भरतपुर/लायन्स क्लव अफ चितवन नवलपुरले सोमबार एक कार्यक्रमका विच कावासोतीमा शैक्षिक समाग्री वितरण गरेको छ । लायन्स क्लवले कावासोती ११ पिठौली नवलपरासी स्थित नारायणी प्राथमिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
लायन्स क्लव अफ चितवन नवलपुरका सस्थापक अध्यक्ष उमाकान्त (निर्मल) कँडेलको अध्यक्षतामा सम्पन्न स्टेशनरी वितरण कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशलन ३२५ वि टुका सेकेण्ड माइस डिष्ट्रिक गर्भनर रामप्रसद भट्ट प्रमुख अतिथी रहनु भएको थियो ।
क्लवका प्रथम उपाध्यक्ष सुजन थापा क्षेत्रीको संयोजनमा भएको उक्त कार्यक्रम सचिव रामप्रसाद शर्मा (रमेश)ले संचालन गर्नुभएको थियो । कार्यक्रममा सो विद्यालयमा अध्यायनरत ६५ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी एक दर्जन कापि, एक दर्जन पेनसिल र खाजा वितरण गरिएको हो ।
कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ विटुका चिफ डिष्ट्रिक एड्भाईजर दिनानाथ न्यौपाने, को चिफ डिष्ट्रिक एड्भाईजर नारायणप्रसाद शर्मा, जोन चियर पर्सन विनोद सुवेदी, कावासोती ११ का वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक ददिराम परियार, शिक्षक इन्द्र भुषाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा क्लवका द्धितीय उपाध्यक्ष कृष्ण लामाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
लायन्सको शैक्षिक सामाग्री वितरण
लायन्सको शैक्षिक सामाग्री वितरण
Advertisement
तपाईको प्रतिक्रिया




