• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

जित्दैमा ठूलो भएँ भन्ने लागेको छैन, सधैं जनताको काममा सक्रिय हुन्छु – अध्यक्ष धिताल


  •   आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
  • काठमाडौं/जुम्लाको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले आफ्नो कार्याकालमा गाउँपालिकालाई उदाहरणीय बनाउने बताएका छन् । उनी नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित भएका हुन् । उनले गाउँवासीले आफूलाई पत्याएर अध्यक्ष बनाएकाले उहाँहरुको भावनाको कदर गर्ने जनाएका छन् । ‘मलाई जिताउनुमा पनि गाउँवासीको स्वार्थ छ, त्यो भनेको विकास र प्रगति होस् भन्ने हो’ उनले भने ‘म यसअघि पनि अध्यक्षमा उठेको थिँए, प्राविधिक कारणले हारें अब त्यो कुरा बिर्सेर म अघि बढ्छु ।’ उनले सिंजा ऐतिहासिक र पर्यटकीय ठाउँ भएकाले यसको विकास र विस्तारमा आफू लागिपरेको बताएका छन् । हिजो निर्वाचनमा पराजित हुँदा पनि निरन्तर जनताको काममा लागेकाले पनि अहिले आफूलाई पत्याएको उनको भनाई छ । ‘मैले गाउँपालिकाको लागि के गर्नुपर्छ भन्ने बुझेको छु, ३० वर्ष शिक्षण काम गरेकाले पनि मलाई प्राविधिक र अन्य कुराको ज्ञान छ’ उनले भने ‘ निर्वाचनमा जाँदा अवश्य पनि पक्ष र विपक्ष हुन्छ , अब म सबैको अध्यक्ष हुँ त्यसैले पनि कसैलाई बिभेदको नजरले हेर्दिन ।’ उनले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, सडकलगायतका योजनालाई प्राथमिकतामा राखेका छन् ।
    शिक्षालाई गुणस्तरीय बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको भन्दै उनले थपे ‘ विद्यालय नआउने र आएर पनि नपढाउने शिक्षकलाई निगरानी गर्छु, उच्च् शिक्षा दिन सकिएन भनें समाज विकास हुन सक्दैन’ काठमाडौं आएका बेला शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेका उनले भने ‘पर्याप्त दरबन्दी छैन, मन्त्रीज्यूसँग त्यो समस्या समाधानको लागि आग्रह गरेको छु ।’ उनले रोजगार र आम्दानीको कमी भएकाले मानिसहरु सम्भावना खोज्दै गाउँ छोडेको यथार्थ सुनाए । ‘गाउँमा नै सम्भावना छ भन्ने बुझायौं र प्रमाणित गर्यौं भनें मानिसहरुको वसाइसराइलाई रोक्न सकिन्छ भन्ने हो ’ उनले भने ‘गाउँपालिकामा भएको साधन र स्रोतलाई जनताको पक्षमा अधिकतम प्रयोग गर्ने छु ।’ उनले आफ्नो कार्यकालमा कसैले पनि गुनासो गर्नु नपर्ने पनि दाबी गरेका छन् । उनले विकास निर्माणमा हुने अनियमितता र भ्रष्टाचार रोक्ने प्रतिबद्धता जनाए । ठेक्का प्रणालीमा देखिएका समस्यालाई पनि उनले व्यवस्थापनको लागि पहल गर्ने बताएका छन् । ‘टेलिकमको टावर थिएन म निर्वाचित भएर आउँदासम्म, आउनेबित्तिकै टावरको कुरा अघि बढाएको छु , अहिले सहज हुँदै गएको छ’ उनले भने ‘ जिल्लामा उत्पादन धेरै छ तर बजारीकरण गर्न सकेका सकेका छैनौं, कोल्ड स्टोर बनाउने र गाउँपालिकाले नै ती सामग्री किन्नेलगायतका योजना पनि अघि सारेको छु ।’ उनले अन्य राजनीतिक दललाई पनि राम्रो काममा अवरोध नगर्न आग्रह गरेका छन् । ‘म एउटा सामान्य मान्छे हुँ र अब पनि सामान्य नै बन्छु, अध्यक्ष भएँ भन्ने घमण्ड छैन र हुँदैन पनि’ उनले भनें ‘गाउँवासीलाई केही अप्ठ्यारो परे मसँग सिधै कुरा गरे हुन्छ, म समाधानको पहल गर्ने छु ।’ उनले निवर्तमान अध्यक्षले गाउँपालिकाको भवन नबनाएकामा असन्तुष्टि जनाएका छन् । अहिले गाउँपालिका निवर्तमान अध्यक्षको घरमा भाडामा छ । ‘भन्दा भनेजस्तो हुन्छ, गाउँपालिका भवन बनाउनुपर्नेमा अध्यक्षज्यूले आफैं ठूलो विल्डिङ बनाएर आफैंलाई महिनाको डेढ लाख रुपैंया आम्दानी गर्नुभयो’ उनले भने ‘ अब हामी यसलाई पनि सोच्ने छौं ।’ पार्टीले काठमाडौमा हालै निर्वाचित पालिका प्रमुख र उपप्रमुखलाई दिएको प्रशिक्षण व्यवहारिक भएको उनले बताए । ‘हामीले के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्ने बुझेका नै थियौं, प्रशिक्षणले थप परिपक्व बनाएको छ ’ उनले भने ‘प्रशिक्षण सुन्दा माओवादी नै साँच्चै जनताको पार्टी रहेछ भन्ने थप पुष्टि भएको छ ।’ https://www.youtube.com/watch?v=Byc8b25lIQk&t=88s
    जनताको सेवाको लागि राजनीति गरेकोले मलाई कुनै लोभलालच छैन पुर्ण प्रसाद धिताल
    Seen by Raju Bhatta at 24 May 2022 at 15:44
    Enter
    Write to Raju Bhatta

    Advertisement

    आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.