• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

म जन्मँदै अरबपति थिएँ, तर खरबपति बन्ने चाहना कहिल्यै राखिन : गुणचन्द्र विष्ट


  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
  • काठमाडौं /पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारीसँग भेटमा मैले भनेको थिएँ कि म जन्मँदै अरबपति थिएँ, तर खरबपति बन्ने चाहना कहिल्यै राखिन, खरबपति बन्ने लक्ष्य राखेर काम गरेँ भने त्यो पूरा गर्न मलाई धेरै समय लाग्दैन’– देशविकाससँगको कुराकानीमा पोल्ट्री फादरको रुपमा चिनिने व्यवसायी गुणचन्द्र विष्टले भने– ‘जसरी पनि पैसा कमाउनुपर्छ भन्ने सोच भएको मान्छे म होइन, म त अहिले पनि सन्यासी हुँ ।’

    Advertisement

    सन्यास भनेको संसारिक बन्धनबाट मुक्त हुनु र निस्वार्थ भावले भगवानलाई निरन्तर याद गर्नु हो । सन्यासलाई शास्त्रमा जीवनको सर्वोच्च अवस्था भनिएको छ । ‘ब्रह्मचिन्तनमा लीन भई भौतिक आवश्यकताहरूप्रति उदासीन रहनेलाई सन्यासी भनिन्छ’ भनेर वृहत नेपाली शब्दकोषमा व्याख्या गरिएको छ । गुणचन्द्र विष्टले अहिले पनि आफूलाई सन्यासी भन्छन् । झ्याप्प दारी, लामो कपाल, झट्ट हेर्दा सन्यासी जस्तो देखिन्छन् पनि उनी । विद्धताको पनि कमी छैन उनमा । गुणचन्द्र विष्ट उनका बाबुआमाले दिएको नाम हो । सन्यासी भएपछि उनले आफ्नो नयाँ नाम राखे ‘स्वामी कृष्णानन्द भारती’ । जुन अहिले उनले आफ्नो परिचय दिँदा भन्ने गर्छन् । तर, उनी अरबपति हुन् । दर्जन उद्योगको मालिक पनि हुन् । भौतिक सुख सुविधा भोगेको हिसावले कोहीभन्दा कमजोर छैनन् उनी । मासु पनि खान्छन्, रक्सी पनि सेवन गर्छन् । अब उनलाई सन्यासी भनेर समाजले कसरी पत्याउने ? हामीले प्रश्न उठायौं । उनले भने– समाज बेवकुफ छ । नेताले राजनीतिबाट सन्यास लिए भन्छन् । खेलाडीले खेलबाट सन्यास लिए भन्छन् । झट्ट हेर्दा छोड्नेको नाम सन्यासी ।

    वास्तवमा त्यो सत्य होइन । जगतगुरु आदी शंकराचार्यले शुरु गरेको दशनाम सन्यास, गोरखनाथ बाबाको सन्यास, भिक्षुहरुको सन्यास फरक फरक भएझैं आफूले गरेको सन्यास पनि फरक भएको उनको दावी छ । सन्यासीहरुको मान्यता ठाउँ अनुसार, संस्कार अनुसार फरक फरक हुन्छ । संग्रह गर्नुहुन्न भन्नेमा सबै सन्यासीको समान मत छ । ‘ अहिलेको परिवेशमा भीख मागेर स्वामी बनिदैँन, कुनै बेला भीख श्रद्धापूर्वक दिइन्थ्यो, तर अहिले त्यस्तो छैन, स्वामी बन्न मालिक बन्नुपर्छ, अरुसँग मागेर मालिक बनिदैँन, आफूलाई चाहिने आफैले कमाउनुपर्छ भन्ने नवसन्यासीको मान्यता हो, म नवसन्यासी हुँ’ उनले प्रष्ट्याए ।

