• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

यूटोपिया

"लघुकथा "

  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
  • खोज पत्रकारिताको रस बुझेर यता लागे दुई सहेली ” जानी र सानी!”विदुषी आमा अपराजिता कल्याणीको तालिमले पनि काम गर्यो।पितामह प्रोफेसर दिग्विजय आनन्दको सल्लाहमा उनीहरू एउटा अचम्मको गाउँतिर लागे। गाउँ अलि दूर थियो। आफ्नै कार लिएर गए।गाउँसम्म बाटो गएको थियो। ” साथी,भोक लागे भन्नु है,मसित हजुर आमा सभ्यताले दिनुभएको सेल रोटी छ। ” तिहार पछि थियो उनीहरूको यात्रा।” आहा,लौ न त,मेरो त पेटमा मुसा कुद्न थालेको अघिनैदेखि।”

    Advertisement

    —– पुगे उनीहरू ” आशुतोष नगर!” एउटा होम स्टेमा झोला बिसाए। अनि निस्किए अवलोकन भ्रमणमा। आहा,क्या सफा!हरियाली।जता पनि फूलहरू फुलेका।घरहरू चिटिक्क ! सबैको घरको साइज उही।पूर्ण साम्यवाद ! मानिसहरू सुकिलामुकिला।ताजा गुलाफजस्ता।हरेकको अनुहारमा मुस्कानमा। सबै मानिस काममा व्यस्त।कोही पनि रिक्त बसेको छैन।खेतीपाती पनि कुस्त। ” यो कसरी सम्भव भयो? ” सानीको मनमा कुरा खेल्यो। ” साथी,यो त हाम्रो भ्यानकुभर शहरभन्दा पनि अब्बल लाग्यो।क्यानडा यहीँ रहेछ।हरेक गाउँ,नेपालमा यस्तै हुने हो भने किन जाने विदेश?जन्मभूमि जति प्यारो के हुन्छ?आखिर हामीलाई चाहिएको यही त हो!कसरी यो सम्भव भयो?” जानी बोली। ” दिदी,कोही पाका मानिस खोज्ने,हाम्रा पितामहको उमेरको,उहाँले कहानी भन्नु हुनेछ।” सानीको प्रस्ताव,उनीहरू दिदीबैनी हुन्,नेपालमा दहचोक। यात्रा ” दहचोकदेखि महचोकसम्म ” भन्ने गर्छन् ,मावल आउन परे।खोजे एक पाका पितामह, ” प्रोफेसर जगमोहन आजाद!” परिचय गरे। ” अरे वा,त्यो मोरो आनन्देको नातिनीहरू हौ,त्यो घनटाउके अहिले कता छ?नेपाल?क्यानडा?अष्ट्रेलिया ?कि गयो मुम्बई हिन्दी गीत गाउन? ” अति अनौपचारिक भए आजाद।आनन्द र आजाद बालसखा। ” पितामह,यो चमत्कार,यो विकाश,यो उज्यालो यहाँ कसरी सम्भव भयो?यो त ” यूटोपिया ” नै लाग्यो।यस्तो राम्रो त हामीले नेपालमा कतै पनि पाएनौं ।?कसरी पितामह?” सानीको प्रश्न । ” यो सारा,हो यो ” सारा ” कसरी सम्भव भयो पितामह?जनता होइन हामी जोर नातिनी जान्न चाहन्छौं ! ” जानी पनि बोली। ” यो सारा कसरी सम्भव भयो भने,यहा ” सारा ” छैन,यो सारा भएको सारा नभएर हो । सारालाई प्रवेश निषेध!सारा नहुनाले सारा भयो!” आजाद मुस्कुराए। ” यो कस्तो इशारा हो पितामह,फर्सीको जरा कविता पढेजस्तो भयो। इशारा नै बुझिएन,अमूर्त भयो,सारा भनेको के हो? आनन्द पितामहको कुरा बुझ्न पनि गाह्रो हुन्थ्यो।के हो पितामह ” सारा ” भनेको?सारा र यो ” यूटोपिया ” बीच के नाता छ?”

