—- भ्यान्कुभर शहर निवासी नेपालीहरू पिकनिक आएका छन् । कामबाट फुर्सद निकाल्न गाह्रो छ। परदेशमा देश सम्झिन नेपालीहरू यस्तो जमघट गरिरहन्छन्। झापाली पाका मान्छे हरि सुवेदी पनि पुगेका छन् । उनी पाकाहरूको साथमा गफमा व्यस्त।सुवेदीकी छोरी सरला र एउटी नानीको मित्रता जमेको छ। नानी ,हरिको लागि नौली। गीत गाउन,गफ गर्न,रमाइलो गर्न नौली नानी खप्पिस। ” हेर सरला,अरूको कुरा गरेर आफ्नो अमूल्री समय खेर फाल्ने होइन।अरूलाई खराब भनेर हामी असल हुने होइन।अरूलाई अयोग्य भनेर हामी योग्य हुने होइन।” —-. कुरा सुनेर हरि जिल्ल!किन कि यी कुराहरू हरिले उहिले एक जनाको मुखबाट सुनिसकेको थियो। त्यो पनि विदेशमा, वागा वागामा,एक बिहान,एक अजनवी,अष्ट्रेलियामा,एकैछिनमा त्यो अजनवी आफन्त भएको थियो। ” को हुन् यी नानी?” हरिको मनमा कुरा खेल्यो। उनी त्यो समूहको नायिका,सबैलाई सम्झाउने पनि,गीत गाउने पनि,प्रियदर्शिनी। नजिक गयो हरि। ” अङ्कलले मलाई केही भन्न खोजेजस्तो लाग्यो । हजुरको अनुहार नै एक प्रश्न जस्तो लागिरहे छ।हो? ” ” नानी को हौ? खुल्दुली भएकै हो। सरलाको बा हो म।दोस्ती रहेछ छोरीसित।नानीको कुराहरू मेरो एकजना दाजी साथीसित मिल्यो।अनुरूप। ” ” हजुर अष्ट्रेलिया जानुभएको थियो?” पूजा खुशी,” मेरो नाम पूजा खुशी हो। ” ” हो हो,हामी अष्ट्रेलियामा केही समय,छोराबुहारीकोमा!” ” त्यहाँ सुरज र रोशनी गिरीको पाहुना भएर छ जना फिन्लीबाट आएका थिए?” ” हो हो,आएका थिए!कसरी थाहा भयो?नानी त ज्योतिष हो कि क्या हो?” ” एक जना प्रोफेसरले गजल,कविता ,हिन्दी गीत सुनाउनुभयोरमाइलो गर्नुभयो?” ” हो त, अति रमाइलो प्रोफेसर !हाम्रा झापाली साहित्यकारहरूको मित्र,धरावासीलाई सारै माया गर्ने! भट्टराईप्रेमी! नानी,कसरी थाहा भयो?को हौ नानी?” ” प्रोफेसर साहेबले अरू केही भन्नुभएन र?पूरै सिनेमाको कथा भन्ने मान्छे।” ” त्यति लामो सङ्गत भएन।४२ बर्ष पढाएको भन्नुभयो। दुई छोरी पनि विदेशमा नै भन्नू भयो।यतै क्यानडा !प्रोफेसर हृदयनारायण गोस्वामी होइन त?” ” ए दिदी,आइज त हरि अङ्कलको जिज्ञासा शान्त बनाउन।” पूजाले तीन भुराहरूसित रमाइरहेकी अर्की नानीलाई बोलाई। ” हरि अङ्कल,म पूजाकी दिदी, श्रद्धा ! हजुरले हामीलाई राम्रोसित चिन्नुहुन्छ।मेरो अनुहार हेरेपछि हजुरले हाम्रो बाको अनुहार सम्झिनुहुन्छ। ” ” आम्मै,नानी त मेरै दाजी गोस्वामीको फोटो कपि!” ” हो अङ्कल,हामी प्रोफेसर साहेबकै दोस्रो पुस्ता,अनुज आलोक अष्ट्रेलिया,हामी यता।हामीले हरेक कुरा सिकेको नै बाबाट ! हामीलाई गर्व छ,बाआमाको नामले चिनिन पाइन्छ। धन्यवाद अङ्कल!प्रोफेसर हृदयनारायण गोस्वामीको साथी हुनुभएकोमा बधाइ छ!” पूजा,पिताकै शैलीमा। ” नानीहरू भाग्यमानी हौ,मैले त्यति उज्यालो मान्छे अर्को देखेको छैन जिन्दगीमा ! बिन्दास,सरल र सज्जन । म आज कुरा गर्ने छु,प्रोफेसर दाजीसित! ” — ” हा हा हा,हरि भाइ,हाम्रा न्यायाधीशहरू भेट भए?लौ रमाइलो भएछ। तीन सन्तान,सदा वरदान!हामी भाग्यमानी !” हरि र गोस्वामीको वार्ता भयो। ” आज यो हरि मोग्याम्बो खुश हुवा!” हरिले खुशी प्रकट गर्यो।
नानी को हौ ?
नानी को हौ ?
"लघुकथा "
तपाईको प्रतिक्रिया