    उनले सन्यासीको अर्थ ‘सङ्ग्रह नगर्ने’ प्रवृतिको अर्थ लगाए । र, आफूले धन कमाउन व्यवसाय नगरेको दावी गरे । ६० अर्बको हकदार कर्मचारी तपाईं अहिले कति सम्पत्तिको मालिक हुनुहुन्छ ? हामीले सोध्यौं । ‘त्यो त हिसाव गर्नुपर्छ’ उनले भने । बैङ्कमा कर्जा कति छ ? उनले खुलेर जवाफ दिए– ‘करिब १२०० करोड रुपैयाँ ।’ कर्जा थाहा हुने, सम्पत्ति थाहा नहुने पनि हुन्छ र ? प्रश्न झरिहाल्यो । ‘कर्जा त तिर्नुपर्ने भएकोले हिसाब राम्ररी राखिएको हुन्छ । पुस मसान्तमा कति व्याज तिर्नुपर्ने हो भनेर अहिले नै हिसाव किताव भैराखेको छ । तर सम्पत्तिको हिसाव यसरी गरिँदैन ।’ तैपनि मोटामोटी अङ्क भन्न जोड ग¥यौं । उनी बोले– ‘होला करिब ६/७ हजार करोड अर्थात कर्जाको ५÷६ गुणा ।’ अब मोटामोटी फिगर आयो ।

    उनको सम्पत्ति ६० देखि ७० अर्ब रुपैयाँको हाराहारीमा छ । पुँजीबादी समाजमा पुँजीको हस्तान्तरणको कुरा गर्दा पहिलो हकदार परिवारको सदस्य मानिन्छ । गुणचन्द्र विष्ट अविवाहित छन् । श्रीमती, छोराछोरी नभएको मान्छेको त्यति धेरै सम्पत्ति कसले खाला ? धेरैको मनमा हुने चासो हो । तपाईंको सम्पत्तिमा कसले हकदावी गर्नेछ ? अथवा तपाईंको शेखपछि यो सम्पत्ति कसको नाममा जाने छ ? हामीले प्रश्न तेस्र्याइहाल्यौं । उनले यस प्रश्नलाई मूर्खले सोध्ने प्रश्न भने । त्यति मात्र होइन, ‘ तपाईंको सम्पत्ति कसले खान्छ ? उनले प्रतिप्रश्न गरे । र, थपे– ‘मरेपछिको योजना कसैले बनाउँछ भने त्यो जस्तो मूर्खता अरु केही हुँदैन ।’

    हामीले उहाँको लिखित योजना मागेनौं । मनको कुरा भन्न भन्यौं । त्यसपछि उनले प्रष्ट जवाफ दिए । ‘१२०० कर्मचारी छन्, मेरो शेखपछि यो उनीहरुको सम्पत्ति हुनेछ, एकजना त मेरै अगाडि छन्’– उनले प्रतिनिधि पात्रलाई देखाए । त्यसपछि उनी अझ अगाडि बढेर बोल्न थाले । व्यवसायीको सम्पत्ति खान सजिलो नभएको उनले तर्क गरे । ‘मसँग नगद छैन, पत्रकारले धनी, समाजले धनी भनेर चिनेका मान्छेसँग झन् पैसा हुँदैन, ऊसँग व्यवसाय हुन्छ, ठूलो व्यवसायीसँग ठूलै ऋण हुन्छ, व्यवसाय चलाउन सकेन भने ऋणले सबै सम्पत्ति खान्छ, व्यवसाय गर्न नजान्नेको लागि जति धेरै सम्पत्ति त्यति ठूलो भारी हुन्छ ।’

    आइपर्दा समाल्ने सफल व्यवसायीहरुले भन्ने एउटा साझा भनाई छ– ‘पहिला के गर्ने भन्ने उद्देश्यमा स्पष्ट हुनुपर्छ, त्यसपछि योजना, रणनीति तय गर्नुपर्छ, त्यसपछि उत्पादनका साधनहरु जुटाउनुपर्छ, अर्थशास्त्र वा व्यवस्थापन विषयका किताबमा लेखिएका र विद्यार्थीहरुलाई पठाइने सद्धान्तिक विषय पनि यिनै हुन् ।’ तर गुणचन्द्रको भोगाई त्यस्तो छैन । उनी योजनावद्ध विकासमा धेरै विश्वास गर्दैनन् । ‘कुनै पनि व्यवसाय गर्नुपूर्व व्यवसाय सम्भाव्यता अध्ययन गर्ने, रिर्पोट बनाउने चलन छ, मैले पनि बिजनेश सम्बन्धी किताबहरुमा पढी टोपलेको त्यही हो, तर मेरो जीवनमा त्यो लागू भएन’ उनले भने ।

