के भयो कुन्नि?एक चेलीको अनन्त यात्राको दुःखद् समाचार आएर हो कि,वा अरू कुनै कारण, प्रोफेसर पवित्रनारायण पदमपुरे एकान्तमा उदास उदास देखियो। ” के भयो बा?” सुपुत्र कर्मनारायण आलोकले सोध्यो। ” निशा! ” यत्ति बोल्यो।तर उदास। एक्लो,एक्लो ,एक्लो अनुभूति! ” साथी,किन उदास ?” एक अदृश्य आवाज,यता उता हेर्यो। ” म यहाँ छु साथी!किन उदास! ? ” ” तिमी को हौ? ” प्रोफेसरले सोध्यो। ” साथी,म तिम्रो जीवनको विधान,इमान,तिम्रो आचार्य। ” ” यही अति इमानदार बन्दा नै आज मेरो यो हालत भयो।किन तिमीले मलाई साथ दिएको? ” अलि झोक्कियो प्रोफेसर । ” होइन साथी,ईश्वर साक्षी,तिमी अजेय हौ!लौ हेर,तिम्रा मित्रहरू,पाशुपतास्रहरू!तिमी कहिले पनि एक्लो होइनौ।एक्लो छु भन्ने तिम्रो भ्रम हो!पशुपतिनाथदेखि सारा नाथहरू तिम्रो साथमा,तिमी कसरी अनाथ?हेर त तिम्रा साथीहरू,स्थायी साथीहरू,तेस्रोनेत्र खोल त!”
” को हुन् यिनीहरू? ” इमान बोल्यो, ” ल,आफ्नै साथीहरूलाई न चिनेको त?लौ मेरा साथीहरू आफैं परिचय दिनू!” प्रोफेसर जिल्ल। अघि एक परी,बोली, ” म हजुरको प्रतिभा! हजुरको आफ्नै प्रतिभा।त्यो घनटाउकेको प्रतीक,विम्व।” अर्को आयो,अनुहार स्मित,बोल्यो, ” म हजुरको सरलता! ” अरू अरू आए ” साथी,म सज्जनकुमार पोखरेल! ” ” साथी,म हजुरकै नैतिकनारायण आरजू,नैतिकता ! ” ” म हजुरकी साधना,म हजुरकी सिर्जना,म हजुरको त्याग,ट्याग होइन नि!म हजुरको समर्पण ,म हजुरको गीत,म हजुरको पवित्रता,निर्मल,विमल,कन्चन!म हजुरको आत्मा,उदार मन,सहनशील आत्मा। ” ” हे ईश्वर,तिमी यति दयालु!नमन प्रभु,साथीहरू,कस्तो भ्रम मलाई!म एक्लो छु जस्तो लागेको थियो। ” ” दाइ,हजुर कसरी एक्लो?म छैन र?” सामुन्ने,उज्यालो अनुहार बनाएर गोर्खाली जून,कल्पवृक्ष,कामधेनु,” विश्वनाथ!” सन्दुकभरि माया नै माया लिएर तीन तारा बराबर पाँच जून लिएर अर्को अनुज सामुन्नेमा, ” दाइ,किन उदास?म आशुतोष विवेकी!मैले सबै बुझेको छु।को शेर हो,को बैशाखनन्दन हो,यो हरिनन्दनलाई थाहा, तमोर आई गो,दमोर आई नो!नो वोरी दाइ,किन यस्तो सोच्नुहुन्छ?हज्जारौं चेलाचेलाहरूको गुरु,प्रोफेसर जगमोहन आजादको मितज्यू,कसरी एक्लो?किन उदास?किन मन अमिलिया?अब त पिपरिया,बलरामपुर!लौ,शिखरिणी छनमा एक कविता,अर्को भोरसम्म सुन्ने हो।शीतल समीर,मन अमीर!सम्पूर्ण सज्जन धरावासीहरूको साथ छ मेरो दाइलाई!गोरबोर दादा,फेसबुक,ब्ल्याक कर्नर चिनेको छु!नो वोरी दाइ,अमर हुन्छ हाम्रो पूर्ण कथा! ”
” बा,बा,बा,चिया चिया ” सानी नातिनी अलिशाको तोते बोली,हैट,मज्जाले निदाएछु। अनुहार उज्यालो भएछ।जुरुक्क उठ्यो प्रोफेसर र लाग्यो उतै।म उदास छैन,आफैंलाई सम्झायो।




