• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

पब्जी नखेल भनेर झपार्दा नाबालक छोराले गरे आमाको हत्या


  •   बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
  • काठमाडौं /एक छोराले आफ्नै आमाको दर्दनाक तरिकाले हत्या गरेका छन् । भारत, उत्तर प्रदेशको लखनउमा एउटा हृदयविदारक घटना सार्वजनिक भएको हो । त्यहाँ पब्जी मोबाइल गेमको लतमा परेका नाबालिग छोराले ४० वर्षीया आमा साधना सिंहको हत्या गर्दिएका हुन् । छोराले गोली हानेर आमाको हत्या गरेको खुलेको छ । हत्यारा छोराले दुई दिन तीन रात आमाको शव घरमै राखेका थिए । कान्छी बहिनीलाई प्रहरी वा अरु कसैलाई भने तिमीलाई पनि मार्छु भनेर धम्की दिएको कुरा खुल्यो । तर मंगलबार शवको दुर्गन्ध फैलिन थालेपछि उनले नयाँ नाटक बनाएर आमाको मृत्युबारे बुवालाई जानकारी गराए । जानकारीपछि छिमेकीले प्रहरीलाई खबर गरेका हुन् ।

    घटनास्थलमा पुगेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । सोही क्रममा नाबालिग छोरालाई सोधपुछ गर्दा पूरै वास्तविकता बाहिर आयो । प्रहरीका अनुसार श्रीमान् आसनसोल (पश्चिम बङ्गाल) मा सेनामा सुभेदार मेजर (जेसीओ) पदमा तैनाथ छन् । छोरामार्फत उनले श्रीमतीको मृत्यु भएको खबर पाइसकेका छन् । उनी घर आउन बाटो लागेको प्रहरीले जानकारी दिएको छ । मूल रूपमा वाराणसीका नवीन सिंह केही वर्षदेखि सेनामा कार्यरत छन् ।

    Advertisement

    उनको परिवार पीजीआईको पञ्चमखेडाको जमुनापुरम कोलोनीमा बस्दै आएके थियो ।

    एडीसीपी पूर्वी कासिम अब्दीका अनुसार नवीनकी श्रीमती साधना सिंह, १६ वर्षीय छोरा र ९ वर्षीया छोरी त्यहाँ बस्दै आएका थिए । तीनै जना पीजीआईमा बनेको घरमा बस्थे । शनिबार राति साधना दुवै छोराछोरीसँगै कोठामा सुतेकी थिइन् । सोही दिन छोराले बिहान करिब ३ बजे बुवाको लाइसेन्स भएको पेस्तोल निकालेर आमाको टाउकोमा गोली हानेका हुन् ।

    साधनाको घटनास्थलमै मृत्यु भयो । घटनाबारे जानकार कान्छी बहिनीलाई प्रहरी वा अरु कसैलाई भन्यौ भने तिमीलाई पनि आमालाई जसरी मार्छु भनेर धम्की दिदैँ अर्को कोठामा लगे । आमालाई मारेपछि उनी बहिनीसँग अर्को कोठामा सुतेका थिए । बिहान उठेपछि उनले बहिनीलाई फेरि धम्की सम्झाए । प्रहरीका अनुसार शव राखिएको कोठामा रुम फ्रेसनर र डिओडोरेन्ट प्रयोग गरेर दुर्गन्ध हटाउने प्रयास गरिएको थियो । मंगलबार राति करिब ९ बजे दुर्गन्ध बढेपछि उनी डराउन थाले । त्यसपछि शवमा केमिकल खन्याएर फाल्ने प्रयास गरेका थिए । केही सीप नलागेपछि आसनसोलमा तैनाथ बाबुलाई फोन गरेर आमाको कसैले हत्या गर्यो भन्दै जानकारी गराए ।

    बहिनी र आफूलाई अर्को कोठामा बन्द गरेर आमाको हत्या भयो भन्ने झुटो कहानी बाबुलाई सुनाए । थुनेको कोठाबाट मुस्किकले बाहिर निस्केको कुरा पनि उनले भनेका थिए । त्यसपछि बुबा नवीन सिंहले छिमेकी दिनेश तिवारीलाई फोन गरेर घटनाबारे घरमा जानकारी गराएका हुन् ।

    दिनेश नवीनको घर पुग्दा दुवै बालबालिका बरण्डामा थिए । सोधपुछ गर्दा कसैले आमाको हत्या गरेको बताए । दिनेश कोठामा गएपछि त्यहाँको दुर्गन्ध सहन सकेनन् । यसबारे उनले तुरुन्तै प्रहरीलाई खबर गरे । प्रहरीले घटनास्थलमा पुगेर दुवै बालबालिकालाई बाहिर निकाल्यो । प्रहरीले कोठा सिल गरेर शवको अनुसन्धान सुरु गरेको छ ।

    एडीसीपी पूर्वका अनुसार साधनाको शव जुन बेडमा थियो, त्यहाँ नवीनको लाइसेन्स भएको पेस्तोल पनि थियो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ । पेस्तोल फरेन्सिक युनिटलाई बुझाइएको छ । फरेन्सिक युनिटले घटनास्थलबाट धेरै प्रमाण संकलन गरेको छ । प्रहरीका अनुसार हत्या शनिबार राति भएको थियो ।

    प्रहरीका अनुसार अनुसन्धानपछि प्रहरीले नवीनका नाबालक छोरासँग सोधपुछ गरेको थियो । अर्कोतिर छोरीसँग महिला प्रहरीले सोधपुछ गर्यो । त्यसक्रममा यो पूरै घटना बाहिर आयो । नाबालिग छोराले प्रहरीसमक्ष आफूले पब्जी खेल्ने गरेको स्वीकार गरेका छन् ।

    सोही कारण आमाले उनलाई कुटपिट समेत गर्ने गर्थिन् । शनिबार घरमा रहेको भारु १० हजार रुपैयाँ हरायो । जसकारण आमा रिसाइन् । उक्त रुपैयाँ चोरेको आरोपमा आफूलाई कुटपिट गरेको नाबालक छोराले आरोप लगाए । बालकका अनुसार घरमा कुनै पनि गल्ती हुँदा सबै दोष उनलाई नै लगाउने गरिएको थियो । त्यसपछि आमाले कुटपिट पनि गर्ने गर्थिन् । सोही कुराको बदला लिन उनले आमाको हत्या गरेका हुन् ।

    प्रहरीका अनुसार नवीनका नाबालक छोरा तेलीबागको एपीएस स्कुलमा कक्षा १० मा पढ्छन् । उनलाई पब्जीको लत लागेको छ । यो कुरा थाहा पाएपछि आमाले उनलाई बेला–बेलामा झपार्ने गरेकी थिइन् । तर छोराले आमाको कुरालाई वास्ता गर्न छोडेका थिए । आमाले निकै रिस उठ्दा कुटपिट गर्थिन् ।

    ती बालकलाई इन्स्टाग्रामको लत पनि लागेको थियो । उनले आफ्नो प्रोफाइलमा सबै कुराहरु राख्ने गर्थे । यी सबै कुराहरुको पुष्टि मोबाइलबाट नै भएको हो । प्रहरीले मोबाइल नियन्त्रणमा लिएको छ । अहिले प्रहरीले यस प्रकरणमा नाबालिग छोरासँग सोधपुछ गरिरहेको छ । छोरी बाबा आउला भनेर पर्खिरहेकी छिन् । किनकी उनलाई दाजुको डर छ ।

    बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.