    ‘मैले जीवनमा योजना बनाएर काम गरेको छैन, गर्दै जाँदा राम्रो भएको हो, आइपरेको काम गर्दै जाने हो, जे काम गर्दा सन्तुष्टि मिलेको हुन्छ, त्यसलाई निरन्तरता दिने हो, जे काम गर्दा झ्याउ लाग्छ, त्यो पन्छाउने हो । गर्दिन भन्दा भन्दै गरेको कामको उदाहरणको रुपमा उनले नेपाल ग्यास कम्पनी किन्ने घट्नालाई चित्रण गरे । ‘मैले लिन्न भन्दाभन्दै समाल्नु परेको कम्पनी हो, अहिले देशको सबैभन्दा ठूलो ग्यास बोटलिङ उद्योग भएको छ’ उनले भने ।

    नेपाल ग्यास उद्योग, नेपाल ग्यास उद्योग नारायणी, नारायणी ग्यास उद्योग, समृद्धि ग्यास उद्योग र सत्यनारायण ग्यास उद्योगका मुख्य लगानीकर्ता उनी नै हुन् । ‘मैले पोल्ट्रीमा पनि सबैभन्दा ठूलो व्यवसाय गर्छु भनेर काम गरेको होइन, ग्यासमा पनि होइन, काम थालिसकेपछि राम्रोसँग गर्नुपर्छ भन्ने हो, त्यसको लागि कम्पनीमा आधुनिक प्रविधिको प्रयोग पनि गर्नैपर्छ, उत्पादन क्षमता वृद्धि पनि गर्नैपर्छ, काम गर्दै गर्दा बजारले हाम्रो उत्पादन मन पराएको छ’ उनले भने ।

    खाँचो नपरेको प्रमाणपत्र गुणचन्द्र विष्टको व्यावसायिक सफलताको आधार विश्वविद्यालयको शिक्षा पनि होइन रहेछ । उनले आफूसँग औपचारिक शिक्षाको कुनै पनि प्रमाणपत्र नभएको बताए । ‘मसँग स्कूलले दिने शैक्षिक प्रमाणपत्र पनि छैन, कलेजको शैक्षिक प्रमाणपत्र पनि छैन, मेरो जीवनमा तीनको खाँचो पनि परेन ।’ स्कूल कलेज पढ्दाको किताब तथा शैक्षिक सामाग्रीहरु काठमाडौंको कालिमाटीस्थित डेरामा सहपाठीलाई छोडेको तर त्यसपछि कहिल्यै सोधी खोजी नगरेको उनी बताउँछन् ।

    ‘जागिर खाने सोच पनि थिएन, राजनीति नियुक्ती खानुपर्छ भन्ने पनि थिएन, मलाई सर्टिफिकेट चाहिन्छ भन्ने पनि थिएन,’ कारण खुलाउँदै उनले भने । ‘मैले एसएलसी चितवन हाईस्कूलबाट पास गरेको हुँ, आइकम मिनभवन क्याम्पसमा पढेको हुँ, आइकम पास भएँ भन्ने सुनेको पनि हुँ, तर म सर्टिफिकेट लिन पनि गईँन, बिकम पढ्न भर्ना पनि भईँन ।’

