नारायणगढ/कामना सेवा विकास वैक नारायणगढ शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नौरङ्गे टोल विकास संस्था भरतपुर १२ चितवनलाई ६० थान डसबीन आज सोमवार एक कार्यक्रम विच हस्तान्तरण गर्यो ।
उक्त कार्यक्रमको सभापति नौरङ्गे टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेल रहनु भएको थियो भने प्रमुख अतिथि कामना सेवा विकास बैकका क्षेत्रीय प्रवन्धक सुरेन्द्र भण्डारी तथा अतिथिहरुमा कामना सेवा विकास वै“क लायन्सचोकका शाखा प्रवन्धक सुरेश घिमिरे, धनगढा एकिकृत विकास समितिका उपाध्यक्ष भरत सुवेदी, ज्योति पुस्तकालयका अध्यक्ष कुलमणि शर्मा पोख्रेल, सम्झना आमा समुहका अध्यक्ष मन कुमारी जि.सि., ज्योति पुस्तकालयका पुर्व अध्यक्ष घनश्याम घिमिरे र टंक प्रसाद रिमाल, पत्रकारहरु नविन वावु मरहट्टा र टिकादत्त तिमिल्सिना रहनु भएको थियो ।
नौरङ्गे टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलले स्वागत मन्तव्यमा यसरी सहयोग पाईएकोमा वै“कलाई धन्यवाद दिदै खुसि व्यक्त गर्नु भएको थियो । मन्तव्यको क्रममा कामना सेवा विकास बैकका क्षेत्रिय प्रवन्धक सुरेन्द्र भण्डारीले २.५ अर्व पुजी, ११५ वटा शाखा, बचतमा ७ प्रतिशत व्याज र मुद्धतीमा १०.५ प्रतिशत रहेको कुरा जानकारी दिनुभयो । साथै कामना सेवा विकास वै
क लाईन्सचोकका शाखा प्रवन्धक सुरेश घिमिरेले सम्पुर्ण टोल वासिहरुले यस कामना सेवा विकास वैकमा खाता खोलि सेवा गर्ने अवसर दिने कुरा अनुरोध गर्नु भएको थियो । कार्यक्रममा टोलबासीहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन नौरङ्गे टोल विकास संस्थाका कोषाध्यक्ष विष्णु हरि पराजुलीले गर्नु भएको थियो ।




