अन्तर्राष्ट्रिय समन्वय समितिले माडीमा एक दिने स्वास्थ्य शिविर राख्ने भएको छ । यहि जेठ २८ गते शनिबार शिविर राखिने संस्थाको शनिबार बसेको बैठकले जनाएको हो । शिविरमा ग्याष्ट्रो तथा फिजिसियन, गाईनो लगायत अन्य सुविधाहरु उपलब्ध हुनेछ । शिविरमा डा. सागर पौडेल, डा. रेनुका ताम्राकार, मोहन कोईराला, विमला भट्टराई लगायत स्वास्थ्यकर्मीले सेवा दिने संस्थाका सदस्य तथा शिविरका संयोजक नन्दलाल पौडेलले जानकारी दिनु भयो ।
कार्यक्रम माडी ५ स्थित ब्रम्हज्योति आधारभूत विद्यालयमा बिहान ८ बजेबाट शुरुहुने व्यबस्थापक शुलभबन्धु पोखरेलले बताउनु भयो । समितिका अध्यक्ष समिर खत्रीको अध्यक्षतामा बसेको बैठकले शिविरमा माडीवासीहरुलाई उक्त दिन उपस्तिथ भई सेवा लिनको लागि आग्रह गर्नु भएको छ ।
Advertisement




