नारायणगढ/ भरतपुर महानगरपालिका १ नारायणगढको ईन्द्रदेव मार्केटमा भिआईपी जिम सञ्चालन आएको छ । बिहीबारबाट उक्त जिमको शुभारम्भ भएको हो । जिमको आज एक कार्यक्रमकाबीच भरतपुर १ का वडाध्यक्ष केशव महर्जनले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै महर्जनले शरीरलाई स्वस्थ र स्फुर्त राख्नका लागि जिम आवश्यक रहेको बताए ।
नियमित रुपमा व्यायाम गर्दा शरीर स्वस्थ र निरोगी रहने र निरोगी मान्छेलाई अस्पताल धाएर औषधि सेवन गर्नुपर्ने अवस्था नै नआउने उनको भनाइ थियो । ‘जिमले हाम्रो शरीरलाई स्वस्थ र निरोगी बनाउँछ । स्वस्थ भयौं भने औषधिको खपत कम हुन्छ’, उनले भने । शारीरिक व्ययाम र खेलकुदले समाजमा अदृश्य रुपमा धेरै फाईदा पुग्ने उनको भनाइ थियो ।शारीरिक व्ययामले बिशेष गरी युवाहरुलाई कुलतमा फस्नबाट बचाउने उनले बताए । कुलतबाट बचाएर युवा जनशक्तिलाई राष्ट्र निर्माणमा लगाउन सकिने उनको भनाइ थियो ।
भरतपुरका सुदन पण्डित र नेपालगञ्ज घर भई हाल भरतपुरमै बस्दै आएका सादिक खानले संयुक्त रुपमा भिआईपी जिम सञ्चालनमा ल्याएका हुन् । बिशेष गरी नारायणगढ बजार क्षेत्रलाई लक्षित गर्दै जिम हल सञ्चालन गरिएको सञ्चालक पण्डितले बताए । जिम हलमा महिला र पुरुष दुबैले व्यायाम गर्न सक्ने उनले बताए । उनका अनुसार भिआईपी जिममा एकै पटकमा एक सय ५० जनाले सेवा लिन सक्नेछन् । जिम बिहान ५ बजेबाट राति ९ बजेसम्म खुला हुने उनले जानकारी दिए । दैनिक तीन जना अनुभवी प्रशिक्षकले जिमको प्रशिक्षण दिने अर्का सञ्चालक खानले बताए । जिमसँगै जुम्बाको छुट्टै कक्षा पनि सञ्चालन हुने उनले बताए ।