    मसँग फर्मल एजुकेशन पनि छैन, इनफर्मल एजुकेशन (तालिम, प्रशिक्षण) पनि छैन । ननफर्मल एजुकेशन (छलफल, स्वअध्ययन) नै मेरो ज्ञानको श्रोत हुन् । उनले भने– ‘समूहमा छलफल गर्ने हो, त्यसैको आधारमा काम गर्ने हो ।’ अब्बल व्यवस्थापक गुणचन्द्र विष्ट व्यवस्थापनमा अब्बल छन् । अभिनास ग्रुपको कार्यकारी अध्यक्ष उनी नै हुन् । पोल्र्टी फर्ममा कार्यकारी प्रमुखको जिम्मेवारी उनैले समाल्दै आएका छन् । २० हजार प्यारेन्टबाट उनले पोल्ट्री व्यवसाय शुरु गरेका थिए । अहिले उनको एक कम्पनी अभिनास ह्याचरी प्रालि लेयर ह्याचरी, बोइलर ह्याचरी, अण्डा उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो कम्पनी भएको छ । विष्ट जतिबेला पोल्ट्रीमा लागे त्यतिबेला नेपालमा यसले व्यावसायिक रुप लिएको थिएन ।

    पोल्ट्री व्यवसायको तीन वर्षमा उनलाई ठूलो सफलता मिल्यो । चितवनमा उनको काम हुन आउनेको क्रम ह्वात्तै बढ्यो । चितवनमा मात्र होइन, देशभर नै उनको अनुसरण हुन थाल्यो । ‘मैले २०४७ सालमा ह्याचरी व्यवसाय शुरु गरेको हुँ, त्यतिबेलासम्म नेपालमा यस्तो व्यवसाय कसैले शुरु गरेका थिएनन्’ उनले भने– ‘यसअघि अण्डा र मासुका लागि उपभोक्ता आफैले कुखुरा पाल्ने प्रचलन थियो ।’
    हाल कम्पनीले सातामा ३ लाख बोइलर कुखुरा उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार उसको क्षमता सातामा ६ लाख बोइलर कुखुरा उत्पादन गर्ने हो । कम्पनीले एक हप्तामा ८० हजार लेय¥स उत्पादन गर्छ, जुन कुल बजारको ८५ प्रतिशत हिस्सा हो । अभिनास फर्म नेपालको सबैभन्दा ठूलो कुखुरा फर्म हो, जहाँ दुई लाख चल्ला र ५० हजार ठूला कुखुरा पालिएका हुन्छन् । अभिनास भेट फर्मले देशभरका कुखुरा व्यवसायीहरुलाई पोल्ट्री केयर सेवा दिँदै आएको छ ।पहिला के गर्ने भन्ने उद्देश्यमा स्पष्ट हुनुपर्छ । त्यसपछि योजना, रणनीति तय गर्नुपर्छ । त्यसपछि उत्पादनका साधनहरु जुटाउनुपर्छ । `अर्थशास्त्र वा व्यवस्थापन विषयका किताबमा लेखिएका र विद्यार्थीहरुलाई पढाइने सैद्धान्तिक विषय पनि यिनै हुन् ।

    ‘अभिनास भेट फर्म पोल्ट्री व्यवसायीलाई सबै प्रकारको सेवा एकै ठाउँमा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको हो, जहाँ कुखुरालाई कुन रोग लागेको हो, जाँच गर्ने, रोग पत्ता लगाउने, औषधि उपचारको सिफारिस गर्ने, औषधि तथा खोप सेवा उपलब्ध गराउने, उपचारको क्रममा प्रयोग हुने सामाग्री उपलब्ध गराउने, कुखुराको दाना उत्पादन तथा वितरण गर्ने सबै काम गर्छ’ विष्टले भने । अहिले नेपालको ह्याचरी व्यवसायको कुल डेढ खर्ब लगानी भएको अनुमान छ । यो क्षेत्रमा ५ लाख मानिसको सक्रिय लगानी छन् ।

    कुखुराको मासु र अण्डामा २२ वर्षदेखि देश आत्मनिर्भर भएको छ । हरेक वर्ष कुखुराको मासु र अण्डाको खपत २० प्रतिशतले बढ्दै गएको थियो । अण्डाको बजार पनि वार्षिक १० प्रतिशतले बढ्दै गएको थियो । कोभिड महामारी फैलिनुअघि प्रतिदिन १० लाख मेट्रिकटन मासु खपत हुन्थ्यो भने अहिले ६ हजार मेट्रिकटन मासु खपत हुन्छ । अण्डाको खपत पनि घटेको छ । ‘अहिले सबै क्षेत्रमा डामाडोल भएको छ, उपभोक्ताको क्रयशक्ति पनि घटेको छ ।’– उनले भने । कृषिमा आधारित उद्योगको प्रवद्र्धन गर्न सरकारले लिएको नीतिप्रति उनको तीव्र असन्तुष्टि छ । ‘किसानको खोर बन्द भएका छन्, २०७६ सालमा ३४८ ह्याचरी फर्म थिए, अहिले आधा बन्द भएका छन्, कति किसानको फर्ममा बैङ्कले ताला लगाएको छ, अवस्था यस्तो रहिरह्यो भने केही वर्षमा कुखुरा, अण्डा सबै विदेशबाट आयात गर्नुपर्ने हुन्छ’ उनले भने ।

