• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरी नगरपालिका पहिलो

  •   बुधबार, असार १५, २०७९ मा प्रकाशित
  • भरतपुर/चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगित–२०७९ मा काठमाडौँको चन्द्रागिरी नगरपालिका पहिलो भएको छ । छ स्वर्ण, एक रजत तथा तीन कास्य सहित जम्मा १० पदकसहित चन्द्रागिरी नगरपालिका पहिलो भएको हो । त्यसैगरी, प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ । गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै २३ पदकसहित चितवनको भरतपुर महानगरपालिका तेस्रो भएको छ । भरतपुरले चार स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गरेको श्रेष्ठले बताउनुभयो ।
    प्रतियोगितामा चितवनकै माडी नगरपालिकाले सान्त्वना स्थान हासिल गरेको छ । माडीले दुई स्वर्ण, चार रजत तथा दुई कास्य गरी जम्मा आठ पदक प्राप्त गरेको थियो । प्रतियोगितामा टिम पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना हुने पालिकालाई ट्राफी प्रदान गरिएको थियो भने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    Advertisement

    प्रतियोगितामा महिलातर्फ उत्कृष्ट खेलाडीको रुपमा पर्वतको पैयुँ गाउँपालिकाकी खेलाडी प्रतिका थापा तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीकोरुपमा काठमाडौँको चन्द्रागिरी नगरपालिकाका खेलाडी सुजल कार्की घोषित हुनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफी र नगदसहित पुरस्कृत गरिएको श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा सात वटै प्रदेशका करिब ३०० खेलाडी सहभागी थिए ।
    दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै ग्योरीकी (फाइट) र पुम्सेमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा पुरुषतर्फ ग्योरीकीमा ३५ केजीदेखि ७४ केजी तौल समूहसम्म तथा महिलातर्फ ३० केजीदेखि ६३ केजी तौल समूहसम्म प्रतिस्पर्धा भएको श्रेष्ठले बताउनुभयो । पुम्सेमा भने ब्ल्याकबेल्ट सेकेण्ड डनसम्मका खेलाडीहरुको प्रदर्शनी रहेको थियो । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी जम्मा १८ वटा फाइट तथा पुम्सेमा जुनियर र सिनियर गरी चार वटा प्रतिस्पर्धा गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
    प्रतियोगिताको समापन गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनालले मेयर कप प्रतियोगिताले खेलाडीहरु उत्पादन गर्न टेवा पुग्ने बताउनुभयो । विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई खेलकुदमा सहभागी गराउन सकेको अवस्थामा उनीहरुमा खेलप्रति उत्साह बढ्नुका साथै उनीहरु अनुशासित हुनेसमेत खनालको भनाइ थियो ।

    बुधबार, असार १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.