नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन ग्रीन ह्याम्लेट पार्टी प्यालेसमा संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवालीको सभापतित्वमा सम्पन्न भयो । प्रादेशिक रक्तसञ्चार केन्द्र चितवनका प्रमुख सुमित्रा पौडेलको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल दुर्लभ रक्त समुदायका केन्द्रिय तदर्थ समितीका अध्यक्ष पुष्प राज शर्मा ज्यूले मन्तव्य राख्नु भयो । संस्थाको अधिवेशन बाट श्री राजमणी नेपालको अध्यक्षतामा १३ जनाको निर्बिरोध नयाँ कार्य समिती गठन भयो । जसमा उपाध्यक्षमा विजय अधिकारी, सचीवमा दिपेन्द्र पौडेल, कोषाध्यक्षमा आमोध सुवेदी र सह- सचीवमा कृष्टि सापकोटा चयन भएका छन । सदस्यहरुमा क्रमशः रामचन्द्र हुमागाई, प्रमिला देवी पाण्डे, गोबिन्द पराजुली, यशोधा शर्मा, मदन कट्टेल, सबिता पौडेल, बिमला मिश्र, हरि भन्डारी, चयन भएका छन ।
नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न
नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न
तपाईको प्रतिक्रिया