    अभिनास ग्रुपले अर्गानिक मल, एग्रोभेट, मेटल, ग्यास उद्योगमा पनि लगानी विस्तार गरको छ । अभिनास ह्याचरी, अभिनास फर्म, अभिनास भेट फर्मा, चितवन गुराँस इन्भेष्टमेन्ट, अभिनास इनर्जी, स्काईलार्क एग्रो लगायत कृषिमा आधारित उद्योगहरुमा विष्ट आफैले नेतृत्व लिएका छन् । नेपाल ग्यासमा प्रमुख कार्यकारी अधिकृतको भूमिका गोकुल भण्डारीले समालेका छन् । आइरनमा शैलेश श्रेष्ठले कार्यकारी प्रमुखको भूमिका खेलेका छन् । ‘व्यवस्थापनमा एमाले नेता केपी ओली जस्तो हुकुमी शैलीमा काम गर्दिन, सिनियर साथीहरुसँग छलफल गरेर नै काम हुन्छ ।’

    नेत्र वान्तवा उनको लागि लागि विशेष साथी हुन् । जसले उनलाई व्यवसाय शुरु गर्ने बेलादेखि अप्ठ्यारो अवस्थामा सहयोग गरे । व्यवसाय शुरु गर्ने बेलामा दाई रुपचन्द्र विष्टले पुँजी दिएर सहयोग गरेको थिए । जीवनको रोजाइ उनको जीवनमा धेरै आरोह अवरोह छन् । ६ दाजुभाई, ३ दिदी बहिनीसहितको संयुक्त परिवारमा उनी जन्मे, हुर्के । १५ देखि २० वर्षको उमेरमा उनले बुबाले चलाएको खाद्यान्य पसल पनि चलाए । १२ वर्ष सन्यासी भएर आश्रममा पनि बसे । पछि आफ्नै बलबुताले चलाएको ठूलो उद्योगहरु पनि चलाए । कुन अवस्थाको, कुन परिवेशको जीवन उत्कृष्ट रह्यो ? ‘जे मा मजा लियो त्यही, म ४३ वर्षअघि जोगी भएको हुँ, अहिले पनि जोगी नै छु, त्यो बेलामा आश्रममा बसेको थिए, अहिले बिजनेश हाउसमा बसेको छु’ उनले भने– ‘मैले चाहेर यो व्यवसायमा हात हालेको हुँ, मलाई कसैले भारी बोकाइदिएको होइन, कम्युनमा बस्दाको झन्झट एक प्रकारका थिए भने अहिले अर्कोथरी झन्झट छ, यसमा कसैलाई दोष दिनु पनि परेन ।’

    ‘कुनै बेला म चङ्गा थिएँ, कम्यूनमा आरामले बसेको थिएँ, अहिले सरकारी कर्मचारीको चाकडी गर्दै हिड्न परेको छ । १२ सय कर्मचारीको १२ सयथरी कुरा सुन्नुपर्छ, प्रत्यक्ष, अप्रत्यक्ष रुपमा’ उनले भने– ‘पूर्ण स्वतन्त्रता कहीँ पनि हुँदैन । कम्युनमा पनि नियमहरु हुन्छन्, त्यसको पालना गर्नुपर्छ, व्यवसायमा पनि नियम हुन्छन्, त्यसको पालना गर्नुपर्छ ।’

    (देशविकास पत्रिकाको  वर्षअङ्क बाट)

    बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.