नारायणगढ/नेवाःपुचः नारायणगढको पाँचौ प्रस्तुति क्याम्पाचौर फुड फेस्टिबल–२०७६ मा विभिन्न खानाका स्टलसहित मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन भएका छन् । माघ ७ गतेदेखि सञ्चालन फुड फेस्टिबल माघ ११ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रम अन्तर्गत शुक्रबार चितवन फिजिकल फिटनेशले आफ्नो प्रस्तुति दिएको थियो ।
चितवन फिजिकल फिटनेशका प्रबन्ध निर्देशक प्रकाश गुरुङको संयोजकत्वमा फुड फेस्टिबलमा पुगेको टोलीले जुम्बा ड्रान्सबाट आफ्नो प्रस्तुति दिएका थिए । जुम्बा ड्रान्सको संयोजन चितवन फिजिकल फिटनेश भरतपुर शाखाका प्रशिक्षक गोकर्ण बम्जनले गरेका थिए ।
फुड फेस्टिबलमा फिटनेशका संरक्षक प्रितम गुरुङ, प्रमुख सल्लाहकार राकेशमान श्रेष्ठ, प्रेस सल्लाहकार राजु भट्ट, सल्लाहकारहरु सूर्य हल्क, प्रविन सिंह (पिन्टु) प्रशिक्षकहरु सुरेश राजवंशी, अन्जन राई, सोनु कस्यव, म्यानेजर नविन राना लगायतको उपस्थिति रहेको थियो ।
जिमको क्षेत्रमा नयाँ–नयाँ सोच र प्रविधिमैत्री बनाउँदै जिम हलले विगत १२ वर्षदेखि ब्रिटिस आर्मी र सिंगापुर पुलिसको लागि आवास सहितको टे«निङ दिदै आएको र २०२०–२०२१ इन्टेकको लागि भर्ना समेत खुलेको चितवन फिजिकल फिटनेशका प्रबन्ध निर्देशक प्रकाश गुरुङले जानकारी दिनुभयो । चितवन फिजिकल फिटनेशको भरतपुर, क्षेत्रपुर र गैंडाकोट गरी ३ वटा शाखाबाट आफ्नो सेवा सञ्चालन भईरहेको छ ।




