• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

नारायणी नदीमा फोहोरमैलाको अवस्था भयावह


  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • चितवन/चितवनको भरतपुर महानगर क्षेत्रमा पर्ने नारायणी नदी किनार क्षेत्रमा देवघाटदेखि गोलाघाटसम्म नै अत्याधिक मात्रामा फोहोर उच्च गरिएको भेटिएको छ । जसले नारायणी नदीको अस्तित्व नै संकटमा रहेको स्पष्ट पारेको हो । ‘नदीसँगै हामी अभियान’ मार्फत देवघाटधाम क्षेत्रदेखि गोलाघाटसम्मको आठ स्थानमा गरिएको अध्ययनले नदीमा फालिने जथाभावी फोहोरका कारण नदीको अस्तित्व नै संकटमा पर्दै गएको प्रतिवेदन सार्वजनिक गरेको हो । नारायणी नदी किनारमा गरिएको फोहोर नक्साङ्कन र लेखा परीक्षणले क्षेत्रीय फोहोर व्यवस्थापनमा गम्भीर चुनौतीहरु देखिएको बेटर चितवन र ‘नदीसँगै हामी अभियान’ का फोहोर लेखापरीक्षक इन्जिनियर सागर कार्कीले जानकारी दिनुभयो । जहाँ प्लास्टिक फोहोरको मात्रा सबैभन्दा उच्च भेटिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने नारायणी नदीको देवघाटदेखि गोलाघाटसम्म फेला परेको फोहोर विश्लेषण गर्दा यस्तो अवस्था पत्ता लागेको हो ।

    Advertisement

    देवघाटको दुई क्षेत्र स्नानघाट र दाहसंस्कार स्थल, जोरकुसुम पार्क, नारायणगढ नदी किनारको विद्यालयपछाडि र प्रदर्शनी स्थल क्षेत्र, नगरवन नदी किनार, शिवघाटको भँगेरीथान र भरतपुरको अन्तिम पश्चिमी विन्दु गोलाबाट गरी आठ स्थानमा फोहोरको अवस्थाबारे विश्लेषण गरिएको बेटर चितवनका पूर्वअध्यक्ष तथा अध्ययन संयोजक सागर कार्कीले जानकारी दिए । यी क्षेत्रमा भेटिएका फोहोरमध्ये साढे ४२ प्रतिशत प्लास्टिकजन्य छन् । देवघाट क्षेत्रमा भने ७२ प्रतिशतभन्दा धेरै रहेको कार्कीले बताउनुभयो ।

    नगरवनमा लगभग २३ प्रतिशत फोहोर भेटिएको छ । यहाँ केही समयअघिसम्म भरतपुर महानगरपालिकाको फोहोर पुर्ने गरिन्थ्यो । अहिले भने त्यहाँ फोहोर पुर्न बन्द भएको छ । महानगरले जलदेवी बरण्डाभार जंगलमा लगेर फोहोर पुर्न सुरु गरेको छ । बेटर चितवनले नवलपुर गैंडाकोटको सहमति नामक संस्थाले सञ्चालन गरेको ‘नदीसँग हामी’ परियोजनाअन्तर्गत फोहोरको अवस्थाको लेखाजोखा गरेको हो ।

    बेटर चितवनका तर्फबाट परियोजनाको संयोजन गर्नुभएकी आकृति सुवेदीका अनुसार गएको कात्तिक २४ गतेदेखि ३० गतेसम्म यसबारेमा अध्ययन भएको थियो । यी आठ क्षेत्रमा १५ मिटर व्यासभित्र भेटिएका फोहोर विश्लेषण गरेको उहाले जानकारी दिनुभयो । नदी किनारमा दोस्रो नम्बरमा कपडाको फोहर १७ दशमलव १४ प्रतिशत भेटिएको छ । तेस्रो नम्बरमा सिसा १२ दशमलव ६२ प्रतिशत र कुहिने फोहर ७ दशमलब ८९ प्रतिशत भेटिएको छ । त्यसपछि अस्पतालबाट निस्कने फोहोर ४ दशमलब ६९ प्रतिशत र कागज ४ दशमलब शून्य दुई प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । धातु र काठ डेढ प्रतिशत र माटोको भाँडा साढे दुई प्रतिशतको हाराहारीमा छन् ।

    प्लास्टिकका फोहोर सबै विन्दुमा भेटिएको कार्कीले बताउनुभयो । भँगेरीथानजस्ता ठाउँमा लागुपदार्थ दुर्व्यसनीले प्रयोग गर्ने सिरिन्ज र घुम्न डुल्न आउनेहरुले खाएर फाल्ने बिस्कुट, चिप्सका प्लास्टिक फेला परेको उहाले बताउनुभयो । ‘फोहोर व्यवस्थापनमा अलिकित ध्यान दिने हो भने पनि भँगेरीथान जस्तो ठाउँमा फोहोर नै हुँदैन । तर यसको ख्याल वडा कार्यालयले पनि नराखेको पाइयो,’ कार्कीले भन्नुभयो ।

    पर्यावरण र धार्मिक दृष्टिले महत्वपुर्ण हुँदाहुँदै पनि फोहोरमैलाको अवस्था भयावह देखिएको अध्ययन संयोजक कार्कीले बताउनुभयो । फोहोरमैलाको राम्रो र दिगो व्यवस्थापन नभए नारायणीको अवस्था बिग्रन समय नलाग्ने नदीसँग हामी परियोजनाको बेटर चितवनका तर्फबाट संयोजक रहेकी आकृति सुवेदीले बताउनभयो । स्थानीय सरकार, नागरिक समाज, धार्मिक नेतृत्व, पर्यटक, व्यवसायी, विद्यार्थी र आम जनताहरु नदीको भविष्यलाई बचाउन लाग्नुपर्ने उहाले बताउनुभयो ।

    मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.