• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कुरा श्रावन महिनाका उपवास या खिरका


  •   आइतबार, साउन १५, २०७९ मा प्रकाशित
  • हजुर हरुलाई थाहा छ एक ग्राम एनिमल प्रोटिन उत्पादन गर्न एक ग्राम वनस्पती प्रोटिन उत्पादन गर्नभन्दा १२ गुणा बढि जमिन, १३ गुणा बढि इन्धन तथा १५ गुणा बढि पानी चाहिन्छ । कुनै मानिस मांशाहारीबाट शाकाहारी बन्ने हो भने उसले गर्ने कार्वन उत्सर्जन ५० प्रतिशतले घट्दछ । त्यसैले मासु खान छाड्दा जलवायु परिवर्तन, वनविनाश, प्रदुषण तथा श्रोतको अत्यधिक दोहन जस्ता नकारात्मक असरलाई कम गर्न सकिन्छ । जब हामीले प्रकृतिलाई फलो गर्छाैं, शाकाहारी खान्छौँ, तब हाम्रो स्वास्थ्य राम्रो पोजिसनमा रहन्छ ।

    Advertisement

    संसारमा सबैभन्दा शक्तिशाली जनावरको रूपमा हात्ती र घोडा लाई लिने गरिन्छ । दुवै पुर्ण रूपमा शाकाहारी हुन् । के शक्तिशाली हुन मांशाहारी नै हुनु पर्छ त ? या बुद्धिमान हुन माछामासु खाने गर्नुभएको छ भने लियो टलोस्टय ,जर्ज ब्रनाड शा, स्टिभ जब्स ,अलबर्ट आइनस्टैन,बिल क्लिन्टन ,कार्ल ल्विश ,रस्सेलब्रान्ड ,माइक टैसन यी संसार का सक्तिशाली व्यक्ति हरु जो साकाहारी थए ! मासु मात्र प्रोटिनको एक मात्र स्रोत हो भन्ने सोच्नुहुन्छ त्येओ गलत हो । मासुबाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जो प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् । प्रोटिन, फाइबर र एन्टीअक्सिडेन्टले भरिपूर्ण मुसुरोको दाल तपाइको किचेन मा अटुट नै हुन्छ होला भिटामिन सी र बीटा क्यारोटिनजस्ता अन्य स्वस्थ पोषक तत्वले पनि भरिपूर्ण टुसा उम्रेको गेडागुडी का त के कुरा प्रोटिनको राम्रो स्रोत हो बदाम, काजू, र ओखर पनि । भटमास का त के कुरा गर्ने जो भिटामिन डी, बी १२ र क्याल्सियमको एक महत्वपूर्ण स्रोत हो ।

    सन्तुलित आहार को लागि खानालाई मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ। पहिलो समूहमा मकै, गहुँ, चामल, जौ, जुनेलो, फापर र कोदो जस्ता अन्नहरू तथा आलु, तरुल, पिंडालुजस्ता जमिनमुनि फल्ने कन्दमूल हरु जसमा कार्बोहाइड्रेट प्रचुर मात्र मा हुन्छ । दोस्रो समूहमा सिमी, भटमास, मुसुरदाल, सानो केराउ र ठूलो सिमीजस्ता गेडागुडी तथा दूध जो प्रोटिन, फलाम, जिन्क अनि विभिन्न भिटामिनका स्रोतहरु हुन्छन । तेस्रो समूहमा फलफूल अनि सागपात र तरकारी हरू पर्छन्। हरेक पटक खाना खाँदा प्रत्येक समूहबाट एक परिकार भए पनि समावेश गर्नुहोस् र सकेसम्म ती समूहहरूमा पर्ने फरक-फरक खानाहरू चलाउनुका साथै पकाउने विधिमा पनि भिन्नता ल्याउने कोसिस गर्नुहोस्।जस्तै हरियो साग या तरकारी पाकाउदा पूर्ण रुप मा गलाउनु हुदैन ! बिहान चामल लिनु भएको छभने साँझ गहु फपर या कोदो लिनुहोस् ! केहि न केहि चेन्ज हुनु पर्छ ! सन्तुलित भोजनले मानिसहरूलाई धेरै रोगहरूबाट बचाउन सक्छ। ऋषि यज्ञवल्क्यका अनुसार पेटको पाँच भागमध्ये तीन भाग अन्न, एक भाग पानीले भर्नुपर्छ भने एक भाग हावाको लागि खाली नै राख्नुपर्छ । बिश्वमा अचाक्ली खानाको कारण झन्डै ८० करोड मानिसहरूको ज्यान खतरामा छ ।

