गत पौष अर्थात् डिसेम्बर ३१ मा चिनबाट शुरु भएको कोभिड – १९ , त्यसपछि थाइल्याण्ड हुदैँ हाल बिश्वका २१३ भन्दा बढि राष्ट्रमा फैलिसकेको छ । हाल बिश्वभर यसको संक्रमण सङख्या ५१,३६,७८५ भन्दा बढि रहेको छ भने मृतकको सङख्या ३,३१,४९६ नाघिसकेको छ र यो बढ्ने क्रममा छ । चिन र अमेरिकामा देखिएको प्रवित्ति अनुसार अन्य उमेर समूहको तूलनामा बच्चामा यसको संक्रमण दर कम २.४ % मात्र देखिएपनि नेपालमा भने ४५४ संक्रमीत मध्ये नै १०३ जना २० बर्ष भन्दा कम उमेर समुहका बच्चाहरु रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो । अर्थात् नेपालमा बच्चामा संक्रमण दर २२.६८ ५ रहेको थियो । यसलाई आधार मानेर हेर्दा नेपालमा बच्चामा संक्रमण अन्य देशको तुलनामा केहि उच्च हुने अनुमान लगाउन सकिन्छ ।
संक्रमण सँगसँगै हाल बिश्वका ६० %बच्चाहरु अांशिक वा पूर्ण लकडाउन झेल्न बाध्य छन् भने सम्पूर्ण स्कूल र कलेजहरु बन्द छन् । यसले प्रतक्ष्य र अप्रतक्ष्य रुपमा बच्चाको चौर्तिर्फ बिकाशमा असर गरेको छ । जून यसप्रकार रहेका छन् ;
१) पोेषण
कोभिड – १९ को संक्रमणले आर्थिक हिसाबले सबल र दुर्बल देश बिच अझ गहिरो खाडल सिर्जना गरेको छ । आर्थिक हिसाबले सबल देश र परिवारका बच्चाहरुमा (over nutrition) र मोटोपना (obesity) को समस्या देखापरेको छ । जसले भबिष््यमा नसर्ने रोगहरु
( Non – communicable diseases) को सम्भावनालाई अझ बढवा दिएको छ । भने अर्कोतिर आर्थिक हिसाबले कमजोर ( अफ्रिकी , दक्षिण एशियाली ) देशहरु जहाँ स्कूलमा दिने खाजा (Mid-day meal) नै बच्चाको पोषणको मुख्य स्रोत थियो त्यहाँको बच्चाहरुमा कुपोषणको सम्भावना बढेर गएको छ ।
२) शिक्षा
लकडाउन सँगै शुरु भएका (Online class, Radio class , Telivision class) मा एकातर्फ सबै बर्गका बच्चाहरुमा यसको पहुँचता छैन भने अर्कोतिर यस्ता कक्षाबाट हुने सिकाईले शिक्षाको गुणस्तरमा पनि गम्भिर प्रश्न चिन्ह् खडा गरेको छ ।
३) खोप
लकडाउनसँगै धेरै देशहरुले नियमित खोप सेबाहरु बन्द गरेका छन् । जसले खोपबाट न्युनिकरण गर्न सकिने रोगहरु (vaccine preventable diseases ) को जोखिमलाई बढाएको छ ।
४ साईबर अपराध
दिनभरि घरमा बस्दा बच्चाहरु ईन्टरनेट को बिभिन्न siteमा जान्छन् । कुन site सहि र कुन गलत छुट्याउन नसक्दा बिभिन्न आतकं, यौन शोषण (internet violence, sexual exploitation, bullying) को जोखिम बढेर गएको छ ।
५ मानसिक असर
कोभिड – १९ सँगै बढेको सामाजिक दुरी, आईशोलेशन आदिले बच्चामा एक्लोपनाको महशुश गराएको छ । बुबाआमाको रोजगारी गुम्दा पारीवारीक आर्थिक संकटले बालबच्चाको मानशिकतामा अझ बढि असर गरेको देखिन्छ । स्कुल , साथिभाई, परिवारसँग छुट्टिनु पर्दा separation anxiety, रोगबारे उचित जानकारी प्राप्त नहुनु, संक्रमणको डर, मृत्यूको भय आदिले बच्चाको मानसिक स्वास्थ्य मा नकारात्मक असर गरेको छ ।
असरहरु न्युनिकरण गर्न के गर्ने
— बच्चालाई सन्तुलित आहार खुवाउने
— बच्चाको उमेर अनूसार उपयुत्त व्ययाम गर्न लगाउने
— दैनिक कार्यतालिका बनाएर यसलाई नियमित पालन गर्न लगाउने
— हालको अवस्थामा अभिवावक नै बच्चाको शिक्षक, साथि, अभिवावक भएकाले अभिवावकले आफ्नो बहू भुमिका लाई सहि तरिकाले निर्वाह गर्ने ।
— कुपोषणलाई Multisectoral Approach बाट निवारण गर्ने
— E- learnigको पहुँचता सबैमा पु¥याउने र यसको गुणस्तर बढाउन सरकारी स्तरबाट नै निती तथा कार्यक्रम बनाउनु जरुरी छ ।
— सरकारि स्तर बाट नै सामाजिजक दुरी कायम गरि र उचित ब्यत्तिगत कवच (PPE) प्रयोग गरि नियमित खोप सेवा संचालन गर्न लगाउने ।
— विभिन्न संचार माध्यम ( रेडियो, टि भि ) बाट साइबर अपराध (cyber crime) बारेमा चेतना फैलाउने । अभिवावकले आफ्नो निगरानिमा मात्र बच्चालाई ईन्टरनेट चलाउन दिने ।
— कोभिड – १९ बारे बच्चालाई सहि सुचना र जानकारी उनिहरुले बुझ्ने गरि दिने ।
— बिभिन्न संचार माध्यमबाट बाल मनोबिज्ञानसँग सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने ।
Master in Child Health Nursing 2nd year, Institute Of Medicine




