्मा कराँते प्रशिक्षकको रुपमा समेत आफ्नो भूमिका निर्वाह गरिसक्नु भएको छ । वि.सं. २०४५ सालमा चितवनमा सम्पन्न अधिराज्यव्यापी कराँते प्रतियोगिता लामाकै नेतृत्वमा सम्पन्न भएको थियो । आठौं साफ गेममा कराँतेको राष्ट्रिय प्रशिक्षकको रुपमा उहाँले जिम्बेवारी पूरा गरिसक्नु भएको छ । उक्त गेममा नेपालले कराँतेमा १४ वटा स्वर्ण पदक समेत हात पारेको थियो । त्यसबेला तत्कालिन युवराज दिपेन्द्र वीर विक्रम शाहको हातबाट नगद सहित सम्मान पत्रले लामालाई सम्मान गरिएको थियो । उहाँलाई विभिन्न क्षेत्रबाट कराँते खेलमा पु¥याएको योगदानको उच्च कदर गर्दै पुरस्कार र सम्मान पत्रहरुबाट सम्मान समेत गरिएको छ ।


    वि.सं. २०४२ सालमा नेपाल सितोरियो कराँते संघ स्थापना भयो । चितवनमा पनि यसको संरचना खडा गर्न लामाको ठूलो योगदान रहेको कराँते खेलसँग सरोकार राख्ने व्यक्तिहरुले बताउँदै आएका छन । सोही अनुरुप उहाँकै नेतृत्वमा भरतपुरमा आफ्नै भवनको तयार भएको र उक्त भवनमा कार्यालय सञ्चालन हुँदै आएको समेत छ । भरतपुरमा आफ्नो भवन र कार्यालय नहुनु अगावै वि.सं. २०५६ सालमा रामपुरमा कराँते खेलको तालिमको लागि भवन समेत निर्माण भएको थियो । उक्त भवनको तत्कालिन खेलकुद मन्त्री शरदसिंह भण्डारीले उद्घाटन गर्नुभएको थियो । हालको अवस्थामा उक्त भवनमा कराँतेको तालिम समेत हुँदै आएको छ । चितवनमा अहिलेको समयमा २५ भन्दा बढी ठाउँमा कराँतेको प्रशिक्षण हुँदै आएको लामा बताउनुहुन्छ ।
    खेल क्षेत्रमा सरकारको तर्फबाट जुन सहयोग र साथ पाउनु पर्ने हो त्यो भने हुन नसकेको लामाको दावी छ । खेल क्षेत्रमा सहकारले उच्च प्राथमिकतामा राखेर काम गर्ने हो भने देशलाई चिनाउने खेलाडीहरु उत्पादन गर्न सकिने उहाँको धारणा छ । कराँते खेललाई हरेक अभिभावकले आफ्नो आत्म सम्मान, आत्मरक्षा, स्वास्थ र सम्पत्तिको रुपमा प्रयोग गरी अगाडि बढाउन सकियो भने यसको महत्व अझै बढ्दै जाने उहाँको विश्वास रहेको छ ।

    शनिबार, असोज १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.