” दाइ,आज अचम्मको स्थान हेर्न जाने।सात बजे प्रस्थान ।म कुरेर बस्नेछु।आउनु होला है! ” बिहानै पाँच बजे फोन आयो अनुज कृपानारायण दयालुको, प्रोफेसर कन्चनकुमार साहसीलाई। ” आहा,मोग्याम्बो खुश हुवा!सिओर भाइ,सिओर।” लियो बाइक र लाग्यो हरिपुर प्रोफेसर । ” म पनि बाबुहरूसित जान्छु!” एक पाका नातेदार।तीन जना ज्यान बोकेर एक भ्यान लाग्यो सूर्यनारायणले आराम गर्ने दिशातिर। ” आज दाइको पनि दाइ, ठूल्दाइको घर पनि पुग्ने है।सरप्राइज होइन,घरप्राइज।” ” ओक्के, अब अलि अलि सुन्ने अभ्यास बढाएर जानुपर्छ। अविरल बज्छ गोरीका एफ एम हो!” ” बहुत याराना लगता है,दाइहरू त ग्रामर र समीकरण !मलाई मान्छेहरू मिलेको मनपर्छ। ” दयालु बोले।” हामी झगडा गर्न आएको त होइन नि अनुज,यस धरतीमा।मिलेको राम्रो नि।होइन र?कोहीसित न मिल्ने मान्छेहरू मसित मिल्ने नि रे भाइ,नो गोरबोर दादा!सबैको अस्तित्व स्वीकार्ने,सकियो। ”
पुगे चार मनुज बहादुरगन्ज। ” हा हा हा,मजा आयो,ए कान्छा,तिम्रो बानी त ननिको हो,तर काम मनपर्छ। ना ना ना,आई लभ माई कान्छा।” भुजङ्गराज फौजी,मान्छे मनमौजी।खुशी भए।जेठो,माहिलो र साहिलो,अरू दुई। ” बीना,कुछ हो जाये,यस्ता मान्छेहरू घरमा आउने भनेको भाग्यको कुरो हो।” त्यसपछि उनी ४५ मिनेट बोले। नास्ता आयो। ” हेर कान्छा घन टाउके,हामी दुईजना ” कल्याणजी + आनन्दजी ” भएपछि तिमीलाई अरू कोही चाहिन्न।तिमी भाग्यमानी हौ,फेसबुक अलि बढी भो। लौ,ये दिल मिलेका मेला है,दयालु भाइ अचेल सब बकम्फुसियनस भयो त साहित्य।म कविता कोर्नेगर्छु,तर ममा कविता छैन।आहा,बाबु दयालु,तिम्रो कलम बलियो छ। ” ” होइन दाइ,यो हजुरको स्नेह हो।म अहम् गर्दिन ।” ” हा,हा,ये हुई न बात,अहम् गर्न हुन्न।उफ्फ !दयालु भाइ,यो घुँडा,तर केही छैन,बर्दास्त गर्छु,गरेको छु। अब निस्किने! ” ” आहा,यस्तो स्वर्णीम पल फेरि फेरि पनि आए हुन्थ्यो।” प्रोफेसर साहसीको मनले सोच्यो। ” कान्छा,त्यो गीत गाऊ त ,दूर रहकर नकरो बात …… अचम्म छ दयालु भाइ,यो मान्छेलाई मितिहरू कण्ठ,गीतहरू कण्ठ,यो मान्छे यहाँ हुन नहुने, तर राम्रो भएको छ,यो नभएको भए म एक्लो हुने नि!जे भयो,राम्रो भयो।” ” दाइ त दाइ हो नि,उहाँसित नमिल्ने मान्छे नै देखेको छैन ।अजात शत्रु दाइ !मन सफा छ,लोभ छैन। ” ” हैट,लाज लाग्यो।” साहसीले बोल्ने साहस गर्यो। ” आजको दिन मेरो जीवनको लागि स्वर्णीम पल हो! ” पाका मान्छे बोले।तीन घन्टा घुमेर टोली फर्कियो। तर ……………………. पाँच बर्षपछि,ती दिनहरू र यी दिनहरू सम्झिएर साहसी एकान्तमा टोलायो। अनि एउटा मुक्तक लेख्यो, ” किन यस्तो हुन्छ होला हाम्रो जिन्दगीमा ? किन आज छत्तीस भए अर्जुन र भीमा? मरिलानु केही छैन,आखिर जाने रित्तो! किन हुन्न आत्मीयता सम्बन्धको विमा? ” उता सन्देश आयो दयालुको, ” नो वोरी दाइ! “




