• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

यस्तो छ यी कलाकारको फिटनेस राज


  •   आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
  • काठमाडौं- गत जेठ २५ गते अभिनेता राजेश हमालले आफ्नो फेसबुक वालमा केही फोटो सेयर गर्दै लेखे, ‘भोलि २५ पुग्ने भइयो, पिर पर्‍यो।’ जेठ २६ गते उनको जन्मदिन परेको थियो। यथार्थमा त उनको उमेरले ५५ टेक्दै थियो। तर सदाझैं उनी ‘भर्खर २५ पुगियो’ भन्दै आफूलाई जवान दाबी गरिरहेका थिए।

    खासमा यो दाबी उनको मात्रै होइन, आम दर्शकको दृष्टिकोण पनि हो। शारीरिक रुपमा देखिएको तन्दुरुस्ती र कामप्रति जोश र जाँगरले पनि उनलाई त्यस्तै संकेत गर्छ अर्थात् ‘जवान’। उमेर वर्ष वा संख्या मात्र होइन, भावना र सोच पनि हो। अमेरिकी लेखक मार्क ट्वेनले भनेकै छन्, ‘उमेर दिमागको मुद्दा हो, जुन सोचाइमा निर्भर गर्छ। तिमी आफूलाई बुढो सोच्दैनौ भने कहिल्यै बूढो हुँदैनौ।’

    Advertisement

    जोस, जाँगर र सक्रियता भएन भने झर्झराउँदो बैँस र बुढ्यौलीमा कुनै अन्तर हुँदैन। हमालमात्रै होइन, नेपाली फिल्म क्षेत्रका चर्चित केही अनुहार पाको उमेरमा पुग्दै गर्दा अझै ‘फिट एन्ड फाइन’ देखिन्छन्। उनीहरुले आफूलाई ‘मेन्टेन’ गरेका छन्। काममा निरन्तर सक्रिय छन्, खटेर र डटेर काम गरिरहेका छन्। धेरैलाई जिज्ञासा हुँदो हो, नेपाली फिल्मले ‘महानायक’को उपमा दिलाएको राजेश हमाल उमेरले ५० पार गरिसक्दा पनि किन अझै उस्तै जवान देखिन्छन्? ‘अहिले म जीवनको सुनौलो चरणमा छु। शारीरिक रूपमा मात्र नभएर सोच र अनुभवले पनि परिपक्व भइरहेको छु,’ अभिनेता हमाल भन्छन्, ‘मेरो जोस–जाँगर नौजवानको भन्दा कम छैन। त्यसैले मलाई उमेर बढ्दै गएको महसुस भएको छैन।’

    हमालका नजरमा हामीकहाँ प्रायः मान्छेहरु उमेरभन्दा बुढा देखिनुको कारण खानपिन र अनुशासनमा ध्यान नदिनाले हो। उनको अनुभवमा हामीले ‘के खान्छौँ’ भन्दा पनि ‘के खाँदैनौ’ भन्ने कुराले जीवनलाई फिट राख्न ठूलो अर्थ राख्छ। त्यसैले उनी खानपिनमा निकै सचेत छन्। अम्मल, जाँड–रक्सी, चुरोट केही खाँदैनन्। चिल्लोचाप्लो र मरमसला कम खान्छन्। गुलियो र बढ्ता नुन पनि खाँदैनन्। ‘उमेर बढ्दै जाँदा व्यायामले पनि खासै अर्थ राख्दैन जस्तो लाग्छ,’ उनी भन्छन्, ‘तैपनि आफूलाई मेन्टेन गर्न दैनिक घरमै एक–दुई घन्टा एक्सरसाइज गर्छु।’

