भरतपुर/श्रम तथा रोजगार कार्यालय हेटौडा मकवानपुरको आयोजनामा “श्रम अडिट सम्बन्धि विद्यमान कानूनी प्रावधान, आवश्यकता, महत्व सम्बन्धमा” एकदिने छलफल कार्यक्रम सम्पन्न भएको छ । भरतपुरको चौबीसकोठीस्थित होटल शुभम्को सभाहलमा सम्पन्न छलफल कार्यक्रममा जिल्लामा रहेका उद्योग प्रतिष्ठानका करीब ३ दर्जन भन्दा उद्योगीहरुको सहभागिता रहेको श्रम तथा रोजगार कार्यालयका नायव सुब्बा श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले श्रम तथा रोजगार कार्यालय हेटौडाले “श्रम अडिट सम्बन्धि विद्यमान कानूनी प्रावधान, आवश्यकता, महत्व सम्बन्धमा” एकदिने छलफल कार्यक्रम राखेर उद्योगीहरुलाई श्रम अडिट सम्बन्धि उपयोगी शिक्षा प्रदान गरेकोमा कार्यक्रमको सफलताको कामना समेत गर्नुभयो । उहाँले भन्नुभयो–यस्ताखाले कार्यक्रमहरुले उद्योगीहरुको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रमका प्रस्तुतकर्ता ईन्जिनियर प्रशान्त शाहले श्रम ऐन २०७४ र श्रम अडिट मापदण्ड २०७५ को कानुनी व्यवस्था र प्रावधान लगायतका विषयहरुमा आफ्नो प्रस्तुतिबाट उद्योगहरुको जिज्ञासालाई सुल्झयाउनु भएको थियो ।
छलफल कार्यक्रममा चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ–चितवन लगायतका संस्थाका उद्योगीहरुको सहभागिता रहेको थियो ।
चितवन उद्योग संघको तर्फबाट एकदिने छलफल कार्यक्रममा अध्यक्ष राजु पौडेल, गभर्निङ काउन्सिल संयोजक हरिप्रसाद सुवेदी, पूर्व अध्यक्ष ताराप्रसाद पौडेल, उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, दुर्गाप्रसाद भण्डारी, युग राज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु बिष्णुप्रसाद पौडेल, जितबहादुर हमाल, हरिप्रसाद भट्ट, दिकादत्त अधिकारी, दण्डपाणी भट्ट, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।




