भरतपुर/सामाजिक सेवाको क्षेत्रमा क्रियाशील अन्तराष्ट्रिय सस्था रोटरी क्लब अफ भरतपुरको १९ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । क्लबका निवर्तमान अध्यक्ष राजेन्द्र कुमार पियाले एक औपचारिक कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष भोला जोशीलाई अध्यक्षको पद हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका गभर्नर जीतेन्द्र बहादुर राजभण्डारी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजभण्डारीले रोटरी क्लब अफ भरतपुरलाई एक उदाहारणीय क्लबको रुपमा चित्रण गर्दै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सक्रिय हुन आग्रह गर्नु भयो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा. तिलचन्द्र भट्टराईसहित क्लबका पुर्व अध्यक्ष, पदाधिकारी, सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । क्लबको हित र सामाजिक काममा सहयोग गर्ने क्लबका विभिन्न सदस्यहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा क्लबको परिचयको रुपमा रहेको पुस्तक ’ल्याण्ड अ ह्याड’ विमोचन गरिएको थियो । क्लबका सचिव बिमल कुमार क्षेत्रीले संचालन गर्नु भएको उक्त कार्यक्रममा क्लबका प्रस्तावित अध्यक्ष भुपेन्द्र राज बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा एक सयभन्दा बढी रोटरीयन, परिवारजन एवम् पाहुनाहरुको उपस्थिति रहेको थियो ।