    अंग्रेजीमा एउटा भनाइ छ नि, ‘उमेर स्वभाविक प्रक्रिया हो, यसका लक्षण पनि स्वभाविक हुन्। तर उमेरलाई ‘ग्रेसफुल’ बनाउनुपर्छ।’ हमालले पनि आफ्नो जीवनमा यही सिद्धान्त अपनाएका छन्। भन्छन्, ‘आफू निरोगी भइयो भने उमेरले खासै अर्थ राख्दैन। तर, रोगी शरीर भयो भने उमेरको कुनै अर्थ हुँदैन।’

    तपस्वी शिव
    ३५ वर्ष भइसक्यो तैपनि निरन्तर फिल्म क्षेत्रमा सक्रिय छन्, अभिनेता शिव श्रेष्ठ। उमेरले ६५ वर्ष पुगिसक्दा पनि आफूलाई जवान ठान्छन्। हमालजस्तै ठट्टा गर्छन्, ‘भर्खर त ३५ पुगेँ।’ भन्छन्, ‘हरेक नयाँ फिल्म आउँदा मलाई उस्तै डर लाग्छ। म परिपक्व भएको भए त नलाग्नु पर्ने होइन र?’

    ‘बूढो’ देखिन कसलाई पो मन लाग्छ र? शिव त्यही ‘बुढो’ नदेखियोस् भनेर व्यायाम र खानपिनमा खुब ध्यान पु-याउँछन्। फिल्म क्षेत्रमा उनी जाँड–रक्सी नलिने अभिनेताका रूपमा चिनिन्छन्। ‘जाँडरक्सी र चुरोट नखाँदा शरीरलाई धेरै फाइदा पुग्दो रहेछ,’ उनी भन्छन्, ‘म खानपिनमा धेरै ध्यान दिन्छु। खाना पनि ठिक्क खान्छु। धेरै चिल्लो खान्नँ। स्याउ, हट लेमन, गाँजर, मुला अत्यधिक खान्छु।’

    उनको विश्वासमा तपस्याले पनि मान्छेलाई तन्दुरुस्त बनाउँछ। ‘जुनसुकै क्षेत्रमा पनि तपस्या जरुरी छ,’ उनी भन्छन्, ‘म पनि तपस्याकै कारण यस्तो तन्दरुस्त छु।’  उनी राति जति बजे सुते पनि बिहान ४ बजे उठेर कम्तीमा सात किलोमिटरसम्म मर्निङ वाक गर्छन्। ‘बिहानै योग गर्छु। भजन गाउँछु,’ उनले भने, ‘घरमै सानोतिनो जिमखाना बनाएको छु। त्यहीँ व्यायाम पनि गर्छु।’

    ‘अपवाद’ भुवन 
    अभिनेता भुवन केसीलाई देख्दा लाग्छ, उनको उमेर घटिरहे पनि मुहारबाट चमक र शरीरबाट सक्रियता घटेको छैन। झन्–भन् ह्यान्डसम देखिँदै छन्। भर्खरै एउटा फिल्म घोषणा नै भयो ‘एन्टी हिरो’ जहाँ उनका छोरा अनमोल हिरो बन्दै छन्, उनी भिलेन। यसैले देखाउँछ, उमेर ५९ लागिसकेपनि कर्मले अझै जवान देखिन्छन्।

    भुवनलाई लाग्छ– भगवानले उनको उमेर बढाउन नै बिर्सिए। ठट्टा गर्छन्, ‘भगवानको कृपाले अहिलेसम्म बुढो देखिएको छैन। मसँगै अभिनय गर्ने कतिपय नायिकाहरू त बूढी भइसके।’

    उनलाई लाग्छ, हिरो–हिरोइन कहिल्यै बुढा हुँदैनन्। उमेर जति ढल्किँदै गयो, त्यति नै अभिनय खारिँदै जान्छ। ‘अझै धेरै कुरा गर्न र सिक्न बाँकी छ,’ तीन दशकदेखि नेपाली फिल्म क्षेत्रमा क्रियाशील उनी भन्छन्, ‘अझै मेरो ५० प्रतिशत अभिनय क्षमता देखाउन बाँकी नै छ।’ उनी मान्छे परिपक्व उमेरले भन्दा पनि दिमागले हुने बताउँछन्।

    उमेरले ६० टेक्न लाग्दा पनि भुवनलाई अझै उस्तै तन्दुरुस्त देख्ने धेरैले प्रश्न गर्छन्– यसको राज के हो?

