• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

विश्व कप क्रिकेट लिग २ का लागि नेपाली राष्ट्रिय टोली अभ्यासमा व्यस्त

"तयारी स्वरुप राष्ट्रिय टोलीको  एनआरएनए युएसए कपमा सहभागिता "

  •   आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
  • टेक्सस(अमेरिका)/विश्वकप क्रिकेट लिग २ मा सहभागिताका लागि गत आईतबार अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहर आईपुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरुमा सहभागिता जनाउनु अघि तयारी स्वरुप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको छ । लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा संचालन हुने विश्व कप क्रिकेट लिग २ को खेल अघि  नेपाली अल स्टार क्लब र ह्युष्टन हुरिकेन क्लबसँग खेल्ने पूर्व निर्धारित कार्यतालिका अनुसार गत विहिवार नेपाली अल स्टार क्लबसँग प्रतिष्पर्धा गरेको छ । अर्को खेल शनिवार हुँदैछ ।
    क्रिकेट खेलमा उत्कृष्ट देशहरुको सूचीमा पर्ने विभिन्न देशहरुवाट अन्तराष्ट्रिय खेलमा सहभागिता जनाईसकेका खेलाडीहरु सम्मिलित नेपाली अल स्टारसँग नेपाली राष्ट्रिय टोलीले खेलेको विहिवारको खेलमा भने जित आत्मसात गर्न सकेन । कप्तान सन्दीप लामिछानेले  उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपनि नेपाली राष्ट्रिय टोली नेपाली अल स्टार्ससाग ४ विकेटले पराजित भएको थियो । ब्याटिङ गर्दै नेपाली राष्ट्रिय टोलीले  १ सय ९१ रन जोडेको थियो । जुन विजयी लक्ष्य आइपिएलमा समेत सहभागिता जनाईसकेका  विपुल शर्माको  ५० रनको योगदानमा  नेपाली अल स्टार्सले ३३ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर प्राप्त गरेको थियो ।
    विजयी टिमका लागि गौरभ बजाज ५८ बलमा २ चौकासहित ४० रनमा अविजित पारी खेलेका थिए । पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५ दशमलव ५ ओभरमा १ सय ९० रनमा अल आउट भएको थियो । नेपालका लागि आरिफ शेखले ६० रनको  अविजित पारी खेलेका थिए ।
    विजयी तथा उपविजयी टोलीलाई एक कार्यक्रमका बिच गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्दिसागर सुबेदी, उपाध्यक्ष तथा एनआरएनए अमेरिकाका युवा तथा खेलकुद विभाग प्रमुख सुमन थापा, नेपलिज एशोसिएशन अफ ह्युष्टनका अध्यक्ष बिष्णु नेपाल, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पृवुदु दासानायके लगायतले ट्रफी प्रदान गरेको थिए । सो अवसरमा नेपाली अल स्टारको तर्फवाट नेपालको तर्फवाट अन्तराष्ट्रिय खेलका सहभागिता जनाईसकेका अन्तराष्ट्रिय खेलाडी कनिष्क चौगाई, बरदान चालिसे, विनोद दास र  बसन्त रेग्मीलाई सम्मान गरिएको थियो ।
    नेपाली राष्ट्रिय टोलीलाई तयारीका लागि सहज होस् भन्ने उद्देश्यले अल स्टारले आफ्ना नियमित सदस्यहरुसहीत विभिन्न देशवाट अन्तराष्ट्रिय खेलमा सहभागि भैसकेका खेलाडीहरु समेटेर टोली तयार गरेको क्लबका सदस्य बरदान चालिसेले बताउनुभयो ।
    ओमान विरुद्व खेल हुनु भन्दा दश दिन अघि नेपाली राष्ट्रिय टोली अमेरिका आई प्रशिक्षणमा रहेको छ । पहिलो पटक अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीलाई आईसिसीले तोकेको समय  भन्दा पहिलानै यहाँ ल्याई  प्रशिक्षणको प्रबन्धका लागि अमेरिकामा रहेको नेपाली क्रिकेट क्लब नेपाली अल स्टारले पहलकदमी लिएको हो । यस कार्यमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले महत्वपूर्ण योगदान गरेको क्लबका क्लबका सदस्य संजय शर्माले जानकारी दिनुभयो ।
    नेपालको छवि अन्तराष्ट्रिय जगतमा चिनाउनको लागि महत्व पूर्ण भूमिका खेल्ने खेलाडीहरुलाई यसरी यहा स्वागत गर्न पाउनुलाई आफूहरुले सकारात्मक रुपमा लिएको क्लबका अर्का सदस्य आशिक लामाले बताउनुभयो ।
    गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका सचिव अनुप खनालले सहयोगी सबैको साथ र सहयोगले एनआरएनए अमेरिकामा यस कार्यमा जोडिएर यसलाई सफल पार्ने दिशामा अघि बढेको बताउनुभयो ।
    गैर आवासीय नेपाली  संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले यस कार्यलाई विशेष महत्व दिएको बताउँदैं उपाध्यक्ष सुमन थापाले जतिसक्दो बढि सहयोग संकलन गरी राष्ट्रका हिरोहरुलाई सहयोग गर्ने संघको चाहना रहेको जानकारी दिनुभयो ।
    संघका अध्यक्ष बुद्दिसागर सुबेदीले नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउने खेलाडीहरुलाई संघले स्वागत गर्न पाउनु र उहाँहरुसँगको सहकार्यलाई विशेष रुपमा लिएको बताउनुहुँदै आगामी दिनमा पनि यस्तो कार्यमा संघ सदैव तत्पर रहने बताउनुभयो ।

    नेपालले यहाँ रहँदा अमेरिकासँग दुई र ओमानसँग दुई खेल खेल्नेछ । नेपालको पहिलो खेल जुन ९ मा ओमान विरुद्व हुनेछ । त्यसैगरी जुन ११ मा अमेरिकासँग र जुन १४ मा ओमानसँग र जुन १५ मा अमेरिकासँग नेपालको खेल हुनेछ ।
    विश्व कप क्रिकेट लिग अन्तर्गतका खेलहरु भने २८ मे वाट सुरु हुनेछ । २८ मे वाट जुन ४ सम्म अमेरिका, स्कटल्याण्ड र संयुक्त अरब ईमिरेट्सका बिच सिरिज  का खेलहरु हुनेछ भने नेपाल, ओमान र अमेरिका बिचको सिरिज   अमेरिका र ओमान विचको जुन ८ मा हुने खेलवाट सुरु हुनेछ ।
    आईसिसी क्रिकेट वल्र्ड कप लिग टु मा रहेका ७ देशहरु  विश्व कपका लागि छनौट हुन प्रतिष्पर्धामा छन् । अहिले सम्म अंक तालिकामा ओमान ३२ खेल खेल्दै १९ जित सहीत ४० अंक सहीत शिर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड १६ खेलमा ११ मा जित निकाल्दै २४ अंक सहीत दोस्रो स्थानमा रहेको छ । यस्तै, युएई १८ खेलमा १० जित निकाल्दै २२  अंकका साथ तेस्रो स्थानमा, नामिबिया १४ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ चौथो स्थानमा, युएसए १६ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ पाँचौ स्थानमा , नेपाल १२ खेलमा ६ मा जित निकाल्दै १२ अंकका साथ छैठौं र पपुवा न्यूगिनी २० खेलमा १ मा जित निकाल्दै २ अंकका साथ सातौं स्थानमा रहेको छ ।
    नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् ।

    Advertisement

    आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.