    —- “नानी हो, सा भनेको साहित्यकार र रा भनेको राजनीतिकर्मी,यहाँ कोही पनि साहित्यकार छैन,यहाँ राजनीति छैन।दल छैन। यहाँ अनुत्पादक काम हुन्न। यसो भनेर मैले साहित्य र राजनीतिको धज्जी उडाएको होइन,नचाहिने नचाहिने कल्पना गरेर आफू पनि दुःख पाउने र परिवारको पनि कन्तबिजोग बनाउने काम गरेको पाइयो धेरै साहित्यकारहरूले, अब भन हिमाल सम्याउने,समुद्र निल्ने,जून तारा झार्ने,यी सब कुराहरू सम्भव छ?नहुने नहुने कुरा लेख्यो,नयाँ पुस्ताको दिमाग भुट्यो।म उत्पादकत्व भएको साहित्यको बिरोधी होइन। तर सयमा दुई जना पनि गतिला नहुने मुस्किलले,त्यही भएर यो गाउँमा साहित्यकार बन्न निषेध !अनि राजनीति,यो कालो राजनीति,यो नाममा,त्यो नाममा जहिले पनि विवाद,गालीगलौज,आरोपप्रत्यारोप,गद्दार,तैट,यसरी विकाश हुन्छ?शान्ति नै नभएपछि सिर्जना हुन्छ?यही भएर राजनीतिलाई पनि प्रतिबन्ध।नो साहित्यकार,नो राजनीतिकर्मी।कर्मोयोग।काम,काम,काम!इमान,इमान,इमान।यही हो रहस्य यो ” यूटोपियाको” सारा छैन,यही यी सारा सम्भव भयो नातिनी हो। कुरा बुझियो? आज साहित्य र राजनीति ” डिरेल ” भएको छ। साहित्यको नाममा बकवास लेखिएको छ।राजनीतिको आडमा अपराध हुर्किएको छ।यहाँ चुनाव पनि हुन्न।कुनै फजुल खर्च पनि हुन्न।यही हो रहस्य!” मुखामुख गरे जानी र सानीले। ” तर पितामह,साहित्य त आदित्य हो,चेतना हो,सूर्य नै नभए उज्यालो कसरी सम्भव हुन्छ?बहिष्कार त समस्याको हल होइन होला।शिवानि दिदीको ॐ शान्तिको प्रवचन,सत्य सन्देशले त कुनै पनि कुरालाई ” रिजेक्ट ” नगर्ने भनेकी छन् त!यो न्याय हो र ? ” सानीको जिज्ञासा।” अवश्य,साहित्य आदित्य हो, हामीले पुस्तकालय राखेका छौँ ।यहाँ उदय अधिकारीजस्ता पाठकहरू छन् ,राम्रो साहित्यलाई स्वागत छ।अराजक र लहडी,समाज भाड्ने साहित्यकारले यहाँ बास नपाउने हो। राम्रो कुराको लागि त हामी तुल ओछ्याएर स्वागत गर्छौं नि,साहित्य,असल साहित्य त अमृत हो।कुरा बुझ न,आनन्दका नातिनीहरू!विदुषी आमा!” ” अब बुझियो पितामह,हजुरलाई धेरै धेरै धन्यवाद!!यो नातिनीहरूको उपहार,एउटा ” मफलर ” दिए उपहार!आजादले एक डिब्बा मह उपहार दिए,ओर्ग्यानिक। सात दिनपछि दिदीबैनी ” यूटोपिया” बाट बिदा भए।अब दुई गाउँ, “प्रेमनगर र रूपनगर “उनीहरूको गन्तव्य! तीन महिना नेपाल बसेर क्यानडा फर्किए।

    सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.