    तर, उनी आफूलाई मेन्टेन यस्तो कुनै फर्मुला नअपनाएको बताउँछन्। आफूलाई अपवाद ठान्छन्। ‘केही मात्रामा चिल्लो खानेकुरा चाहिँ कम खान्छु,’ उनी भन्छन्, ‘नत्र अरू केही बार्दिनँ। न त समयमा सुत्छु, न त समयमा उठ्छु। जाँडरक्सी, चुरोट सब खान्छु। दिनमा १०/१२ कप चिया खाएकै हुन्छु। डाइटिङ पनि गर्दिनँ। फलफूल पनि खान मन लाग्दैन। तर, पनि यस्तो छु।’

    भुवनको अनुभवमा उमेर ढल्किँदै गएपछि काम गर्ने ‘स्टामिना’ भने कमजोर हुँदै जान्छ। फिल्म ‘ड्रिम्स’ निर्देशनताका उनले यस्तो महसुस गरेका हुन्। ‘पहिले एक दिनमा सक्ने सुटिङलाई अहिले त डेढ दिन लाग्दो रहेछ,’ उनले भने, ‘पहिलेजस्तो रातभरि सुटिङ गर्न अब सकिँदैन। चाँडो थाकिन्छ। चाँडो निद्रा लाग्छ। ‘मेन्टल्ली’ बलियो भए पनि ‘फिजिकल्ली’ काममा सुस्तता देखिन्छ।’

    सदावहार करिश्मा 
    नेपाली मनोरञ्जन क्षेत्रमा यस्तो कुनै कार्यक्रम हुँदैन, जहाँ अभिनेत्री करिश्मा मानन्धर नपुगेकी हुन्, अनि उनको सुन्दरताको तारिफ नभएको होस्। हरेक कार्यक्रममा उनको सुन्दरताले चर्चा पाउँछ, उनको पहिरन र गेटअपले मिडियाकर्मीको क्यामेरामा स्थान पाउँछ।

    धेरैले आश्चर्य प्रकट गर्छन्, ‘यत्रो एजमा पनि यति राम्री !’

    ‘कसैले सुन्दरताको प्रशंसा गरिदियो भने महिलाको दिन बन्छ भन्छन्। त्यो अर्थमा त यो प्रशंसा ठिकै हो,’ करिश्मा भन्छिन्, ‘तर, कसैले यसो भनिदिँदा मलाई ‘बूढी’ भएको महसुस हुन्छ।’

    उनलाई कसैले बूढी भनिदिएको मन पर्दैन। धेरैले अनुमान लाउँछन्, करिश्माको उमेर ५० पार गरिसक्यो। तर उनकै दाबीअनुसार भर्खर ४८ पुगिन्।

    करिश्मालाई आफ्नो जीवन ‘रिसाइकल्ड’ भएजस्तो लाग्छ। केही वर्षअघि उनी आफूले निर्माण गरेको फिल्म ‘बाबुसाहेब’ फ्लप भएको झोकमा अमेरिका हानिएकी थिइन्। अमेरिकामा त ‘लुक्स’ले होइन, उमेरले अर्थ राख्छ रे। ‘त्यहाँ म र मेरी छोरीसँगै हिँड्दा कतिपयले मलाई लाइन मार्थे,’ उनी अनुभव सुनाउँछिन्।