    असन्तुलित आहारले मोटोपन, आथरोस्कलेरोसिस, उच्च रक्तचाप, मधुमेह, सिरोसिस र अन्य विभिन्न प्रकारका क्यान्सर जस्ता दीर्घकालीन रोगहरू लाग्न सक्छ। मिठो छ भनि धेरै पनि नखानुहोस ! यस्सो श्रावन १५ को दिन खिरका नी कुरा गलौज न । ***असार १५ दही-चिउरा खानू , साउनको १५ खीर क्वाँटी पुर्नेमा क्वाँटी खानु माघी म खानु तिल ** सायद नेपाल नै यस्तो देश होला जांह खानै खाना का पर्व हरु छन् ! सबै को घर मा खिर पाकोस तर म भन्छु खिर मात्र होइन ढकनी नि पाकोस ! किन कि खिर को नेपाली मौलिक शब्द हो ढकनी ! रैथाने खाना को पहिचान तपाइको मौलिक शब्द बाट नै हुन्छ ! जब सम्म तपाई आफ्नो शब्द लाई पछ्याउनु हुन्न तब सम्म तपाई को पहिचान हुदैन !जब सम्म समोसा पनि नेपाली खाना मा पर्छ तर त्यसको मौलिक स्वरुप सिङ्गडा हो ! जो सुद्द बेसार नुन र खुर्सानी को मिश्रण बाट बन्दछ ! संसार को जुनसुकै खानालाई त्यहांको रैथाने शब्द ले चिनारी दिएको हुन्छ ! सुरु गरौ ढकनी (खिर ) जसलाई २-३ दिन सम्म बिना फ्रीज २०-२२ डिग्री सम्म प्रिजर्ब गर्न सक्नुहुन्छ !बटुवा भै घुम्न जाँदा खाजा को रुप मा झोला मा कोच्न सक्नु हुन्छ ! असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार ढकनी (खीर) भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो ।

    पूजाआजा, अर्चना, श्राद्ध, विहे, वर्तबन्ध अनि कुनैपनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा ढकनी (खिर )एउटा अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय छ । असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउनमा खीर खाने चलन रहेको छ । आऊनुहोस ढकनी बनाउने तरीका पनि जानी राखौं । पाहुना ४-५ जना लाई पुग्ने । समय १ घण्टा आवश्यक पर्ने सामग्री :- दूध ४ लिटर ,शुद्ध घिउ २०० ग्राम , अनदी या टाइचन को चामल ५०० ग्राम ,अन्य चांवल पनि प्रयोग गर्न सक्नु हून्छ । चिनी या मिश्री ३००ग्रम मरिच को खस्रो पिसेको १ सानो चम्चा जैफल १ सानो दाना मसिनो पिस्ने काजु किसमिस बदम नरिवल १०० ग्राम ( नभए पनि हुने ) बनाउने बिधि :- कसौडि या देक्चीमा घिउ राखी चामल हल्का खैरो हुने गरि भुट्ने र दुध राखी हल्का आँच मा ४५ मिन जति पकाउने ! पाकी सकेपछि बाँकि समान राखी चलाउने केहि समय छोपी राख्ने (सालको पात या चिउरीको पात को टपरी ले १५ २० मिनट छोपी राख्ने हो भने स्वाद मा फरक पर्दछ ) ढकनी तयार भयो ! आलू , तामा या निउरो को अचार संग मजा लिनुहोस् साउन १५ मनाउनुहोस ! “धेरै खाए मल, कम खाए बल ” “साकाहारी हौ, हात्ती झैँ बलवान हौ ” “बच्न लाई खाऊ, खान लाई नबाचौ” भान्से लक्ष्मन प्रसाद भण्डारी । प्रस्तोता आली देखी थाली सम्म

    आइतबार, साउन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.