• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

विश्व वातावरण दिवसमा प्रभातफेरि एवं सरसफाइ


  •   आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
  • चितवन/आज परेको विश्व वातावरण दिवसको अवसर विद्यार्थीहरुले प्रभातफेरि एवं सरसफाइ गरेका छन् । चितवनको भरतपुर–१६ स्थित नारायणी विद्यामन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आज बिहान प्रभातफेरि एवं विद्यालय वरपरको क्षेत्रमा सरसफाइ गरेका हुन् । वातावरण र संरक्षणसँग सम्बन्धित प्लेकार्ड र व्यानर बोकेका विद्यार्थीहरुले शिवघाट परिक्रमा गरेका हुन् । उनीहरुले शिवघाट क्षेत्रको सडक किनारमा फालिएका प्लाष्टिकजन्य फोहोरहरु समेत सङ्कलन गरेका छन् । प्लाष्टिकजन्य फोहोरका कारण वातावरणमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यार्थीहरुले सचेतनामूलक प्रभातफेरि एवं सरसफाइ कार्यक्रम गरेको जनाएका छन् ।
    विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष थानेश्वर गौतमले विद्यार्थीहरुलाई संरक्षण शिक्षा दिन सकेको खण्डमा समाज र देश परिवर्तन हुने भएकाले विश्व वातावरण दिवसको दिन समुदायमा समेत सरसफाइ गरिएको बताउनुभयो । विद्यार्थीहरुलाई पढाइको अतिरिक्त वन जङ्गल संरक्षण, नदीनालाको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने शिक्षा दिनुपर्ने समेत गौतमले बताउनुभयो । सामुदायिक सरसफाइ कार्यक्रम विश्व वातावरण दिवसको दिनमा मात्रै सीमित नपारी यसलाई नियमित कार्यक्रम बनाउँदै निरन्तरता दिने समेत उहाँको भनाइ छ ।

    Advertisement


    यसैबीच, नारायणी विद्यामन्दिर माध्यमिक विद्यालयले विश्व वातावरण दिवसकै अवसर पारेर भरतपुर–१६ का नवनिर्वाचित जनप्रतिनिधि तथा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका शैक्षिक संयोजक बलराम गौतमले हरितगृह प्रभावका कारण पृथ्वीको वातावरण बिग्रिदै गएको बताउनुभयो । पृथ्वीको संरक्षणका लागि सामुदाय स्तरबाट सबै जना एकजुट भएर लाग्नुपर्नेमा गौतमले जोड दिनुभयो ।
    सो कार्यक्रममा भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमालले आफू निर्वाचित भएर आएपछि आफ्नो वडालाई हरियाली वडा बनाउनका लागि सधैँ तत्पर भएर लागिपरेको बताउनुभयो । टोलमा वृक्षरोपण अभियान सुरु भएको उल्लेख गर्दै हमालले सो अभियानलाई वडाभर सञ्चालन गरिने बताउनुभयो । दिवसको दिनमात्रै नभएर सधैँभरि वतावरणलाई स्वच्छ र सफा राख्नका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको हमालको भनाइ छ ।
    १६ नम्बर वडा कार्यालयले संस्थागत र सामुदायिक विद्यालयलाई समान दृष्टिकोणबाट हेर्ने भन्दै वडाको शैक्षिक विकासका लागि सहकार्य गर्न सधैँ तयार रहेको वडाध्यक्ष हमालले बताउनुभयो । शिक्षामा आमूल परिवर्तन भएमात्रै वडाको विकास हुने भन्दै वडाध्यक्ष हमालले शैक्षिक गुणस्तर बढाउन विद्यालयलाई आग्रह गर्नुभयो । सो कार्यक्रममा वडाध्यक्ष हमालसहित वडा सदस्यहरु मिनबहादुर लामा, विष्णुप्रसाद दवाडी, महिला वडा सदस्य दुर्गा सोडारी रेग्मी र दलित महिला सदस्य सारिका सार्कीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णकुमार दवाडीसहितले स्वागत गर्नुभएको थियो ।
    त्यस्तै, विद्यालयमा कक्षा १ देखि ९ सम्म नयाँ आएका विद्यार्थीहरुलाई वडाध्यक्ष हमाल, विद्यालयका अध्यक्ष दवाडीसहित शिक्षकहरुले स्वागत गर्नुभएको थियो । सो अवसरमा विद्यालयको विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए । स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष थानेश्वर गौतम, विद्यालयका कार्यकारी निर्देशक छविलाल शर्मा, विद्यालयका प्रिन्सिपल श्रीनिवास पौडेल, शैक्षिक संयोजक बेलराम गौतम, विद्यालय सञ्चालक समिति सदस्यहरु ऋषिराम दवाडी, दामोदर अधिकारी, नन्दप्रसाद भट्ट, शिक्षक अभिभावक संघका अध्यक्ष मुकुन्द आचार्य, भरतपुर–१६ को मोहन टोल सुधार समितिका अध्यक्ष नरेन्द्र खनाल, विद्यालयका परीक्षा संयोजक राजेन्द्र ढकालसहितका अतिथिहरुको उपस्थिति रहेको थियो ।

    आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.