    आफूलाई सधैँ सुन्दर र फिट राख्न उनी खानपिनमा विशेष ध्यान दिन्छिन्। विशेषगरी अर्गानिक खानेकुरामा ध्यान दिन्छिन्। घरकै सागपातमा जोड दिन्छिन्। आफ्नै फार्ममा पालेको कुखुराको मासु खान्छिन्। नियमित व्यायाम पनि गर्छिन्। अहिलेसम्म उनको कपाल नफुलेको दाबी गर्छिन्। ‘नफुलोस् भनेर गाईको दूध खाने गर्छु,’ उनी भन्छिन्, ‘तोरी र बदामको तेल लगाउने गर्छु। कपाल फुल्न नदिने मेरो योजना छ। सबैले जवान भन्छन्, सकेसम्म जवान नै देखिन खोज्छु।’

    लोभलाग्दा रमेश
    अभिनेता रमेश उप्रेती पनि उमेरले ४६ पुगिसके तर शारीरिक रुपमा ३०/३५ का युवाभन्दा कम देखिँदैनन्। खुब मेन्टेन गरेका छन् आफ्नो ज्यान।

    कुनै बेला उनी नेपाली फिल्म क्षेत्रमा जमेका थिए। बिडम्वना, जमिरहेकै बेला फिल्म छाडेर अमेरिका हानिए। आठ वर्षको अमेरिका बसाइपछि फेरि उनी नेपाली फिल्ममा कमब्याक छन्, अहिले। आफ्नै लगानीमा ‘ऐश्वर्य’ फिल्म निर्माण पनि गरिसके। फिल्म क्षेत्रमा उनको सक्रियता दिनप्रतिदिन बढ्दो छ।

    ‘उमेर भनेको मात्र नम्बर हो’, उनी हाँस्दै भन्छन् ‘म त मेरो आइडी हेर्दा मात्र आफू चालीस प्लस भएको थाहा पाउँछु। नत्र त ३०/३२ वर्षको केटो जस्तो नै लाग्छ। हेर्दा पनि धेरैले त्यही अनुमान लगाउँछन्। मभन्दा कान्छोले त भाइ भन्छन् मलाई।’

    अभिनेता उप्रेतीको अनुभवमा यसरी शरीर मेन्टेन गर्दा खुलेर खान पाइँदैन। ‘मलाई मःमः, घ्यू र खसीको मासु असाध्यै मनपर्छ,’ उनले भने, ‘तर, शरीरलाई मेन्टेन गर्न म यी सब चिज खाँदिन। चिल्लो कम खान्छु, गुलियो फिटिक्कै खान्नँ। सकेसम्म जंक फुडबाट टाढै रहन्छु। मदिरा पनि लिन्नँ।

    उनलाई लाग्छ– हरेक व्यक्तिले शरीर मेन्टेन गर्नसक्ने हो भने १० वर्ष सधैँ उसकै हातमा हुन्छ। ‘मलाई दर्शकले साथ दिइरहनुभयो भने अझै १० वर्ष यही रूपमा देख्न पाउनुहुने छ,’ उनको दाबी छ।

    सधैँ यस्तै जवान देखिनुको खास रहस्य के हो त ? उनको जवाफ छ– नियमित व्यायाम र मिहिनेतको परिणाम। ‘अहिले पनि मौका मिल्दा चार–पाँच घन्टा एक्सरसाइज गर्छु,’ उनी भन्छन्, ‘कम्तीमा दुई घन्टा त गरेकै हुन्छ। दर्शकले हामीलाई सधैँ सुन्दर र जवान देख्न चाहन्छन्। उनीहरूको प्रेमका खातिर पनि हामीले शरीरलाई मेन्टेन गर्नुपर्छ।’

    आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता
    महिनावारी स्वच्छता सचेतना अभियान
    बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
    देवचुली उद्योग वाणिज्य संघको स्थापना दिवसमा ‘सकारात्मक सोच’ विषयमा सचेतनामूलक
    ३ प्रतिशत समतामूलक करले रजहर प्राकृतिक चिकित्सालयका बिरामी थप मारमा
    श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.