चितवन/भरतपुर महानगरपालिका वडा नम्बर १२ ले गरिव असाहयको सहयोगको लागि दान पेटीका स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमका बीच वरिष्ठ सामाजिक तथा दानवीर नारायण सिंह कुँवरले दान पेटीकामा नगद पाँच हजार पाँच रुपैयाँ राखेर उद्घाटन गरिएको हो । गरिब, विपन्न तथा असाहय साथै न्यून आयस्रोत भएका तथा विपन्न घर परिवारलाई सहज होस् भन्ने उद्देश्यले दान पेटीकाको स्थापना गरिएको भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष लेखराज पन्त ‘हरि’ ले जानकारी दिए ।
Advertisement
कार्यक्रममा बोल्दै वरिष्ठ सामाजिक तथा दानवीर नारायण सिंह कुँवरले भरतपुर महानगरपालिका वडा नम्बर १२ ले दान पेटीका स्थापना गरी गरिब, विपन्न तथा असाहय वर्गको घाउमा मलम लगाउने काम गर्नु सह्रानीय काम भएको बताए । दान पेटीका स्थापनाबाट गरिब, असाहय, एकल महिला, विपन्न वृद्ध, जेहेन्दार विद्यार्थी र सिमान्तकृत वर्गलाई सहयोग पुग्ने भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडा सचिव महेन्द्र बहादुर कार्कीले व्यक्त गरेका छन् ।




